यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन । अतः तीनले मात्र हैन आम मान्छेहरूले पनि बुझ्नु जरूरी छ, नागरिकको सेवामा राज्यप्रणाली जिम्मेवार हुन्छ, कोही कसैको लहड होईन । उसो त देशभर यो विषय सामान्य अभ्यासमा नै छ । तर म्याग्दीमा यो अति सामान्यकृत गरिएको छ । मानिसहरूलाई न राज्यको भूमिकाका बारे ज्ञात छ, न उनीहरूले आफ्ना दायित्वका बारे बोध नै गरेका छन । यसो किन पनि भो भने पछिल्ला बर्षहरूमा बेनी खाल्डोको साँघुरो घेराभन्दा फराकिलो सोंच निर्माणमा समाजमा चिनिएका (फेसबुके पहिचान) हरू नै असमर्थ रहे । बरू उनीहरू नै सहज राज्यप्रणालीलाई जबरजस्त निकम्मा बनाउन लागिपरेका छन । मलाई सबभन्दा खेद (😒) त ती सरकारी साहबहरूप्रति छ, जसले नेपाल सरकारको ...
कुनै पनि बुझाई अन्तिम सत्य होइनन् ।