Posts

Showing posts from 2020

एउटा गल्ती, एउटा प्रश्न अनि साइबर जंकीहरू

पहिलो घटना सार्वजनिक हुँदा ती भाइले आफ्नो गल्तीलाई अस्वीकार गरिरहे । सामाजिक संजालमा देखिएका टिप्पणीहरू हेर्दा के बुझिन्थ्यो भने - उनले आत्मालोचित हुनै मानेनन् । यी युवाको वदनियतपूर्ण कर्मसँग एक युवतीको भविष्य जोडिएको थियो ।  उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा लिएकी ती गाउँले युवतीले यिनै भाइको विश्वासमा परेर रकम बुझाएकी थिइन - उनी विश्वस्त थिइन् - उनको भर्ना हुनेछ । परीक्षाको फाराम भरिनेछ, परीक्षा दिन पाउनेछु । परीक्षापछि के के गर्ने उनका आफ्नै योजनाहरू थिए हुनन, तर जब परीक्षाका लागि प्रवेश पत्र बुझ्न उनी गाउँबाट झरिन् । क्याम्पसमा पुगेपछि उनका आँशुहरू झरे ।  आँशुहरूसँगै उनका सपनाहरू पनि भुँइमा पछारिए, ती कम्तिमा पनि एकवर्षका लागि सम्हालिन नसकिने गरी टुक्रेका सपनाहरू थिए ।  ती गाउँले बैनीसँग आफ्नो गल्तीका लागि उनले माफि माग्न समेत उचीत ठानेनन् । बरू आफ्ना साइबर जंकीका बथान भेला पारेर सामाजिक संजालमा सुनियोजित षडयन्त्रको पाठको रटान लगाइरहे । अहँ उनले सुध्रने अठोट गरेनन् ।  फेरि अर्को उहि प्रकृतीको घटना बाहिर आएको छ । घटनामा उहि भाइ जोडिन पुगेका छन् । यो घटनासँगै सामाजिक संजाल विशेषगरी

अनुत्तरित प्रश्नहरू र नांगा मान्छेहरू

त्यो घरझगडा मात्र थिएन । त्यो मात्र घरझगडा होइन् । यसलाई यस्तरी पनि बुझ्न सकिन्छ कि तपैंका उन्नत ‘दिमाग’ले मान्दैमा, त्यो घरझगडा नै हो भनेर ठोकुवा गर्नुपर्ने घटना पनि होइन । तर त्यो समाजको दूर्नियती नै यस्तो भैदियो कि तपाइँहरूलाई त्यस्तै लागेपछि धेरैलाई त्यो त्यस्तै नै होला भन्ने भ्रम हुनजान्छ । अनि त समाज केहि सिमीत मान्छेहरूलाई लागेको ‘भ्रम‘ को सति जान्छ । हेर्दा यो यति सामान्य घटना जस्तो लाग्न सक्छ, तर वास्तवमा यो असामान्य परिघटना नै हो । हुन त  कोही समाचार संकलकलाई यस्तो लागिदियो कि सामान्य घरझगडाको कुरा किन संकलन गर्नु ? वित्थामा गाल मात्रै पर्छ । चिनजानको दायरा अलिकति भएपनि किन खुम्चाउनु ? फलानो ठाउँमा काम गर्ने तिलाना सरको मन दुख्न सक्छ, फेरि वहाँसँग चिया पिउँदै रमाइला गफ गर्ने वातावरण बिग्रन सक्छ । आफ्ना स्वार्थका सम्बन्धहरू बिग्रने डरमा हामी कसैको बिग्रेको परिस्थितीलाई नजरअन्दाज गर्छौं । यो के दुर्भाग्यको कुरा होइन ?  एक असाक्षर व्यक्तिसँग जोडिएको घटना भएको भए यसलाई सामान्य घटना मान्न सकिन्थ्यो तर राष्ट्रसेवक प्रहरी संगठनको प्रहरी निरीक्षक अझ त्यसमाथि मुद्दा फाँटको अधिकृतसँग ज

सरकारी साहबहरू, राज्यप्रणाली अनि झिंगाहरू

यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन । अतः तीनले मात्र हैन आम मान्छेहरूले पनि बुझ्नु जरूरी छ, नागरिकको सेवामा राज्यप्रणाली जिम्मेवार हुन्छ, कोही कसैको लहड होईन । उसो त देशभर यो विषय सामान्य अभ्यासमा नै छ । तर म्याग्दीमा यो अति सामान्यकृत गरिएको छ । मानिसहरूलाई न राज्यको भूमिकाका बारे ज्ञात छ, न उनीहरूले आफ्ना दायित्वका बारे बोध नै गरेका छन । यसो किन पनि भो भने पछिल्ला बर्षहरूमा बेनी खाल्डोको साँघुरो घेराभन्दा फराकिलो सोंच निर्माणमा समाजमा चिनिएका (फेसबुके पहिचान) हरू नै असमर्थ रहे । बरू उनीहरू नै सहज राज्यप्रणालीलाई जबरजस्त निकम्मा बनाउन लागिपरेका छन । मलाई सबभन्दा खेद (😒) त ती सरकारी साहबहरूप्रति छ,  जसले नेपाल सरकारको नुन

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

Image
मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि