Skip to main content

Posts

Showing posts from 2013

मेरा प्रिय तीन बाल सखाहरू, तीन प्रेरकहरू !

शितल । तस्बीरः उनको फेसबुक अल्बर्ट हब्बर्डले भनेका छन् – साथी भनेको त्यो हो जसलाई तिम्रो बारे सबै थाहा हुन्छ, र पनि माया गर्छ ! ( “A friend is someone who knows all about you and still loves you.”  ―  Elbert Hubbard )  हो, म मेरा तीनै तीनसाथीहरुका बारेमा लेख्तैछु जो सँग मेरा जीवनका स्वर्णीम पलहरु ब्यतित भएका छन । जो सँग म ठुस्केको छु । जो मसँग ठुस्केका छन । ठुस्काई एकै निमेश पनि लम्बाउन सकेको छैन र फेरि कुद्दै उनीहरु कहाँ म पुगेको छु । दौड्दै उनीहरु म भएको ठाउँमा आएका छन । ती तीनै साथीहरू जसलाई मेरा उज्याला पक्षहरु थाहा छ, जसको अँध्यारा पक्षहरु म जान्दछु । जसका उज्याला पाटाहरु मेरा यादमा झल्झल्ती आउँछन् जो मेरा अँध्यारा पाटाहरुलाई पनि स्वीकार गर्दछन् । मैले जिद्धी गर्दा मेरा जिद्धीहरु सहर्ष स्वीकारेका छन उनीहरुले ! म एकछिन चुपो लाग्दा किन निराश भएको ? किन नबोलेको भनेर उनीहरुलाई पिडा हुने गथ्र्यो ! जो मभन्दा अरुसँग बढि बोलेका दिन मलाई दुख लाग्थ्यो ! जलन हुन्थ्यो ! अब्यक्त पिडा हुन्थ्यो ! सायद उनीहरुलाई पनि त मलाई जस्तै नै हुन्थ्यो होला नी !   केस्रा केस्रा गर...

दाई अनि उसको गोलीवाला ज्याकेट

त्यस्तै दश वर्ष पहिले मलाई विदेशबाट दाईले फोन गर्दा मैले भनेको थिएँ – “दाई, सेकेण्ड लेफ्टीनेन्टमा देखिन खोजेको काठमान्डु जानु पर्ने !”  दाईले सोध्नुभएथ्यो – “आठ हजारले पुग्छ ?” दश वर्ष पहिले आठ हजार मेरा लागि आठ लाख बराबर थियो ।  भोलीपल्ट दाईले पठाएको आठ हजार लिएर म काठमान्डु हानिएको थिएँ मित्र विनयसँग !  अनि बच्चै हुँदाको कुरो, म माग्थेँ – “दाई, त्यो हजुरको गोली भएको ज्याकेट मलाई हैं !” दाई भन्नुहुन्थ्यो – “अहिले चुपबस, म पछि दिन्छु, यो ज्याकेट मलाई कस्तो मन पर्छ !” त्यसको केहि समयपछि दाईलाई नै अत्यन्तै मन पर्ने ज्याकेट मैले पाएको थिएँ । खासमा दाई अर्थात मेरा मामाको छोराका थुप्रै राम्रा कपडाहरु लगाएको छु मैले बच्चा हुँदा । सायद जड्यौरी भनिन्छ त्यसलाई, तर मलाई दाईले त्यो मेरो हक जस्तै बनाईदिनुभएको थियो । जड्यौरी हैन ! भर्खर आइ कम पढ्दै गरेको मलाई, एकदिन दाईले सोध्नुभएको थियो – “टिथको सिङगुलर फर्म के हो ?” कसम मलाई त्यसको जवाफ आएन । अनि दाईले एकदम झपार्नु पनि भो – “तँलाई यत्ति आउँदैन, मेहनत गर, अंग्रेजी वीक छ तेरो !” त्यहि दिन हो मैले टिथको सिङ्गुलर टुथ भन्ने ज...

