Skip to main content

प्रवेशिका परीक्षा र जिन्दगीको परीक्षा

२०५८ को आषाढको दोश्रो हप्ता बिहानै रेडियोमा समाचार आयो – परिक्षा नियन्त्रण कार्यालयले २०५८ बैशाखमा लिएको प्रवेशिका परीक्षाको नतिजा प्रकाशित गरेको छ । रेडियोले स्वच्छन्द स्वङ्मेनले नेपाल टप गरेको पनि भन्यो । त्यसपछि के के भन्यो त्यो मैले चासो दिईन । मसँगै रेडियो सुनिरहनुभएको मेरो बुबाले मलाई मेरो सिम्बोल नम्बर सोध्नु भयो र बेनीतिर हानिनु भयो । प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा म ढुक्क थिएँ । एउटै मात्र घिडघिडो थियो कि विजयले (कक्षाका प्रथम छात्र) जित्लान वा मैले जितुँला ? त्यो सबै लब्धाङ्कपत्र आएपछि जानकारी हुने कुरो रह्यो । बेलुका बुबालाई पर्खेर बसिरहेको म उहाँको मुहारमा धपक्क बलेको चमकले निकै नै खुशि भएँ, अनि बुबाले भन्नुभयो – फर्स्ट डिभिजन ! बुबाले सधैं बोक्ने गरेको झोलाबाट कालो प्लाष्टिक निकालेर दिनुभयो र भन्नुभो – जा, गएर आमालाई दे । यसो चिहाएको त्यो खसिको मासु थियो । आमाले गुनासो गर्दै भन्नुभयो – “मासु किन ल्याउनुभएको ? बाबुलाई खीर मन पर्छ, मैले बाटाघर काईली दिदीलाई भनिसकेकी छु पाँच माना दूध !” त्यो दिन हाम्रो परिवारको लागि विशेष दिन थियो । यसैमेसोमा मैले बुबालाई सोधेँ – बुबा, हजुरको कुन डिभीजन नी ? बुबाले भन्नुभो – “किन ? सेकेन्ड डिभिजन हो !” पछि थाहा भो’ ३९/४० सालतिरको सेकेन्ड डिभिजनको महत्व ! त्यसकारण, मैले चाहेर पनि भनिनँ – “बुबा, हजुरको सेकेन्ड मेरो त फर्स्ट डिभिजन !”
पछिल्ला बर्षहरुमा प्रवेशिका परीक्षामा फर्स्ट डिभिजनमा उत्तीर्ण हुनु विशेष महत्वको विषय नै होईन । प्रायः नीजि विद्यालयहरुको शतप्रतिशत परिणाम र अझ लोभलाग्दो विद्यार्थी संख्या बिशिष्ट श्रेणीमा उत्तीर्ण भैदिनाले प्रवेशिकाको नतिजालाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाइएको छ । सरकारी विद्यालयको नतिजा निराशाजनक भएपनि उत्तीर्ण हुने विद्यार्थीहरुको क्षमताको मूल्याङ्कन गर्ने हो भने नीजि विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्ने धेरै कम मात्र प्रतिभाशाली देखिएका छन । सरकारी विद्यालयमा अध्ययन गर्ने विधार्थी अत्यन्तै सीमित श्रोत र साधनको उपभोग गर्न विवश छ । विज्ञान प्रयोगशाला र पुस्तकालय कुन चरीको नाम हो ? सरकारी बिद्यालयमा अध्ययन गर्नेलाई सायदै थाहा हुन्छ । परीक्षाको पूर्वतयारीमा विद्यालयले माखो पनि मार्दैन । बरु, विद्यालयमा नियमित विषय पढाइरहेका शिक्षकहरुले घरमै ट्युशनको ब्यवस्था चाँहि गरेका हुन्छन् । फलस्वरुपः सरकारी विद्यालयको विद्यार्थीलाई मासिक निश्चित शुल्क दिएपछि अप्ठ्यारा भनिएका अङ्ग्रेजी, विज्ञान र गणितको ट्युशन पढ्न पाउने सुविधा प्राप्त हुन्छ । तर उता नीजि विद्यालयमा चाँहि प्रायः भौतिक सुविधाहरु उपलब्ध नै हुन्छन् । अझै धेरैजसो नीजि बिद्यालयले त दश कक्षामा पुग्नासाथ विद्यार्थीलाई होस्टेल बस्नै पर्ने अनिवार्य नियम लागू गरेका हुन्छन् । अभिभावकहरुसँग चर्को शुल्क लिएर शुल्क अनुरुपको सुविधा नदिएपनि विद्यार्थीहरुलाई घोक्न लगाएर र प्रवेशिका परीक्षाको समय केन्द्राध्यक्षसँग “विशेष सेटिङ” मिलाएर कथित उत्कृष्ट नतिजा ल्याउन तल्लिन हुन्छन् ।
यसरी एउटै पाठ्यसामाग्री, एउटै प्रश्न र एकै समयमा देशैभरी प्रवेशिका परीक्षा सञ्चालन गरिन्छ । त्यस्तो परिक्षा जहाँ विद्यार्थीहरु प्रतिस्पर्धाका लागि फरक फरक वातावरणबाट सामेल गराइन्छ । यो पैसा तिरेर पढेकाहरु र पैसा नतिरी पढेकाहरुबीचको प्रतिस्पर्धा बनेको छ । यो शिक्षक शिक्षीका नामका राजनैतिक दलका झोलेहरु र जागिरका लागि अत्यन्तै मेहनत गर्ने सरमिसहरुले अध्यापन गराएका विद्यार्थीहरुबीचको प्रतिस्पर्धा बनेको छ । खैर यो सत्यता एकातिर छँदै छ तर चूरो कुरो एउटा विद्यार्थीका लागि प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु कति महत्वको विषय हो ? किन हामीले प्रवेशिका परीक्षालाई जीवनकै एकमात्र महत्वको परीक्षा बनाइरहेका छौं ? के प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भनेको अब जीवनमा कुनै पनि परीक्षा उत्तीर्ण गर्न नपर्ने हो ? प्रवेशिका परीक्षामा असफल भएर आत्महत्या गर्नेहरुको संख्या बढ्नुमा जिम्मेवार को हो ? शिक्षकशिक्षिका ? विद्यालय प्रशासन ? परीक्षा सञ्चालन गर्ने बोर्ड ? हाम्रो समाज ? वा असफल विधार्थी स्वयं ?
अन्त्यमा, बिर्सनै नहुने कुरो के छ भने – प्रवेशिका परीक्षामा उत्तीर्ण हुनेहरुलाई विभिन्न मोडमा जीवनमा आईलाग्ने अन्य परीक्षाहरु खास महत्वपूर्ण छन् अझै तयार होऊ भनी सावधान गराउने समय भएको छ ।  र, प्रवेशिकामा असफल हुनेहरुलाई यो बुझाउनु जरुरी छ कि जीवन सफलतैसफलताको श्रेस्ता हैन !

Comments

  1. जीवन सफलतैसफलताको श्रेस्ता हैन !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...