Skip to main content

१६. विश्वविद्यालयमा भेटिएकी एउटी साथी

फेसबुकमा कुरा हुँदै गर्दा एकदिन मैले उनलाई बताएथेँ – “तिमीबाट म निकै प्रभावित छु । तिमी मेरा जीवनका २८ प्रेरक ब्यक्तिहरु मध्ये एक हौं । तिम्रा बारेमा लेख्दैछु म ।” यसो भन्दा उनी रिसाईन । जवाफमा भनिन – “यदि तिमीले मेरा बारेमा लेख्यौ भने म सम्झने छु कि तिमीले मलाई सम्मान हैन दुव्र्यवहार गर्दछौ । सबभन्दा बढि घृणा गर्दछौ !” उनले यस्तो भन्दा मलाई दुख लाग्यो । सम्झाएँ पनि उनले मेरो कुरामा सहमत जनाईनन । तर मेरो उद्देश्य उनको आत्मसम्मानमा ठेस पु¥याउनु हैन । असम्मान गर्नुपनि हैन ।
साथी, मलाई माफ गरिदिनु मैले तिमीलाई आफ्ना प्रेरकहरु मध्ये एक ब्यक्तित्व नमानी रहन सकिनँ ! हो, मैले तिम्रा प्रेरणाहरुका खातिर केहि शब्दहरू अभिब्यक्त नगरी रहन सकिनँ ! कृपया सक्छौ भने माफ गरिदिनु !
स्नातकोत्तर तहको कक्षाहरु तर्किक हुनुपर्ने, बहसमुलक हुनुपर्ने, विचार विमर्श र तर्क वितर्क पनि हुनुपर्ने तर हाम्रो कक्षामा त्यस्ता केही अभ्यास उस्तो भएनन । हुन त पढ्दापढ्दै एक वर्षमा पलायन भएको मैले आद्योपान्त मूल्याङ्कन गर्न सक्दिनँ पनि तर बेलाबेलामा तिमीले कक्षा हुँदै गर्दा पोख्ने असन्तुष्टिहरुमा मेरो पनि सहमती थियो । तिमीले बेलाबेलामा प्राध्यापकहरुसँग गर्ने तार्किक बहसले तिम्रो विद्धताले मलाई निकै नै प्रभावित पारेको हो । छलफलहरुमा तिम्रो तार्किक उपस्थितीले मलाई पनि प्रेरित गर्दथे – तर्कमुलक बहसमा भाग लिन ! हुन त लाग्ला, जीवनमा कोही ब्यक्तिहरुसँग केहि समय ब्यतित गर्दैमा के मान्छेहरु साँच्चीकै प्रभावित हुन सक्लान ? तर मेरो जवाफ हुन्छ – हो सक्छन् ! जस्तो ड्युनालाई मैले देखिन र पनि मानवीय सेवाका लागि उनको योगदान र समपर्णले मलाई प्रेरित गर्दछ – मान्छेहरूको पीडालाई कम गर्न ! तिमीलाई नै अत्यन्तै मन पर्ने समाजसेवी पुुष्पामामुको जेलमा परेका अभिभावकका नानीबाबुहरुको समुज्ज्वल भविष्य निर्माणमा गरिरहेको योगदान र समर्पणले मलाई नछुने भन्ने त हुँदैन नी ! हो, त्यसकारण म भन्दछु – तिमीबाट म प्रभावित छु । 
विश्वविद्यालयमा मैले विताएको पुगनपुगको एक वर्षमा मैले तिमीबाट केही महत्वपूर्ण ज्ञानहरू प्राप्त गरेको छु । समाज रुपान्तरणका लागि सामाजिक कार्यबाट कसरी योगदान दिन सकिएला भन्ने विषयमा तिमीले मसँग गरेका बहसहरुले मलाई अहिले पनि उत्तिकै प्रेरित गरेका छन् – म जहाँ भएपनि मेरो समाज र देशप्रति जिम्मेवार रहनलाई ! हो, तिम्रो आग्रह – विदेश नजाऊ, स्वदेशमै मिलेर केही गरौं लाई मैले केही समयका लागि लत्याएर हिडेको जस्तो प्रतित भएता पनि खासमा म त्यस्तो गैर्हजिम्मेवार हुन सक्दिनँ ! मलाई विश्वास गर, एकदिन समाज रुपान्तरणका लागि म तिमीजस्तै सयौं साथीहरुसँग हातेमालो गर्न सक्षम हुने स्वरुपमा आफूलाई विकास गर्नेछु । 
मेरी अनामी साथी, म तिम्रो विनयशिलताबाट पनि निकै प्रभावित छु । तिमीसँगको सङ्गतमा मैले विनयशिलता र दम्भहीन हुन सिकेको छु । परन्तु, ब्यवहारमा म धेरै सन्दर्भहरुमा चुकेको पनि छु । खासमा स्वभाव सानै देखि विकास भएर आउने रहेछ । यसलाई पछि एकै निमेषमा परिवर्तन गरिहाल्न अफ्ठ्यारो नै हुँदोरहेछ, तर तिमीसँग हिड्दै गर्दा मेधावी छात्रा भैकन पनि अध्ययन अनुसन्धानमा रहेको आफ्नो तिक्ष्णताका विषयमा कहिल्यै फोस्रो गर्व गर्न नरुचाउने तिमीले मलाई झस्काएकी छौं । तिमीलाई भेटेँपछि नै हो मलाई आफ्नो तिक्ष्णताप्रति प्रश्न गर्न मन लागेको । हो, त्यतिखेरदेखि नै हो मलाई आफैलाई प्रश्न गर्न मन लागेको, के साँच्ची म आफूजति तिक्ष्ण छु भनेर बेलाबेलामा जुन दम्भ गर्छु के म त्यति गर्व गर्न लायकको तिक्ष्ण छु त ? मैले जवाफमा पाएको छु – होईन ! छैन !
जेहोस, तिमीसँगको संगत कम नै भयो, तर त्यसले ममा केहि ब्यवहारिक परिवर्तन ल्याएको पनि छ । अझ भन्नुपर्दा केहि प्रसङ्गहरुमा म बेईमान बनिरहँदा तिमीले मेरा बेईमानीहरु पत्ता लगाएपछि मलाई इमान्दार हुन कर लागेको छ । र, त्यो कर अहिले बानीका रुपमा विकास हुँदैछ । आशा छ, म तिमीजस्तै इमान्दार, विनयशिल र समाज परिवर्तनको संवाहक हुन प्रेरित भैराख्नेछु । ती असाधारण र महत्वपूर्ण केहि महिनाको संगतका लागि तिमीलाई धन्यवाद छ, अनामी साथी !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...