१६. विश्वविद्यालयमा भेटिएकी एउटी साथी

फेसबुकमा कुरा हुँदै गर्दा एकदिन मैले उनलाई बताएथेँ – “तिमीबाट म निकै प्रभावित छु । तिमी मेरा जीवनका २८ प्रेरक ब्यक्तिहरु मध्ये एक हौं । तिम्रा बारेमा लेख्दैछु म ।” यसो भन्दा उनी रिसाईन । जवाफमा भनिन – “यदि तिमीले मेरा बारेमा लेख्यौ भने म सम्झने छु कि तिमीले मलाई सम्मान हैन दुव्र्यवहार गर्दछौ । सबभन्दा बढि घृणा गर्दछौ !” उनले यस्तो भन्दा मलाई दुख लाग्यो । सम्झाएँ पनि उनले मेरो कुरामा सहमत जनाईनन । तर मेरो उद्देश्य उनको आत्मसम्मानमा ठेस पु¥याउनु हैन । असम्मान गर्नुपनि हैन । साथी, मलाई माफ गरिदिनु मैले तिमीलाई आफ्ना प्रेरकहरु मध्ये एक ब्यक्तित्व नमानी रहन सकिनँ ! हो, मैले तिम्रा प्रेरणाहरुका खातिर केहि शब्दहरू अभिब्यक्त नगरी रहन सकिनँ ! कृपया सक्छौ भने माफ गरिदिनु ! स्नातकोत्तर तहको कक्षाहरु तर्किक हुनुपर्ने, बहसमुलक हुनुपर्ने, विचार विमर्श र तर्क वितर्क पनि हुनुपर्ने तर हाम्रो कक्षामा त्यस्ता केही अभ्यास उस्तो भएनन । हुन त पढ्दापढ्दै एक वर्षमा पलायन भएको मैले आद्योपान्त मूल्याङ्कन गर्न सक्दिनँ पनि तर बेलाबेलामा तिमीले कक्षा हुँदै गर्दा पोख्ने असन्तुष्टिहरुमा मेरो पनि सहमती थियो । त...

बोगटी सर - अँध्यारो बस्तीमा एउटा जून !

उनीहरुले उहाँलाई पागल भने । म भन्छु, उनीहरुले उहाँलाई पागल बनाए ! एउटा ओजिलो व्यक्तित्व ! एउटा ओजपूर्ण ब्यक्तित्व ! जो बाँचुञ्जेल गलत प्रवृती, कुरिती र गवाँरहरुका बिरुद्ध लडिरह्यो । त्यो ब्यक्तित्व – जसले एउटा शानको जीवन बाँच्यो, जसले चरम पीडा पनि भोग्यो ! जसलाई मान्छेहरुले हाईहाई गरे, जोसँग मान्छेहरु तर्कीतर्की पनि हिडे । त्यो शिक्षाको उज्यालो जसले पोखराका धेरै अँध्यारा बस्तीहरुमा ज्ञानको प्रकाश दिलायो, त्यो चम्किलो तारा जसले म्याग्दीमा उच्च शिक्षाको प्रवेश गरायो । हो, त्यहि प्रदिप्त नक्षत्र जसलाई मेरो जन्मभूमिले आफ्नो काखमा खेलाउने सौभाग्य प्राप्त गर्‍यो, त्यहि ब्यक्तित्व नाताले मेरो मावलतिरका हजुरबा ! र, सानिन्ध्यताले मेरो गुरू ! मेरो पथप्रदर्शक ! विराट ललाट भएका मान्छेहरुको भाग्य दरो हुँदैन । हो, मैले सुनेको मान्छेहरुले यसै भन्थे ! त्यस्तै विराट ललाट उहाँको पनि थियो मेरो आदरणिय गुरूको, मेरो बोगटी सरको ! म जान्दिनँ विराट ललाट भएकै कारण उहाँको भाग्य दरो थियो/थिएन । म यति जान्दछु, बोगटी सर भाग्यमा विश्वास गर्नु हुन्थेन । किनकी उहाँ भाग्यवादी हुनुहुन्थेन । उहाँका पुर्खाहरुले मन्दिर...

