एउटा बाबा आफ्नो अभिभावकत्व राम्ररी निर्वाह गर्न सक्दैन । बिहान उठ्दा बित्तिकै भट्टीतिर लाग्छ । टिल्ल परेर राती अबेरमात्र घर फर्कन्छ । आफ्ना सन्तानसन्तती र श्रीमतीको भरणपोषणमा कुनै ध्यान दिदैन । तैपनि आफ्ना जड्याँहा साथीहरुसँग हरेक साँझ आफ्ना असफल जिन्दगीको तिक्तता पोख्दछ – साला नेताहरुले देश खत्तम पारे ! भर्खरमात्र आफ्नो शिशुको पास्नी उम्काएकी एउटी आमा आफ्ना स्तनका स्वरुप बिग्रने भयले शिशु पाँच/छ महिना पुग्दासाथ स्तनपान गराउन छाड्छे । शिशुको स्याहारसुसारमा भन्दा बढ्ता आफ्नो सुन्दरता कायम राख्नमा ब्यस्त हुन्छे । बुढीभएकी सासुआमासँग गुनासो गर्नमै कति समय गुजार्छे । फेरि पनि आफ्ना दामली नवविवाहिताहरुसँग देशको राजनीति बिग्रेकोमा गुनासो गरेकै हुन्छे – फटाहा नेताहरुले सबै खत्तम पारे । देश लथालिङ्ग पारे ! एउटा रोजगार युवक आफ्नो काम कहिल्यै समयमा गर्दैन । आफ्नो कामप्रति ऊ कहिल्यै जिम्मेवार बन्दैन । सहकर्मीहरुसँग आफ्नो हाकिमका बारे गुनासो गरिरहन्छ । सार्वजनिक यातायातमा भाडा बचाउन कलेज नपढेपनि बिद्यार्थीको नक्कली परिचयपत्र बनाएर बिद्यार्थी सहुलियतको फाइदा लुट्छ । पैसा बचत गर्न नसकेकोमा विदेशिने...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।