Skip to main content

Posts

Showing posts with the label In Finland

फिनल्याण्डमा काम कसरी खोज्ने ?

फिनल्यान्डमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जीवन निर्वाह गर्न जागिर खोज्नु चुनौतीपूर्ण काम हुन सक्छ। यस लेखमा, फिनल्यान्डमा जागिर खोज्ने प्रभावकारी तरिकाहरू र उपलब्ध स्रोतहरूको जानकारी प्रदान गर्ने हिसाबले संक्षेपमा तलको जानकारी प्रस्तुत गरेको छु । १. काम खोज्नुअघि विचार गर्नु पर्ने कुराहरू फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा काम गर्न अगाडि केही महत्त्वपूर्ण बुँदामा ध्यान दिनु पर्छः काम गर्न पाउने अनुमति : तपाईंको भिसाले कति समय काम गर्न अनुमति दिन्छ भनी सुनिश्चित गर्नुहोस्। सामान्यतयाः अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ३० घण्टासम्म काम गर्न पाउँछन्। तर छुट्टीको समयमा पूर्णकालिन कामदार सरह काम गर्न छुट छ ।  भाषा ज्ञान : अंग्रेजी मात्र बोलेर पनि केहि कामहरू त पाइन्छ, तर फिनल्याण्डमा ज्यादातर फिनिश भाषा जान्नेहरूलाई प्राथमिकता दिने गरेको यहाँ आएर काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव रहेको छ । जागिरको प्रकार : जागिरको छनोट गर्दा सकभर आफ्नो अध्ययनलाई असर नगर्ने खालका अंशकालीन (part-time) कामहरू चयन गर्न ध्यान दिनुस् । पहिले पहिले ...

फिनल्याण्डका बारे केहि रमाइला कुराहरू

फिनिशहरू लज्जालु हुन्छन् ।  फिनल्याण्डका प्रायः आप्रवासीहरूले फिनिश नागरिकहरूकाबारे बनाएको करिब साझा धारणा हो यो । हुन पनि हत्त न पत्त फिनिशहरू कोहि अपरिचितसँग संवादको आरम्भ गरिहाल्दैनन् । तर रक्सीको नशामा भएका बेला फिनिशहरू जस्तो सामाजिक प्राणी अर्को सायदै कोही हुन्छ । अति नै कुरा गर्नुपर्छ यिनीहरूलाई - मातेको बेला ।  तर यसको अलावा फिनल्याण्ड र फिनिश नागरिकहरूबारे जान्नुपर्ने थुप्रै विषयहरू छन् । जस्तै -- समयको परिपालना   समयको परिपालना गर्ने सवाल प्रायः विकसित मुलुकहरूमा सामान्य विषय नै हो । तर फिनल्याण्डका हकमा यो अति नै सामान्य विषय हो । कुनै पनि साथीलाई भेट्न तय गरिएको समय होस् या कुनै सेवाप्रदायक कम्पनीले फोन गर्छु भनेर अग्रिम रूपमा जानकारी गराएको समय होस् । त्यो प्रायः गरी ठ्याक्कै समयमैं हुने गर्दछ । कसैलाई पनि कुनै समय दिएपछि वा कसैबाट भेटघाट गर्ने एउटा निश्चित समय लिएपछि समयभन्दा २, ४ मिनेट अगावै पुग्नु राम्रै मानिन्छ । तर दिए या लिएको समयभन्दा ढिला हुनु उक्त ब्यक्तिको अनादर गर्नु सरोबर नै मानिन्छ । तसर्थः समयको परिपालना गर्न सिक्नु फिनिश समाजमा घुलमिल हुनका लाग...

Reservation at Finnish Police Station

In Finland, it's quite confusing for new comers to get adapted with various systems. For instance, if you have to apply for the visa extension or identity card, you have to go to police station but you have to have an appointment. To facilitate you, here I've come with every steps that you need to follow- 1 First   CLICK HERE  , you will land on the appointment page of the Police. a. Click on the tab - Make an appointment 2. The next page appears with the form below. Fill your information accordingly.  3, At the end of the form, on Appointments section there is the purpose of your appointment, drop down the list and select your purpose, and click on the Next tab.  4. Browser will automatically detect your location and display the time table on the right side of the page, however, if your police station is other than your current location then you can select the location from the map or the drop down list (the section on the buttom of left side...