१२. रुपचन्द्र बिष्ट जसले भने – थाहा पाई भाते !

म नौ कक्षामा पढ्थे त्यो बेला । शुक्रबारको दिन घर आएपछि म मामाघर गएको थिएँ । त्यो जेष्ठ महिनाको दिन थियो । माइजुले आफूले पढ्दै गरेको नवयुवाबाट एक जना ब्यक्तिको बारेमा सुनाउनु भएको थियो । त्यतिन्जेल सम्म मैले त्यो मनुवाका बारेमा केही थाहा पाएको रहिनरछु । माइजुले भन्नुभो – रुपचन्द्र विष्ट थाहा छ तिम्लाई ? नेपालको दार्शनिक हो ! मैले थाहा छैनको भावमा मुन्टो हल्लाए पछि माइजुले मलाई “थाहा” आन्दोलनका बारेमा केही बताउनुभएको थियो । मैले खासै केहि बुझिनँ त्योबेला । पछि कलेज पढ्न थालेपछि रुपचन्द्र विष्टका बारेमा पढ्दै र बुझ्दै गएपछि उनको चेतनाको स्तरले मलाई राम्ररी तान्दै गयो । रुपचन्द्र विष्टका बारेमा पढ्दै जाँदा जति उनी एउटा अनौठो मान्छे हो भन्नेमा म पूरै निश्चित भएँ ।  मैले पढेपछि थाहा पाएँ – रुपचन्द्र विष्ट त्यस्तो मान्छे, जसले हरेक गलत कृत्यको विरोध गरे । उनकै शब्दमा पञ्चायत एउटा “महाडाँकातन्त्र” थियो र उनी त्यो “महाडाँकातन्त्र”को विरोधमा आफूलाई उरालिरहेका थिए । देशलाई खोक्रो पार्न उद्यत मण्डलेहरुको कुरुप तस्वीरलाई बाहिर ल्याउने काममा उनी जीवन पर्यन्त लागिरहे । जीवनकालभर उनी सधैं जनता...

मेरो एउटा छिमेकी दाई

उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ–  उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं ।  म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट एक मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नु...

माल्दाई - पारिवारीक सुखका सुत्रधार !

गाउँले नाता छ उहाँसँग मेरो । त्यसैले म उहाँलाई माईला मामा भन्दछु । धेरैजसोले उहाँलाई माल्दाई भन्छन् । पेशाले उहाँ विद्यालयको पाले हुनुहुन्थ्यो । त्यसैले धेरैजनाको लागि उहाँ हाँसोको पात्र हुनुहुन्छ । किनकी हाम्रो समाज नै त्यस्तै छ – निर्धाहरूलाई हेप्ने ! मेरा गाउँलेहरुका लागि एक निर्धा ब्यक्ति उहाँ मेरा लागि भने आदर्शका ब्यक्ति मध्येको एक हुनुहुन्छ । उहाँप्रति सम्मान जागेर आउँछ मलाई ! म बच्चैछँदा खेरीदेखि उहाँसँग मेरो राम्रै हिमचिम भो ! उहाँले “जागिर” गर्ने विद्यालय र मैले अध्ययन गर्ने विद्यालय एउटै भएकाले पनि उहाँसँग धेरै जसो भलाकुशारी हुने गर्दथ्यो मेरो । खासगरिकन एक बजेको छुट्टीमा बोइकोमा आएर खाजा खाएर स्कुल फिर्ता हुँदा १०–१५ मिनेट बाँकी नै हुन्थ्यो र त्यो समय म घन्टी झुन्डाएको कुनामा उहाँसँग गफ गरिरहेको हुन्थे । अलि ठट्यौली पाराको मान्छे हुनुहुन्थ्यो त्यतिखेर त्यसकारण पनि उहाँसँग गफिन मलाई निकै मन पर्दथ्यो । के के कुरा गरेर हसाईराख्ने ! उत्तीखेरै रोएको नक्कल गर्ने, अनि उत्तिनै खेरी राक्षस यसरी हाँस्छ भनेर ठूलो र धोद्रो आवाजमा हाँस्ने । अङ्ग्रेजी र नेपाली मिलाएर लामो समयसम्म एक...

