यो साता पनि म अघिल्लो साता झैं आफ्नो प्यारो रत्नेचौर गाउँ गएँ । गाउँ जानु स्वभावतः सदरमुकामका नयाँ नौला खबर गाउँतिर सम्प्रेषण गर्नु जस्तै पनि हो । गाउँघरतिर भेट्टिएका सबैले हालै बेनी – दरबाङ सडकखण्डको भालुखोलामा भएको दुर्घटनाका सम्बन्धमा सोधखोज गर्ने काम गरे । मैले पनि थाहा पाए सम्मको विवरण उनीहरुलाई सुनाई दिएँ – ८ जनाको मृत्यु २८ जना घाइते । यहि विवरण सुनाइरहँदा रत्नेचौर–भकिम्ली ग्रामिण सडकमा बागलुङबाट भकुण्डेका लागि आउँदै गरेको यो जीपलाई देखेँ । १२–१४ जना सम्मको क्षमता भएको जीपमा १८ भन्दा बढी यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका थिए । यो हुँइकिएर आइरहेको जीप देखे पछि मलाई लाग्यो – आखिर मान्छेलाई मृत्युको भय हुँदो रहेनछ !
मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो - "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ? तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...
Hello man, you have done a good job especially ur writing on several social activities gives a good satire too. keep it up
ReplyDeleteHello man, you have done a good job especially ur writing on several social activities gives a good satire too. keep it up
ReplyDelete