Skip to main content

नागरिक चित्कार

केही नागरिकहरु
आव्हान गर्दैछन् –
दण्डहिनताको हु्ँदै भएन अन्त्य,
आऔं नौला कुनै अपराध गरौं ।

केहि बु्रजुकहरु
अपिल गर्दैछन् –
अझै सुध्रिएन शासकहरुको व्योहोरा,
आऔं यिनलाई बहिष्कार गरौं ।

आम मान्छेहरु
सडकमा चिच्याई रहेछन् –
देश हाँक्नेहरु हुँडार निक्ले,
आऔं यिनलाई नैतिकता सिकाऔं ।

राष्ट्रवादीहरु
विच सडकमा उफ्रिरहेछन् –
देशप्रेमीहरु लोप हुन आँटे,
आऔं हाम्रा छातिमा, आफ्नै देश खोजौं ।

तर, युग–युगदेखि
म एक्लै भुत्भुतिरहेछु –
कति खप्नु यस्तो पीडा ?
आओ सबै पागल बनौं !

Comments

  1. Will u plz try to check it n have ur comments here??

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।