अनुत्तरित प्रश्नहरू र नांगा मान्छेहरू

त्यो घरझगडा मात्र थिएन । त्यो मात्र घरझगडा होइन् । यसलाई यस्तरी पनि बुझ्न सकिन्छ कि तपैंका उन्नत ‘दिमाग’ले मान्दैमा, त्यो घरझगडा नै हो भनेर ठोकुवा गर्नुपर्ने घटना पनि होइन । तर त्यो समाजको दूर्नियती नै यस्तो भैदियो कि तपाइँहरूलाई त्यस्तै लागेपछि धेरैलाई त्यो त्यस्तै नै होला भन्ने भ्रम हुनजान्छ । अनि त समाज केहि सिमीत मान्छेहरूलाई लागेको ‘भ्रम‘ को सति जान्छ । हेर्दा यो यति सामान्य घटना जस्तो लाग्न सक्छ, तर वास्तवमा यो असामान्य परिघटना नै हो । हुन त  कोही समाचार संकलकलाई यस्तो लागिदियो कि सामान्य घरझगडाको कुरा किन संकलन गर्नु ? वित्थामा गाल मात्रै पर्छ । चिनजानको दायरा अलिकति भएपनि किन खुम्चाउनु ? फलानो ठाउँमा काम गर्ने तिलाना सरको मन दुख्न सक्छ, फेरि वहाँसँग चिया पिउँदै रमाइला गफ गर्ने वातावरण बिग्रन सक्छ । आफ्ना स्वार्थका सम्बन्धहरू बिग्रने डरमा हामी कसैको बिग्रेको परिस्थितीलाई नजरअन्दाज गर्छौं । यो के दुर्भाग्यको कुरा होइन ? 

एक असाक्षर व्यक्तिसँग जोडिएको घटना भएको भए यसलाई सामान्य घटना मान्न सकिन्थ्यो तर राष्ट्रसेवक प्रहरी संगठनको प्रहरी निरीक्षक अझ त्यसमाथि मुद्दा फाँटको अधिकृतसँग जोडिएको विषय थियो । दशकौंदेखि समाचार संकलकका रूपमा बनेको आफ्नो छबीलाई कायम राख्दै यहाँले यसलाई सामान्य घर झगडाकै रूपमा लिइदिनुभो । यसैकारण म यहाँलाई समाचार संकलकका रूपमा चित्रित गर्न खोज्दैछु ताकी यहाँले दशकौंसम्म जुन अभ्यास गर्नुभयो, त्यो दौडानमा यहाँले प्राप्त गरेँ भन्ठानेको पहिचान - पत्रकारको हुन सक्ने झिनो सम्भावना पनि अब रहेन । कम्तिमा यति त ज्ञान हुनुपर्ने थियो कि समाचारको संकलनले मात्र कसैलाई पत्रकार बनाउँदेन । पत्रकार हुनका लागि यसका विशिष्ट मापदण्डहरू छन् । महत्वपूर्ण कुरो त समाचारले यहाँको ढोका ढक्ढकाउँदै आउने होइन् । तर बिडम्बना आफ्नै आँखा अगाडि घटेको घरेलु हिंसाको घटनालाई समेत तपाइँ घरको सामान्य झगडा देख्नुहुन्छ । अनि भन्नुहुन्छ - सामाजिक संजालमा आउने हरेक विषय समाचार बन्दैनन् । ल एकछिन म मानिदिउँला - सामाजिक संजालमा आउँदैमा सबै बिषयले समाचार बन्न नसक्लान् तर त्यही स्थितिमा तपैंका आफ्नै कोही चेलीले उभ्भिनुपर्ने अवस्था भएको भए के तपाइँ यहि आत्मविश्वासका साथ प्रस्तुत हुनुहुन्थ्यो ? मलाई लाग्छ - तपैंले यही स्तरको बुझाई राख्नुहुन्थ्यो । मानिसको बुझाईको स्तरवृदृिका लागि पहिलो अनिवार्य शर्त हो - ज्ञानको ग्रहण गर्ने शक्ति । मलाई लाग्दैन्, बेनी खाल्डोमा त्यो धेरैसँग छ ।

एक युवती प्रेमबन्धनमा परिसकेपछि आफ्नो प्रेमीसँग अन्तरंग सम्बन्ध कायम गर्न सक्ने कुरो त्यो कसरी उनको चरीत्रसँग जोडिने विषय हो ? एउटी युवतीलाई प्रेमको नाटक गरी बिबाहको प्रलोभन पारेर अन्तरंग सम्बन्ध कायम गरी युवतीलाई दुई जिउकी बनाएर अर्की युवतीसँग बैबाहिक सम्बन्धका लागि ‘दही खुवाउने‘ कार्यक्रम गर्ने युवा चै सच्चरित्रको कसरी भयो? युवक जुन पेशामा थिए, के त्यो पेशाका व्यवसायिक मूल्य, मान्यताहरू छैनन ? ती मूल्यका आधारमा उसले गरेको कर्म के त्यो सार्वजनिक वहसको विषय थिएन ? यस्ता अनगिन्ती प्रश्नहरू छन । जसको जवाफ खोज्ने हैसियत हाम्रो समाजले बनाइसकेको छैन । अरू त अरू समाजमा विशिष्टको पदवी लिएर/दिएर विभिन्न समारोहमा पैसाको मोलमा प्राप्त हुने ‘प्रतिष्ठाको डोली‘ चढ्नेहरूको बुझाई देख्दा पो म तीनछक हुन्छु ! यी केहि मान्छेहरूलाई ‘बादशाहको पहिरन’ पहिरिनूमा नै निकै आनन्द लागिरहेको छ, जसले कोही आँटिलो बालकले भनिदिनुपर्नेछ, - बरिष्ठज्यू हजुरको हर नांगै छ !  फेरि पनि मलाई शंका छ, यी नग्न बरिष्ठहरूमा त्यो स्वीकार गर्ने साहस बाँकी छ । यिनीहरूलाई लाग्दै आएको यहि छ - जन्मेको नांगै, मरेर जाँदा चित्तामा हुने नांगै, बिचको समयमा किन निर्वस्त्र नहुनू ? अहिलेलाई यत्ति मात्र कामना गरौं - छिट्टै यिनका जाइफलहरू निचोरिनेछन्, र त्यहाँबाट झर्नेछ यीनको पुरूष अहंताको दुषित रस !

तपाइँहरूलाई यस्तो लाग्दो हो, ‘स्मृती‘ का जस्तै घटनाहरू त्यो समाजमा धेरै भए र ती सबै विस्मृतीमा विलय भए, अब यो पनि स्मृतीमा रहिरहनुपर्ने कारण छैन । अनि यस्तो पनि लाग्दो हो -  हामीलाई जे लाग्यो, समाजलाई त्यहि लाग्छ । लाग्नुपर्छ । अब यहाँहरूलाई लाग्नै पर्ने कुरो चाँहि यो छ - समाजविकासको प्रक्रियालाई अवरोध गर्ने सामर्थ्य न हिजो कोहीसँग थियो न आज तपैंहरूसँग छ । 

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)