परेली खजाञ्जी, नेट ब्याङ्किङ् र मेरा पन्ध्र महिना

तस्वीरः गुगल :) ”भगवान कसम, त्यति राम्रा परेला भएकी केटी मैले अहिले सम्म देखेको पनि छैन, देख्न पनि नपरोस् !” – हामीसँगै भर्खर भर्खर फिनल्यान्ड पढ्न आएको एक मित्रले बैङ्क खाता खोलेर आएको दिन मेरी बास्सैको ‘खड्काजी' को शैलीमा बैङ्ककी खजाञ्ची युवतीको परेलाको तारिफ गर्दै सुनाएका थिए । सुन्नेमा एउटा म पनि थिएँ, मेरो त्यतिन्जेलसम्म बैङ्क खाता थिएन । प्रथम वर्षको म पनि विलखबन्दमा थिएँ, निर्णय लिन नसकेर कि खाता कुन बैङ्कमा खोल्ने ! दोश्रो वर्षका विद्यार्थीहरू प्रायःको खाता त्यही बैङ्कमा रहिछ । अर्थात उही परेला राम्री भएकी युवतीले काम गर्ने बैङ्कमा । अतएवः ईश्वीसन् २०१२ को सेप्टेम्बरको पहिलो हप्ता निख्रिदै गर्दा म पनि त्यही बैङ्कमा नै खाता खोल्नको लागि गएँ ।  निवासमा खजाञ्ची युवतीका राम्रा र तिखा परेलाका बारेमा निकै चर्चा भएकाले, ममा त्यो युवती हेर्ने उत्कट चाहना थियो । सौभाग्यवशः मैले खाता खोल्दा मलाई सहयोग गर्ने कर्मचारी त्यही युवती थिई जसका ठाडा ठाडा परेका खेलौना गुडियाका जस्ता परेला थिए । त्यो दिन खाता खोल्दै गर्दा उसँग भएको वार्तालापमा भन्दा मेरो ध्यान उसकै परेला एकदमसँगले आकर्षि...

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?”

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?” केहि हप्ता पहिले कामबाट ट्राममा फर्कदै गर्दा कोसोभोको एकजना साथीले सोधेको थियो मलाई । संवादका क्रममा मैले ‘दुईचार वर्ष यतै (फिनल्याण्डमा) काम गरेर आफ्नै देशमा फर्कन्छु भन्दैगर्दा उसले राखेको जिज्ञासा थियो यो । र, त्यो साँझ उसलाई मैले उसले राखेको जिज्ञासाको प्रतिउत्तर दिन पाइँन कारण ट्रामबाट झर्नु र जेब्रा क्रसिङमा हरियो बत्ति बल्नु एकैपल्ट भो जसले गर्दा ऊ रेल भेट्न उत्तरतिर रहेको ट्रेन स्टेशन जान ओरालो कुद्यो, म बस भेट्नलाई पूर्वतिर उकालो चढेँ ।   मध्यशहर (सिटीसेन्टर) बाट मेरो निवाससम्मको २५ मिनेटको बसयात्रामा उसको त्यो जिज्ञासा मेरो दिमागमा दिगमिग दिगमिग भैरह्यो ! जवाफ भेटिनँ । खाना खाएर एकछिन खबरहरु हेरेँ । प्रायः बिहान र साँझमा गरी म दुईपटक देशका खबरहरु हेर्ने गर्छु । त्यो साँझ त्यो दिनको मेरो दोश्रो कोटा पूरा गरेँ खबरहरु हेरेँ – नागरिकन्यूज, इकान्तिपूर, माइसंसार, अनलाइनखबर, सेतोपाटी अनि आफ्नै गाउँठाउँको खबर हेर्नलाई बेनीअनलाइनको वेभसाइट खोलेँ । दक्षिण एशियाली फुटबल च्याम्पियनसिपमा उपाधी चुम्ने लक्ष्यसहितको नेपाली टोलीको विशेष तयारी बाहेकको गर्...

हराएको सामान नहराउने देश

“अस्ती काम परेर तिमीलाई कल गरेको थिएँ, कल ‘रिसिभ’ पनि भएन, पछि कल ‘ब्याक’ पनि गरिनौं !” मे महिनाको अन्तिम दोश्रो हप्तातिर सहपाठी शिल्पासँग गुनासो गरेको थिएँ मैले । जवाफमा उनले आफ्नो मोबाइल हराएको जानकारी गराएकी थिईन । गुनासो गरिरहेको मलाई सहानुभूति प्रकट गर्न कर लाग्यो । र, ढाढस दिदै भनेँ –“भेटिन्छ, चिन्ता नलेऊ । धेरैले भनेको सुनेको छु यहाँ हराएको सामान नपाउने भन्ने हुँदैन ।” उनले पनि मैले जस्तै सुनेकी रहिछिन । खैर मलाई मनमनमा लागेको थियो – पाँचसात सय यूरोको मोबाइल ख्वै के भेटिएला र ?! यसो सोच्दछु, हाम्रो देशाँ एउटा केही सामान भेटियो भने सबभन्दा पहिले त्यो भेट्ने मान्छेले भगवानले जुराइदिएको ठान्छ । र, स्वतः आफ्नो स्वामित्वमा आएको ठान्दछ । मलाई राम्ररी याद छ, तिनताका म मावल बस्थेँ र आठ नौ बर्षको थिएँ । एकदिन मभन्दा २/३ वर्ष कम उमेरको एकजना छिमेकी भाइसँग बाटोमा हिड्दै थिएँ । मैले र त्यो भाइले एकसाथ आइसी सयको नोट बाटोमा देख्यौं । ऊ पनि – "उ पैसा" भन्ने मैले पनि "ओहो पैसा" भन्ने एकैसाथ भो' । म खुर्र दगुरेर पैसा टिपेँ र मामाघरतिर बुर्कुसी मारेँ । त्यो मेरो फुच्चे भाइ...