त्यो क्रान्तिकारी जो किन मुस्कुराइरहन्थ्यो ?!

मलाई क्रान्तिकारीहरू मन पर्छ । मलाई जल्लादहरू मन पर्दैन । क्रान्तिकारीहरू ती हुन जोसँग सर्वहारावर्गको उत्थानको सपना हुन्छ । परिवर्तनको विश्वास हुन्छ ! महान कम्युननिष्ट क्रान्तिकारी माओत्सेतुङले भने झैं “जनताबाट सित्तैमा सियो र धागो पनि नलिने” ती क्रान्तिकारीहरूलाई म साँच्चिकै प्रेम गर्दछु । सम्मान गर्दछु । तर, म जल्लादहरूलाई मन पार्दिन । ती जल्लादहरू जो उनीहरुका कुकृत्यहरूका विरोधमा आवाज उठानेहरूको घाँटी रेट्छन, टाङ च्यात्छन वा शुलमा टाङगछन् । तर क्रान्तिकारीहरू त्यसो गर्दैनन बरु परिवर्तनको विश्वासमा आफ्नो नीजि स्वार्थलाई परित्याग गरेर क्रान्तिमा होम्मिन्छन् । देश युद्धमा होमिएको बेलाको कथा हो यो जतिखेर म भर्खर क्याम्पस शुरु गर्दैथे ! युद्ध उत्कर्षमा पुगेको थियो । राज्यले धेरै निर्दोषहरुलाई विद्युतिय धरापमा प्रयोग हुने बारुद, सयमिटर तार र ग्रिनेडसहित भेट्टाउथ्यो र दोहोरो भिडन्तमा आतंकवादीहरु हताहत हुन्थे ! हो, यो त्यतिखेरको त्रासदीपूर्ण समयको कथा हो जतिखेर विद्रोहीहरु सुराकीको बिल्ला भिराएर आफूभन्दा फरक विचार राख्नेहरुको सफाया गर्दथे । र, त्यहिबेला नै मैले भेटेको थिएँ एउटा यस्तो क्...

त्यो एउटा कवि !

काठमान्डुमा बिबिएस प्रथम वर्षको अन्तिम परीक्षाको परीक्षा फाराम खुलिसकेको थियो, मैले काठमान्डु बसाईलाई टुंग्याउने निर्णय गरेँ । भएका सबै सामान पोको पारेर म घर फर्केपछि मेरा आमाबुबा दुवैजना मसँग निकै नै रिसाउनुभयो । नौ महिने काठमान्डु बसाई अवधीभर पनि बुबाले मलाई जागिर खाँदै पढ्ने वातावरण गराउँछु भनेर जुन प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो त्यो पूरा हुन नसकेपछि मैले घर खबरै नगरी काठमान्डु छाडेको थियो । घर आएको एक महिनापछि मैले बागलुङ बसाई थालेँ । बागलुङमा जागिरको मेसो मिलाएको थिएँ । नातामा मामा पर्ने छिमेकी मोहन महतले मलाई बागलुङको एक आवासीय बिद्यालयमा जागिर शुरु गर्ने वातावरण मिलाईदिनुभएको थियो । र, त्यतिखरको मेरो बागलुङ बसाईले नै हो मलाई मेरा यी आदर्श ब्यक्तित्वसँगको सामिप्यता जुराईदिएको ! बागलुङमा साहित्यिक गतिविधी निकै नै फस्टाएको थियो त्यो बेला । मेरा अनन्य मित्रहरु प्रकटकुमार, दिल श्रीष, राम अविरल, मोहराज शर्मा र अरुण अनामी लगायतहरु मासिक काब्य गोष्ठी सञ्चालनका लागि निकै नै सक्रिय थिए । र, उनीहरुलाई राम्रो साथ दिएका थिए केहि गुणस्तरीय युवा कविहरुले जसमध्ये एक थिए – यी मेरा प्रिय ...

