समकालिन अंग्रेजी साहित्यका युवा कवि क्रिश जेमीको एउटा भनार्इ छ - “There are two circumstances that lead to arrogance: one is when you're wrong and you can't face it; the other is when you're right and nobody else can face it.” (दुर्इ वटा परिस्थतिहरू जसले आक्रोशपूर्ण अवस्थामा लैजान्छन् - एउटा जतिखेर तिमी गलत हुन्छौं, र त्यसको सामना गर्न सक्दैनौ, र अर्को त्यतिखेर जतिबेला तिमी सहि हुन्छौ तर अरू कसैले त्यसको सामना गर्न सक्दैनन् ।) दुरूस्तै यहि भनार्इको सादा अर्थ, अहिले हामीले भोगिरहेकाे अवस्था हाे । ६५ बर्ष अगाडिदेखिको सार्वभौम सत्ता सम्पन्न जनताको चाहनाअनुरूप संविधानसभाले संविधान जारी गर्यो, खुशियाली मनाउनुपर्छ । दिपावली गराउनुपर्छ । एशियाकै उत्कृष्ट संविधान आएको छ । जोजससँग असन्तुष्टिहरू छन् ती पनि समयक्रमसँगै संबोधन हुँदै जान्छन् । बग्रेल्ती यस्तै टिप्पणीहरू सुनेँ, पढेँ । ९० प्रतिशत भन्दा बढी जनताका प्रतिनिधीहरूले हस्ताक्षर गरेको संविधान जारी हुँदा एक नेपाली हुनुको नाताले प्रफुल्ल हुनुपर्ने हो तर हृदयदेखि मुस्कान मेराे निस्किन सकेन, मलार्इ माफ गर्नुहोला । तर यहि ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।