मेरो साथीलाई पाखे भन्छ्स् ?

“दाई, साँच्ची देशका लागि केहि गर्नै पर्ने भएछ, आजको गेस्ट लेक्चरको सेमिनारमा भाग लिएपछि मलाई यस्तो लाग्यो दाई । एकदम अकस्मात् मलाई यस्तो लाग्यो !” सधैं फुटबल विशेषगरी इंग्लिस प्रिमियर, च्याम्पियन्स लिग र ला लिगाका कुरा गरेर नथाक्ने एक सहपाठीले आज यस्तो दुखेसो पोखे । त्यो पनि त्यतिखेर जतिबेला म भर्खर कामबाट फर्केर देशकै खबरहरु पढिरहेको थिएँ ।  यो अकल्पनीय विषयबाट आरम्भ भएको वार्ताको कारण जान्न म अत्यन्तै उत्सुक भैहाले, त्यस्तै कौतुहुलता मलाई त्यतिखेर पनि लागेको थियो जतिबेला मेरा अर्का हितैषी लक्ष्मीले मध्य अप्रिलको दिन म नेरै आएर भुत्भुताईरहेका थिए –“गुरु, देश छातिमा दुःखेको छ, म कसरी बुद्द र सगरमाथाको कुरा लिएर मात्र गर्व गरुँ ?” लक्ष्मीसँगको यो घटना चाँहि त्यतिखेर भएको थियो जतिखेर एक सञ्चारकर्मी ‘म्याराथुन टक सो’ मार्फत विश्वले चिन्नेछ नेपाल, Buddha was born in Nepal को नारा लगाएर नेपाल चिनाउन यो सब गर्दैछु भन्दै थिए ।  त्यो म्याराथुन टक सोसँग भन्दा पनि लक्ष्मीसँगको प्रसङ्ग चाँहि अलि भिन्न र अलिकति मन मै विझ्ने खालको छ । भएछ के भने, विश्वविद्यालयबाट ४ हप्ते ‘प्रशिक्षण कक्षा’ ...

कुकूरको पनि दिन आउँछ यार

धेरै सफल र चर्चित ब्यक्तित्वहरुका बारेमा अध्ययन गर्दा मैले बुझेको सार तत्व हो – मानिसहरु चरम पीडामा हुँदा खारिने अवसर पाउँछन् । तर जो पीडाका बखत अतालिन्छन् अनि हतास मानशिकता लिएर गलत निर्णय लिन्छन् तिनीहरू फेरि कहिल्यै नउठ्ने गरि निस्तेज हुन्छन् ।  र, आज म यो यसकारण लेख्दैछु कि, मेरो उत्कट ईच्छा हो – यसले विदेशी भूमिमा संघर्ष र अभावका जीवन बाँचिरहेका मजस्तै हजारौं नेपालीहरुलाई एकपटक आफ्नो सामर्थ्यका बारेमा आँकलन गर्न प्रेरित गरोस् । एकजना जनवादी कवीले आफ्ना वीर योद्दाहरुलाई प्रेरित गर्नलाई  आफ्ना कवितामा उल्लेख गरेको अंशलाई सापटी लिएर म मेरा प्रिय मान्छेहरूलाई आग्रह गर्न चाहन्छु – एउटा क्रान्तिकारी बन्नका खातिर योद्धाले जस्तै आँधीबेहरी र हुरी आउँदा पनि सतिसाल झैं भएर डटेर चूनौतिहरूको सामना गर्न सक्नु पर्दछ । हामीले ख्याल गर्नुपर्ने शास्वत सत्य हो – संसारमा कसैको पनि जीवन सरल रेखामा यात्रा गरिरहेको छैन ! र, त्यसकारण पनि अहिले हामीले सामना गर्नु परेको दुःख, पीडा, अभाव र नैराश्यतालाई चिर्नु जरुरी छ । हामीले हाम्रै वरिपरीका मान्छेहरुबाट धेरै सिक्नु जरुरी छ ।  यो परदेशमा अभावक...