मेरा जीवनमा प्रभाव पारेका केहि ब्यक्तित्वहरू

१. मेरी बोई बोईका साथमा म “कुईरा आँखा कति राम्रा थिए त नी यसका !” बच्चा छँदा म जन्मिएको विषयमा कुरा चल्दासाथ बोईले त्यसो भन्ने गर्नुहुन्थ्यो । म आफ्ना 'न कुईरा न काला' आँखाहरूका बारे मेरी बोईले गरेको तारिफ सुन्दा त्यसै गदगद हुन्थेँ । मेरो बारे बोईले कुनैपनि नराम्रो कुरो देख्नुभएन । एउटैमात्र उहाँको गुनासो – लुगा धुन अल्छी मान्छ !  मेरो बाल्यकाल मावलमै बित्यो । जागिरका शिलशिलामा मामा सपरिवार धेरैजसो घरबाहिर नै हुनुभयो ।  मावलमा म र बोईमात्र हुन्थ्यौं । सोर्‍ह महिनाको फेरमा दुईबच्चाकी आमा बनेकी आफ्नी कान्छी छोरीको जेठो छोराको पालनपोषण उहाँकै जिम्मामा रहन गयो । अर्थात, मलाई मेरो बोईले हुर्काउनुभयो भन्दा फरक पर्दैन । म मामाघरमा पुल्पुलिएरै हुर्किए । दूध र भात ख्वाएर हुर्काउनुभो बोइले मलाई । अध्ययनका लागि बेनी जानुपूर्व अर्थात कक्षा आठ पढुन्जेल म धेरैजसो बोईसँगै बसेँ ।  बोईलाई म मेरो जीवनको पहिलो गुरुको रुपमा त्यसकारण लिन्छु कि जसले मलाई साथीहरुसँग झगडा गर्नबाट निरुत्साहित गर्नुभो । जसले मलाई प्रत्येक दिनजसो घर्तीथर बज्यैका दुईभाई छोराहरु नरे र कुष्णेमामा बच्चा छँदा ...

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?”

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?” केहि हप्ता पहिले कामबाट ट्राममा फर्कदै गर्दा कोसोभोको एकजना साथीले सोधेको थियो मलाई । संवादका क्रममा मैले ‘दुईचार वर्ष यतै (फिनल्याण्डमा) काम गरेर आफ्नै देशमा फर्कन्छु भन्दैगर्दा उसले राखेको जिज्ञासा थियो यो । र, त्यो साँझ उसलाई मैले उसले राखेको जिज्ञासाको प्रतिउत्तर दिन पाइँन कारण ट्रामबाट झर्नु र जेब्रा क्रसिङमा हरियो बत्ति बल्नु एकैपल्ट भो जसले गर्दा ऊ रेल भेट्न उत्तरतिर रहेको ट्रेन स्टेशन जान ओरालो कुद्यो, म बस भेट्नलाई पूर्वतिर उकालो चढेँ ।   मध्यशहर (सिटीसेन्टर) बाट मेरो निवाससम्मको २५ मिनेटको बसयात्रामा उसको त्यो जिज्ञासा मेरो दिमागमा दिगमिग दिगमिग भैरह्यो ! जवाफ भेटिनँ । खाना खाएर एकछिन खबरहरु हेरेँ । प्रायः बिहान र साँझमा गरी म दुईपटक देशका खबरहरु हेर्ने गर्छु । त्यो साँझ त्यो दिनको मेरो दोश्रो कोटा पूरा गरेँ खबरहरु हेरेँ – नागरिकन्यूज, इकान्तिपूर, माइसंसार, अनलाइनखबर, सेतोपाटी अनि आफ्नै गाउँठाउँको खबर हेर्नलाई बेनीअनलाइनको वेभसाइट खोलेँ । दक्षिण एशियाली फुटबल च्याम्पियनसिपमा उपाधी चुम्ने लक्ष्यसहितको नेपाली टोलीको विशेष तयारी बाहेकको गर्...

