Skip to main content

Posts

Showing posts from 2026

जग्गु दाईको नेपाल (न)डायरी

यो डायरी हैन् । यो नडायरी हो । थाहा छैन्, जग्गु दाईले सपनामा कहिल्यै फिनल्याण्डको भूभाग नदेखेर मैले जस्तै सधैं त्यहि ढोडेनी, घैयारा, बुढोचौर, मैले पढाएका स्कुल र मैले पौडी खेलेको च्यान्टेको ताल जस्तै चुहाडेको बन, बोक्सेको शितलो हावा, गाइघाटको उखुम गर्मी अनि बगुवा खोलाको बर्खे भेल मात्रै देख्नु हुन्थ्यो वा हुन्थेन् तर सधैं जसो हुने भेटमा वहाँले नेपालै फर्किने हो भन्न कहिल्यै छुटाउनु भएन् । चार पाँच बर्ष पहिलेसम्म हेलसिन्की शहरको व्यस्त चोकतिर अरू केहि साथीहरूसँग मिलेर दाईले एउटा नेपाली पसल चलाउनु हुन्थ्यो । दक्षिण युरोपका देशबाट आउने ताजा तरकारी देखि नेपाली मरमसलासम्म, लाटभियाबाट आउने बोकाको मासुदेखि भियतनाम, पाकिस्तानबाट आउने चामलका बोरासम्म वहाँको पसलमा पाइन्थे । ब्यापार राम्रै चलेको थियो, सबै साझेदारले यसै भन्थे । राम्रै नचलेको भए फिनल्याण्डजस्तो महंगो सञ्चालन खर्च भएको देशमा कुनै पनि पसल एक दशकसम्म कसरी चल्न सक्थ्यो ?  तर अचानक वहाँहरूले राम्रै चलिरहेको पसल बेच्नुभो । र, हाम्रो जग्गु दाईले आर्थिक भूगोल (Economic Geography) मा विद्यावारिधी गर्ने सोच्नु भो । दाईकै शब्दमा बुढेसकालक...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...

क्रान्ति त रातो हुन्छ, नीलो त अश्लिलता!

फिनल्याण्ड आएको २ वर्षपछि म नेपाल पुगेको थिएँ । त्यसै बेला मलाई भाइले सुनाएको थियो, गाउँका दुई जना अलि बयस्क मानिसहरू जो सहोदर दाजुभाइ थिए, उनीहरूले "भूपेन्द्रले छोरालाई दलितको कोटामा फिनल्याण्ड पठाएको हो ।" भनेर हौवा चलाएका छन् ।  मैले भाइलाई भनेथेँ, "मानिसहरू त्यति नै बोल्छन् जति ति सोच्न सक्छन् !"  भाइले भन्दै थियो, "एकचोटी कुरा गर दाई, नभएको कुरा भन्दै हिड्नेलाई जवाफ दिएनस् भने झन बदनाम गर्दै हिड्छन् ।" मैले त्यो बेला भाइले भनेको कुरालाई खासै महत्व दिइनँ किनकी यस्तै एक आरोप सन् २०१० मा बेनी बजारको न्यूरोडमा त्यतिबेला मेरा एक मित्रले सञ्चालन गर्ने मझेरी नामको  रेष्टुरेन्टका ठीक अगाडि पट्टी एउटा क्रान्तिकारी पार्टीका दलित युवा नेताले मलाई भनेथे, "तपाइँ त नर्बे जाँदै हुनुहँदो रहिछ, बा नेता भएको राम्रै काम लागेछ !" ती क्रान्तिकारी मित्रले मलाई त्यसरी आत्मसम्मानमा नै चोट पुग्ने गरी भनेको ठीक ४ महिना अगाडि एउटा चिया पसलमा बालाई मैले रेडक्रसले अभिभावकले छनोट भएका खण्डमा नर्बे जान मञ्जुरी दिने व्योहोराको मञ्जुरीनामामा दस्तखत गराउन खोज्दा जिज्ञासाले भ...