Skip to main content

Posts

Showing posts with the label क्लिक

राजमार्गका चित्रहरु

राजमार्गका यस्ता खाल्डा कहिले पुरिएलान ? थोत्रा ट्रकका धुवा कती पिउने ? राजमार्गका यस्ता घाउहरुको उपचार कहिले गर्ने ? म २०५८ देखि काठमाडौंमा जाने आउने गरेको छु । अर्थात् यो समयसम्म म कम्तिमा पनि पचासौं पटक काठमाडौं ओहोरदोहोर गरिसकेको छु । मेरो जस्तै यहाँहरुको पनि काठमाडौं जाँदा\आउँदाका आ–आफ्नै अनुभव होलान् अझ विशेष गरी देशको राजधानी छिर्ने एउटा मात्र राजमार्ग पृथ्वी राजमार्गको हविगती देखेपछि ! मैले विगत ८ वर्षदेखि धेरै नजिकैबाट यो क्षतविक्षत राजमार्गलाई नियालीरहेको छु । नौबिसेबाट उकालो लागेपछि नागढुंगा नपुग्दासम्मको कहालीलाग्दो साँघुरो बाटो अझ त्यो पनि घाईते ! राजमार्गमा भएका भयानक खाल्डा, खुल्डी र यसमा हुने सवारीको चाप । मलाई सोध्न मन लागेको छ – सिंहदरबार यो सब किन देख्दैन् ? र, म निश्कर्षमा पुगेको छु – नेपालीको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि राजमार्गहरु यस्तै हुनु पर्छ भन्ने हाम्रो सरकारको मान्यता हुनु पर्दछ ! मैले लाज मानेर के गर्नु ? तपाईले आँखा छोपेर के गर्नु ? जब हाम्रा नेताहरुमा दुरदर्शिता छैन् भने !

सुन्दरताको परिचायक - गुर्जा

“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पुर्याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् । छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत: आलु खेती हुने यस गाव...

माग्नु हाम्रो नियती ! माग्नु हाम्रो विशेषता !

हामी नेपालीको एउटा अनौठो लाग्दो विशेषता भनेको हामी माग्नमा विश्वास गर्छौ, वा हामीलाई माग्नमा लाज शरम छैन् । हाम्रो देशमा विकाशका लागि पनि नेपाल सरकारले दातृ निकायहरुलाई भिख नमागी सुख्खै छैन् ! अर्थात भनूँ – माग्नु हाम्रो शान वा माग्नुले हामी गोर्खाली भनौदाहरुको वीरताकोे पुष्ट्याई गरेको छ । संसारमा कुन त्यस्तो देशमा त्यस्तो सरकार छ, जसले हाम्रो सरकारले झैं विदेशीहरुसँग हात फिँजाएर रकम जम्मा पार्न सफल भै देश चलाउन सकेका छन् ? त्यसैले हामीले गर्व गर्न सक्नुपर्छ – हामी माग्नमा माहिर छौं । यो देखिएको तस्विर यो पटकको काठमाडौं बसाईको क्रममा खिचेको हुँ । एउटी बुढी आमा (जसले सुनले भरेको दाँत लगाएकी थिइन) म बसेको माइक्रोको सिट नेरको झ्यालमा उभिएर मजाले हात फिँजाउदै टुठेफुटे हिन्दी लवजमा बोल्दै थिइन – कुछ देदो बाबु भगवान तेरेको मंगल करेगा ! लौ भयो अब ? सुनको दात लगाएकी बजैको त यो हालत छ, अब अरुको कुरा के नै भो र ? जस्तो देश उस्तै भेष भनेको यहि त होला नि !

एउटा इतिहासको अन्त्य

श्रावण महिनाको २३ गते म्याग्देली शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सोमबहादुर बोगटीको देहावसान भएको छ । रत्नेचौर गाविस वार्ड नं. १ का बासिन्दा बोगटी पृथ्वी नारायण क्याम्पसको स्थापनामा पनि सक्रिय सहभागि हुनु भएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक वातावरणलाई अनुशासित र नियमित गर्ने कार्यमा उहाँले निभाउनु भएको भूमिका प्रशंसनीय रहेको छ । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा विद्रोहको आगो ओकल्नहरुको अग्रपंक्तिमा उभिई आफ्नो बलिदानीका लागि उहाँ कहिल्यै पछि हट्नु भएन । पछिल्लो समय शैक्षिक क्रियाकलापमा उति सक्रिय नदेखिए पनि श्री भानु मा.वि.रत्नेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही आफ्नो काममा खटिरहनु भएको थियो । उहाँको देहावसानले म्याग्दीले एक अनुशासित र संघर्षशिल शैक्षिक सिपाही गुमाएको कुरामा कसैको दुई मत नरहला । स्व. बोगटीको आत्माको चीर शान्तिका लागि म भगवान्सँग प्रार्थना गर्दछु । साथै उहाँले प्रशस्त गरिदिएको शैक्षिक यात्रामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् !

हामीलाई मृत्युको भय छैन्

यो साता पनि म अघिल्लो साता झैं आफ्नो प्यारो रत्नेचौर गाउँ गएँ । गाउँ जानु स्वभावतः सदरमुकामका नयाँ नौला खबर गाउँतिर सम्प्रेषण गर्नु जस्तै पनि हो । गाउँघरतिर भेट्टिएका सबैले हालै बेनी – दरबाङ सडकखण्डको भालुखोलामा भएको दुर्घटनाका सम्बन्धमा सोधखोज गर्ने काम गरे । मैले पनि थाहा पाए सम्मको विवरण उनीहरुलाई सुनाई दिएँ – ८ जनाको मृत्यु २८ जना घाइते । यहि विवरण सुनाइरहँदा रत्नेचौर–भकिम्ली ग्रामिण सडकमा बागलुङबाट भकुण्डेका लागि आउँदै गरेको यो जीपलाई देखेँ । १२–१४ जना सम्मको क्षमता भएको जीपमा १८ भन्दा बढी यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका थिए । यो हुँइकिएर आइरहेको जीप देखे पछि मलाई लाग्यो – आखिर मान्छेलाई मृत्युको भय हुँदो रहेनछ !