परदेश, नयाँ काम र पुराना यादहरु

कामदारको पोशाकमा आफैलाई कैद गर्दै परदेशमा ६ महिनासम्म कामविहिन भएर बस्नुको एउटा पिडा थियो, अब त्यो पिडा समाप्त भएको छ । र, नयाँ पिडा शुरु भएको छ – रोजगार हुनुको । हुनु त खुशि हुनु पर्ने हो – बेरोजगारी भएर बस्नुपर्ने दिन – विशेषगरी विश्वविद्यालयमा पठनपाठनको तालिका नभएको दिन र सप्ताहन्तका २ दिनहरुमा समेत बेफुर्सदी बनिने भइयो भनेर । तर, काम पाएर पनि धेरै त्यस्ता कारणहरु हुँदा रहेछन् जसले गर्दा बेखुशी हुनुपर्ने । कारणहरु फरक होलान्, भोगाईहरुमा भिन्नता होलान् तर त्यसबाट उत्पन्न पिडा करिवकरिव उस्तै हुन्छन् । मलाई यस्तो पनि लागेको छ, कतै प्रायः मान्छेहरुका काम पाउँदाका शुरुका दिनका अनुभूतिहरु सायद उस्तै पनि हुन्छन् कि ?  एकजना भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले (काममा लागेको केहि महिनापछि वहाँसँग मेरो भेट भएको थियो) आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्पर्कमा रहेका भाइसहित म र अर्को साथीको नम...

हाइजिन पासको जाँच एक अनुभव

४० पृष्ठको यहि किताव अध्ययन गरेको थिएँ मैले हाईजिन पास परीक्षाको तयारीका लागि आज दुई चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलाई - तपाइँलाई रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नाई ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठाई या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ?  हामीलाई खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफाई र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खाइने ठाउँमा हामीलाई उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिका...

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुस्  “ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं ।  साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ...

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ?  तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन...

हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श

स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने ।  अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि पाएँ। कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसकेकाले मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । जसलाई हेर्‍यो ऊ निकै हता...

अट्टिच्युड अर्थात मनोबृतिका बारेमा केहि कुराहरू

केहि दिन पहिले फेसबुकमा एउटा भित्तेलेखन देखेको थिएँ, र त्यो भित्तेलेखन चर्चित गितकार भूपेन्द्र खड्काको थियो । हरेक विषयबस्तुका सम्बन्धमा मानिसहरुका आफ्नै आग्रह वा पूर्वाग्रहहरु हुन्छन् । अर्थात मनोवृतिहरु हुन्छन् । र, गितकार खड्काले मनोवृतिका बारेमा यस्तो लेखेका थिए – "मनोवृति भनेको भित्री बस्त्र हो, जुन तिमीले लगाउनु आवश्यक छ, तर प्रदर्शन गर्नु स्वभाविक हुँदैन ।" मनोवृति सम्बन्धि उनको यो बुझाईपछि मैले गहन भएर यसको विश्लेषण गरेँ । र, आफ्नो स्वः मूल्याङ्कन पनि ! कतिपय अवस्थाहरुमा मैले आफ्ना मनोवृतिहरु विशेष गरि गलत बुझाईहरु उदांगो रुपमा प्रदर्शन गरेको र त्यसले निकै हदसम्म मेरो स्वयंकै ब्यक्तित्व विकाशमा अवरोध गरेको पनि पाएँ । परन्तु, यसलाई सच्चाउने प्रयत्न गर्छु भन्ने प्रतिज्ञा गर्नु सिवाय खास प्रगति गर्न नसकेको परिस्थिती म आफैमा विद्यमान रहेको बोध पनि गरेँ । अनविज्ञ छु म कति यस्तै थुप्रै मानिसहरु होलान मेरै वरिपरी । केहि दिन पहिले यस्तै भयो मैले अध्ययन गर्ने विश्वविद्यालयमा पनि । हाम्रो कक्षाका विद्यार्थीहरुलाई आफ्ना अनुभूतिहरुका बारेमा केहि बताउन दुई जना पूर्व महिला विद्या...

के तिमी फिनिश बोल्छौ?

नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्‍हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने !  फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sä suomia? जसको अर्थ हुन्छ – के तिमीलाई फिनिस बोल्न आउँछ ?  आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन...

साउना र नाङ्गा मान्छेहरू

साउना लिने कोठा । तस्बीर स्रोत त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थियो, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो ।...

हामी, हाम्रो विमानस्थल र हाम्रा कर्मचारी

डेढ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट ।  उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला ।  अध्ययनको शिलशिलामा भाद्र १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । राहदानी छ, प्रवेशाज्ञा (भिषा) छ, विश्वविद्यालयको विद्या...