यो साता पनि म अघिल्लो साता झैं आफ्नो प्यारो रत्नेचौर गाउँ गएँ । गाउँ जानु स्वभावतः सदरमुकामका नयाँ नौला खबर गाउँतिर सम्प्रेषण गर्नु जस्तै पनि हो । गाउँघरतिर भेट्टिएका सबैले हालै बेनी – दरबाङ सडकखण्डको भालुखोलामा भएको दुर्घटनाका सम्बन्धमा सोधखोज गर्ने काम गरे । मैले पनि थाहा पाए सम्मको विवरण उनीहरुलाई सुनाई दिएँ – ८ जनाको मृत्यु २८ जना घाइते । यहि विवरण सुनाइरहँदा रत्नेचौर–भकिम्ली ग्रामिण सडकमा बागलुङबाट भकुण्डेका लागि आउँदै गरेको यो जीपलाई देखेँ । १२–१४ जना सम्मको क्षमता भएको जीपमा १८ भन्दा बढी यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका थिए । यो हुँइकिएर आइरहेको जीप देखे पछि मलाई लाग्यो – आखिर मान्छेलाई मृत्युको भय हुँदो रहेनछ !
हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र । दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...
Hello man, you have done a good job especially ur writing on several social activities gives a good satire too. keep it up
ReplyDeleteHello man, you have done a good job especially ur writing on several social activities gives a good satire too. keep it up
ReplyDelete