Skip to main content

अनुत्तरित प्रश्नहरू र नांगा मान्छेहरू

त्यो घरझगडा मात्र थिएन । त्यो मात्र घरझगडा होइन् । यसलाई यस्तरी पनि बुझ्न सकिन्छ कि तपैंका उन्नत ‘दिमाग’ले मान्दैमा, त्यो घरझगडा नै हो भनेर ठोकुवा गर्नुपर्ने घटना पनि होइन । तर त्यो समाजको दूर्नियती नै यस्तो भैदियो कि तपाइँहरूलाई त्यस्तै लागेपछि धेरैलाई त्यो त्यस्तै नै होला भन्ने भ्रम हुनजान्छ । अनि त समाज केहि सिमीत मान्छेहरूलाई लागेको ‘भ्रम‘ को सति जान्छ । हेर्दा यो यति सामान्य घटना जस्तो लाग्न सक्छ, तर वास्तवमा यो असामान्य परिघटना नै हो । हुन त  कोही समाचार संकलकलाई यस्तो लागिदियो कि सामान्य घरझगडाको कुरा किन संकलन गर्नु ? वित्थामा गाल मात्रै पर्छ । चिनजानको दायरा अलिकति भएपनि किन खुम्चाउनु ? फलानो ठाउँमा काम गर्ने तिलाना सरको मन दुख्न सक्छ, फेरि वहाँसँग चिया पिउँदै रमाइला गफ गर्ने वातावरण बिग्रन सक्छ । आफ्ना स्वार्थका सम्बन्धहरू बिग्रने डरमा हामी कसैको बिग्रेको परिस्थितीलाई नजरअन्दाज गर्छौं । यो के दुर्भाग्यको कुरा होइन ? 

एक असाक्षर व्यक्तिसँग जोडिएको घटना भएको भए यसलाई सामान्य घटना मान्न सकिन्थ्यो तर राष्ट्रसेवक प्रहरी संगठनको प्रहरी निरीक्षक अझ त्यसमाथि मुद्दा फाँटको अधिकृतसँग जोडिएको विषय थियो । दशकौंदेखि समाचार संकलकका रूपमा बनेको आफ्नो छबीलाई कायम राख्दै यहाँले यसलाई सामान्य घर झगडाकै रूपमा लिइदिनुभो । यसैकारण म यहाँलाई समाचार संकलकका रूपमा चित्रित गर्न खोज्दैछु ताकी यहाँले दशकौंसम्म जुन अभ्यास गर्नुभयो, त्यो दौडानमा यहाँले प्राप्त गरेँ भन्ठानेको पहिचान - पत्रकारको हुन सक्ने झिनो सम्भावना पनि अब रहेन । कम्तिमा यति त ज्ञान हुनुपर्ने थियो कि समाचारको संकलनले मात्र कसैलाई पत्रकार बनाउँदेन । पत्रकार हुनका लागि यसका विशिष्ट मापदण्डहरू छन् । महत्वपूर्ण कुरो त समाचारले यहाँको ढोका ढक्ढकाउँदै आउने होइन् । तर बिडम्बना आफ्नै आँखा अगाडि घटेको घरेलु हिंसाको घटनालाई समेत तपाइँ घरको सामान्य झगडा देख्नुहुन्छ । अनि भन्नुहुन्छ - सामाजिक संजालमा आउने हरेक विषय समाचार बन्दैनन् । ल एकछिन म मानिदिउँला - सामाजिक संजालमा आउँदैमा सबै बिषयले समाचार बन्न नसक्लान् तर त्यही स्थितिमा तपैंका आफ्नै कोही चेलीले उभ्भिनुपर्ने अवस्था भएको भए के तपाइँ यहि आत्मविश्वासका साथ प्रस्तुत हुनुहुन्थ्यो ? मलाई लाग्छ - तपैंले यही स्तरको बुझाई राख्नुहुन्थ्यो । मानिसको बुझाईको स्तरवृदृिका लागि पहिलो अनिवार्य शर्त हो - ज्ञानको ग्रहण गर्ने शक्ति । मलाई लाग्दैन्, बेनी खाल्डोमा त्यो धेरैसँग छ ।

एक युवती प्रेमबन्धनमा परिसकेपछि आफ्नो प्रेमीसँग अन्तरंग सम्बन्ध कायम गर्न सक्ने कुरो त्यो कसरी उनको चरीत्रसँग जोडिने विषय हो ? एउटी युवतीलाई प्रेमको नाटक गरी बिबाहको प्रलोभन पारेर अन्तरंग सम्बन्ध कायम गरी युवतीलाई दुई जिउकी बनाएर अर्की युवतीसँग बैबाहिक सम्बन्धका लागि ‘दही खुवाउने‘ कार्यक्रम गर्ने युवा चै सच्चरित्रको कसरी भयो? युवक जुन पेशामा थिए, के त्यो पेशाका व्यवसायिक मूल्य, मान्यताहरू छैनन ? ती मूल्यका आधारमा उसले गरेको कर्म के त्यो सार्वजनिक वहसको विषय थिएन ? यस्ता अनगिन्ती प्रश्नहरू छन । जसको जवाफ खोज्ने हैसियत हाम्रो समाजले बनाइसकेको छैन । अरू त अरू समाजमा विशिष्टको पदवी लिएर/दिएर विभिन्न समारोहमा पैसाको मोलमा प्राप्त हुने ‘प्रतिष्ठाको डोली‘ चढ्नेहरूको बुझाई देख्दा पो म तीनछक हुन्छु ! यी केहि मान्छेहरूलाई ‘बादशाहको पहिरन’ पहिरिनूमा नै निकै आनन्द लागिरहेको छ, जसले कोही आँटिलो बालकले भनिदिनुपर्नेछ, - बरिष्ठज्यू हजुरको हर नांगै छ !  फेरि पनि मलाई शंका छ, यी नग्न बरिष्ठहरूमा त्यो स्वीकार गर्ने साहस बाँकी छ । यिनीहरूलाई लाग्दै आएको यहि छ - जन्मेको नांगै, मरेर जाँदा चित्तामा हुने नांगै, बिचको समयमा किन निर्वस्त्र नहुनू ? अहिलेलाई यत्ति मात्र कामना गरौं - छिट्टै यिनका जाइफलहरू निचोरिनेछन्, र त्यहाँबाट झर्नेछ यीनको पुरूष अहंताको दुषित रस !

तपाइँहरूलाई यस्तो लाग्दो हो, ‘स्मृती‘ का जस्तै घटनाहरू त्यो समाजमा धेरै भए र ती सबै विस्मृतीमा विलय भए, अब यो पनि स्मृतीमा रहिरहनुपर्ने कारण छैन । अनि यस्तो पनि लाग्दो हो -  हामीलाई जे लाग्यो, समाजलाई त्यहि लाग्छ । लाग्नुपर्छ । अब यहाँहरूलाई लाग्नै पर्ने कुरो चाँहि यो छ - समाजविकासको प्रक्रियालाई अवरोध गर्ने सामर्थ्य न हिजो कोहीसँग थियो न आज तपैंहरूसँग छ । 

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...