इपियसपिडीत नेपालीहरूलाई खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू, तस्वीर स्रोतः अनलाइन खबर डट कम म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु ।  नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिए...

कठै, हाम्रो नेपाली भाषा !

अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलवाल तस्बीर स्रोतः न्यूज२४ हाम्रो देशमा राष्ट्रियताको निकै नै चर्को बहस हुने गर्दछ । विभिन्न उच्च पदस्थ ब्यक्तिहरूले खास खास ऐन मौकामा राष्ट्रियताको मुद्दालाई विशेष जोड दिएर प्रस्तुत पनि गर्ने गरेका छन् । तर मैले बुझ्न नसकेको खास कुरो चाँहि राष्ट्रियताको ठोस अर्थ के रैछ ? खाली सीमा मिचियो भनेर चर्का कुरा गर्नु ? भारतीय सीमा प्रहरी बलको दस्ता नेपाल छिरेर नेपाली कुटे भनेर चर्को कुरा गर्नु मात्र राष्ट्रियताको सवाल हो र ? के राष्ट्रियतासँग नेपाली भाषा र संस्कृतिको प्रयोग पर्दैन ? पछिल्लो समय, हामीमा एउटा अत्यन्तै अनौठो भ्रम परेको छ – कि, संवाद, छलफल वा भलाकुशारीमा अङ्ग्रेजी शब्दको प्रयोगले हामीलाई बुद्दिजीवीको पगरी मिल्दछ । अधिकांश हामी कथित पढेलेखेकाहरू संवादका समयमा अङ्ग्रेजी शब्दावलीहरूको भरपुर प्रयोग गर्न खोज्दछौं र गर्दछौं पनि । जब कोही शुद्द नेपालीमा बोल्ने प्रयास गर्दछ वा बोल्दछ अनि हामीमध्य धेरैलाई लाग्दछ – त्यो बेफ्वाँकको नाटक हो ! अङ्ग्रेजी शब्दावलीहरूको प्रयोगका विषयमा धेरैपटक थुप्रै मान्छेहरूसँग मेरो घनिभूत छलफल भएको पनि ...

आई हेट स्टालिन !

अस्ति सँगै कामगर्ने ग्रिसको साथीसँग राजनैतिक ब्यवस्थाका बारेमा छलफल हुँदा उसले मेरो चित्त दुख्ने तरिकाले भनिदियो – आई हेट फकिङ कम्युनिष्ट ! मैले सोधेँ – कम्युनिज्मका बारेमा तिमीलाई के थाहा छ ? उसले भन्यो – उनीहरु तानाशाह हुन्छन् । जनतालाई मत दिने अधिकार हुँदैन । मैले जिकिर गरेँ – कम्युनिष्ट हुँदैनन् तानाशाह ! उसले अलि चर्को आवाजमा प्रश्न गर्‍यो – स्टालिनका बारेमा । म चुपचाप रहेँ । मैले भनेँ – ठूलो राज्यको शासक बन्ने उनको महंगो सपनाका लागि म स्टालिनका केहि कामहरुप्रति असन्तुष्ट छु । उसले आश्चर्यता प्रकट गर्दै भन्यो – तैले असन्तुष्टी प्रकट गरेर के भो अरु कम्युनिष्टहरुले पूजा गर्दछन उसलाई । मैले प्रतिवाद गरेँ – उनका धेरै राम्रा सुधारका कामका लागि उनी पूजा गर्न लायक ब्यक्ति पनि हुन, तथापि कम्युनिष्टहरु ब्यक्तिको देवत्वकरणमा विश्वास गर्दैनन् । उसले भन्यो – स्टालिनले आफ्ना विचारविरोधी लाखौ मान्छेहरुलाई मर्‍यो । मैले जिकिर गरिनँ – कम्युनिष्ट शासन आउनुपूर्व रुसका जारहरुले पनि हजारौं फरक मत राख्नेहरुलाई मारेका थिए । मैले यस कारण यो कुरामा अड्डी लिइँन कि मानिसहरुको हत्याको पुष्ट्याई हत्या ह...

