पहिलो घटना सार्वजनिक हुँदा ती भाइले आफ्नो गल्तीलाई अस्वीकार गरिरहे । सामाजिक संजालमा देखिएका टिप्पणीहरू हेर्दा के बुझिन्थ्यो भने - उनले आत्मालोचित हुनै मानेनन् । यी युवाको वदनियतपूर्ण कर्मसँग एक युवतीको भविष्य जोडिएको थियो । उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा लिएकी ती गाउँले युवतीले यिनै भाइको विश्वासमा परेर रकम बुझाएकी थिइन - उनी विश्वस्त थिइन् - उनको भर्ना हुनेछ । परीक्षाको फाराम भरिनेछ, परीक्षा दिन पाउनेछु । परीक्षापछि के के गर्ने उनका आफ्नै योजनाहरू थिए हुनन, तर जब परीक्षाका लागि प्रवेश पत्र बुझ्न उनी गाउँबाट झरिन् । क्याम्पसमा पुगेपछि उनका आँशुहरू झरे । आँशुहरूसँगै उनका सपनाहरू पनि भुँइमा पछारिए, ती कम्तिमा पनि एकवर्षका लागि सम्हालिन नसकिने गरी टुक्रेका सपनाहरू थिए । ती गाउँले बैनीसँग आफ्नो गल्तीका लागि उनले माफि माग्न समेत उचीत ठानेनन् । बरू आफ्ना साइबर जंकीका बथान भेला पारेर सामाजिक संजालमा सुनियोजित षडयन्त्रको पाठको रटान लगाइरहे । अहँ उनले सुध्रने अठोट गरेनन् । फेरि अर्को उहि प्रकृतीको घटना बाहिर आएको छ । घटनामा उहि भाइ जोडिन पुगेका छन् । यो घटनासँगै सामा...
कुनै पनि बुझाई अन्तिम सत्य होइनन् ।