तिमी आफू ठीक र अरू बेठीक तिमी जान्ने अनि बाँकी नजान्ने मात्र तिमी असल र अरू सबै खराब भन्दैनौ र गर्दैनौ, त्यसैले तिमी नयाँ प्राणी हौ हो, तिमी अमान्छे ! यदि तिमी विश्वस्त हुँदैनौ, चाकडी, चाप्लुसी र चम्चागिरीमा जबसम्म तिमीलाई लागिरहन्छ, सत्य, सत्य नै हो, असत्य, सधैं झुटो नै हुन्छ अब मलाई सन्देह लाग्दैन तिमीलाई भन्नलाई – ए अमान्छे ! जतिखेर तिमीलाई लाग्दैन तिमी बोल्यौ\बोलेनौ अरूलाई पोल्यौ\पोलेनौ, वा, त्यो पीडामा डुबिरहँदा तिमीले खित्का छोड्न जानेनौ, अब त साँच्चिकै प्रमाणित भयौ, तिमी संसारकै एकमात्र – अमान्छे !