Skip to main content

१६. विश्वविद्यालयमा भेटिएकी एउटी साथी

फेसबुकमा कुरा हुँदै गर्दा एकदिन मैले उनलाई बताएथेँ – “तिमीबाट म निकै प्रभावित छु । तिमी मेरा जीवनका २८ प्रेरक ब्यक्तिहरु मध्ये एक हौं । तिम्रा बारेमा लेख्दैछु म ।” यसो भन्दा उनी रिसाईन । जवाफमा भनिन – “यदि तिमीले मेरा बारेमा लेख्यौ भने म सम्झने छु कि तिमीले मलाई सम्मान हैन दुव्र्यवहार गर्दछौ । सबभन्दा बढि घृणा गर्दछौ !” उनले यस्तो भन्दा मलाई दुख लाग्यो । सम्झाएँ पनि उनले मेरो कुरामा सहमत जनाईनन । तर मेरो उद्देश्य उनको आत्मसम्मानमा ठेस पु¥याउनु हैन । असम्मान गर्नुपनि हैन ।
साथी, मलाई माफ गरिदिनु मैले तिमीलाई आफ्ना प्रेरकहरु मध्ये एक ब्यक्तित्व नमानी रहन सकिनँ ! हो, मैले तिम्रा प्रेरणाहरुका खातिर केहि शब्दहरू अभिब्यक्त नगरी रहन सकिनँ ! कृपया सक्छौ भने माफ गरिदिनु !
स्नातकोत्तर तहको कक्षाहरु तर्किक हुनुपर्ने, बहसमुलक हुनुपर्ने, विचार विमर्श र तर्क वितर्क पनि हुनुपर्ने तर हाम्रो कक्षामा त्यस्ता केही अभ्यास उस्तो भएनन । हुन त पढ्दापढ्दै एक वर्षमा पलायन भएको मैले आद्योपान्त मूल्याङ्कन गर्न सक्दिनँ पनि तर बेलाबेलामा तिमीले कक्षा हुँदै गर्दा पोख्ने असन्तुष्टिहरुमा मेरो पनि सहमती थियो । तिमीले बेलाबेलामा प्राध्यापकहरुसँग गर्ने तार्किक बहसले तिम्रो विद्धताले मलाई निकै नै प्रभावित पारेको हो । छलफलहरुमा तिम्रो तार्किक उपस्थितीले मलाई पनि प्रेरित गर्दथे – तर्कमुलक बहसमा भाग लिन ! हुन त लाग्ला, जीवनमा कोही ब्यक्तिहरुसँग केहि समय ब्यतित गर्दैमा के मान्छेहरु साँच्चीकै प्रभावित हुन सक्लान ? तर मेरो जवाफ हुन्छ – हो सक्छन् ! जस्तो ड्युनालाई मैले देखिन र पनि मानवीय सेवाका लागि उनको योगदान र समपर्णले मलाई प्रेरित गर्दछ – मान्छेहरूको पीडालाई कम गर्न ! तिमीलाई नै अत्यन्तै मन पर्ने समाजसेवी पुुष्पामामुको जेलमा परेका अभिभावकका नानीबाबुहरुको समुज्ज्वल भविष्य निर्माणमा गरिरहेको योगदान र समर्पणले मलाई नछुने भन्ने त हुँदैन नी ! हो, त्यसकारण म भन्दछु – तिमीबाट म प्रभावित छु । 
विश्वविद्यालयमा मैले विताएको पुगनपुगको एक वर्षमा मैले तिमीबाट केही महत्वपूर्ण ज्ञानहरू प्राप्त गरेको छु । समाज रुपान्तरणका लागि सामाजिक कार्यबाट कसरी योगदान दिन सकिएला भन्ने विषयमा तिमीले मसँग गरेका बहसहरुले मलाई अहिले पनि उत्तिकै प्रेरित गरेका छन् – म जहाँ भएपनि मेरो समाज र देशप्रति जिम्मेवार रहनलाई ! हो, तिम्रो आग्रह – विदेश नजाऊ, स्वदेशमै मिलेर केही गरौं लाई मैले केही समयका लागि लत्याएर हिडेको जस्तो प्रतित भएता पनि खासमा म त्यस्तो गैर्हजिम्मेवार हुन सक्दिनँ ! मलाई विश्वास गर, एकदिन समाज रुपान्तरणका लागि म तिमीजस्तै सयौं साथीहरुसँग हातेमालो गर्न सक्षम हुने स्वरुपमा आफूलाई विकास गर्नेछु । 
मेरी अनामी साथी, म तिम्रो विनयशिलताबाट पनि निकै प्रभावित छु । तिमीसँगको सङ्गतमा मैले विनयशिलता र दम्भहीन हुन सिकेको छु । परन्तु, ब्यवहारमा म धेरै सन्दर्भहरुमा चुकेको पनि छु । खासमा स्वभाव सानै देखि विकास भएर आउने रहेछ । यसलाई पछि एकै निमेषमा परिवर्तन गरिहाल्न अफ्ठ्यारो नै हुँदोरहेछ, तर तिमीसँग हिड्दै गर्दा मेधावी छात्रा भैकन पनि अध्ययन अनुसन्धानमा रहेको आफ्नो तिक्ष्णताका विषयमा कहिल्यै फोस्रो गर्व गर्न नरुचाउने तिमीले मलाई झस्काएकी छौं । तिमीलाई भेटेँपछि नै हो मलाई आफ्नो तिक्ष्णताप्रति प्रश्न गर्न मन लागेको । हो, त्यतिखेरदेखि नै हो मलाई आफैलाई प्रश्न गर्न मन लागेको, के साँच्ची म आफूजति तिक्ष्ण छु भनेर बेलाबेलामा जुन दम्भ गर्छु के म त्यति गर्व गर्न लायकको तिक्ष्ण छु त ? मैले जवाफमा पाएको छु – होईन ! छैन !
जेहोस, तिमीसँगको संगत कम नै भयो, तर त्यसले ममा केहि ब्यवहारिक परिवर्तन ल्याएको पनि छ । अझ भन्नुपर्दा केहि प्रसङ्गहरुमा म बेईमान बनिरहँदा तिमीले मेरा बेईमानीहरु पत्ता लगाएपछि मलाई इमान्दार हुन कर लागेको छ । र, त्यो कर अहिले बानीका रुपमा विकास हुँदैछ । आशा छ, म तिमीजस्तै इमान्दार, विनयशिल र समाज परिवर्तनको संवाहक हुन प्रेरित भैराख्नेछु । ती असाधारण र महत्वपूर्ण केहि महिनाको संगतका लागि तिमीलाई धन्यवाद छ, अनामी साथी !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...