चे ग्वेभाराको स्मृतिमा

बगैंचामा कतै एउटी सुन्दरी नवयौवनाको कसिलो अङ्गालोमा बेरिने उमेरमा तिमी, खोजको यात्रामा निस्क्यौ यस्तो यात्रा - जहाँ तिमीले असमानता भेट्यौ, असाक्षर भेट्यौ र भेट्यौ - अभाव, विभेद र थिचोमिचो ! रोकेन तिमीलार्इ - तिम्रो वैभवताले ! छेकेन तिमीलार्इ - तिम्रो नीजि विवशताले ! न लठ्याउन सक्यो तिमीलार्इ ब्युनर्सआयर्सको रमझमले ! न पगाल्न सक्यो - प्रियतमाको प्यारले ! सायद त्यसैले पो हो कि आफ्नो देशको भूगोल नाघेर हजारौ माइलको अर्को भूगोलमा निरङ्कुशताको क्रुरर पञ्जामा पिल्सिएका निरूपायहरूलार्इ तिमीले स्वजातिय मान्यौ अनि लामबद्द भयौ - रातो क्रान्तिमा ! प्रिय फुसर, प्रिय चे ए, प्रिय कामरेड थाहा छ ? मेरो युगलार्इ पनि एक क्रान्तिकारी आवश्यक छ - जो सकोस त्याग्न प्रियाको आलिङ्गन नकार्न सकोस नीजि वैभवता अस्वीकार गरोस असमानता, अभाव, विभेद र थिचोमिचो अनि लामबद्द हुन सकोस् रातो क्रान्तिमा मुक्तिको युद्दमा हो, प्रिय कामरेड खाँचो छ त्यस्तो ब्यक्तिको जो गर्न सकोस नेतृत्व लडार्इ समानताको !

साला नेताहरुले देश खत्तम पारे !

एउटा बाबा आफ्नो अभिभावकत्व राम्ररी निर्वाह गर्न सक्दैन । बिहान उठ्दा बित्तिकै भट्टीतिर लाग्छ । टिल्ल परेर राती अबेरमात्र घर फर्कन्छ । आफ्ना सन्तानसन्तती र श्रीमतीको भरणपोषणमा कुनै ध्यान दिदैन । तैपनि आफ्ना जड्याँहा साथीहरुसँग हरेक साँझ आफ्ना असफल जिन्दगीको तिक्तता पोख्दछ – साला नेताहरुले देश खत्तम पारे ! भर्खरमात्र आफ्नो शिशुको पास्नी उम्काएकी एउटी आमा आफ्ना स्तनका स्वरुप बिग्रने भयले शिशु पाँच/छ महिना पुग्दासाथ स्तनपान गराउन छाड्छे । शिशुको स्याहारसुसारमा भन्दा बढ्ता आफ्नो सुन्दरता कायम राख्नमा ब्यस्त हुन्छे । बुढीभएकी सासुआमासँग गुनासो गर्नमै कति समय गुजार्छे । फेरि पनि आफ्ना दामली नवविवाहिताहरुसँग देशको राजनीति बिग्रेकोमा गुनासो गरेकै हुन्छे – फटाहा नेताहरुले सबै खत्तम पारे । देश लथालिङ्ग पारे ! एउटा रोजगार युवक आफ्नो काम कहिल्यै समयमा गर्दैन । आफ्नो कामप्रति ऊ कहिल्यै जिम्मेवार बन्दैन । सहकर्मीहरुसँग आफ्नो हाकिमका बारे गुनासो गरिरहन्छ । सार्वजनिक यातायातमा भाडा बचाउन कलेज नपढेपनि बिद्यार्थीको नक्कली परिचयपत्र बनाएर बिद्यार्थी सहुलियतको फाइदा लुट्छ । पैसा बचत गर्न नसकेकोमा विदेशिने...