'उ त्यो डोरीमा लहरै झुण्डाएको देखिस्? हो, तीनै हुन् – मादल, मुर्चुङ्गा र डम्फू सारंगी, मुरली र दमाहा सहनार्इ, ट्याम्को र ढोलक तैलें कहाँ सुन्न पाइँस र, बाबै? कति मीठा निस्कन्थे यीबाट, फुक्दा, ठोक्दा र बजाउँदा धूनहरू!' पल्तिर कुनामा धमीराले चिथोरेको दराजका टक्टाउँदै मैलालुगाहरू नातीलार्इ अर्थ्याउँदै छु म – 'धाननाच, रोपाइनाच सेलो र मारूनीनाच हिमाली आँगनीमा नाचिने हाम्रा भोटेनीका शेर्पानाच देउडा र माघीमा नाच्दा उहिले-उहिलेका नतर्कीहरूले पहिरिने भेष हुन – अमूल्य यी! बुझिस् केटा?' 'हेर्दा पनि शीतल हुने, साक्षात देख्दाको आनन्द के थाहा? ह्योल्मो, रूप्से र पाताले छाँगो रारा, बेगनाश र बुलबुल फोक्शुन्डो, फेवा र तिलिचो यिनकै नीला लहरहरूमा पौडेर नथाक्ने यी – अन्नपूर्ण, चोयू, कन्चनजंगा धवलागिरि, माछापुच्छ्रे र सगरमाथा 'नाति केटालार्इ म किन नभनूँ? अनुपम तालका नीला गहिरार्इमा डुबुल्की मार्दा आँखाले, सुन्दर हिमालका उचार्इ जब नाप्न खोज्थे पैतालाहरूले कि, फुल्थे गर्वले कति, हाम्रा नेपाली छाति?' आज धर्म, संस्कृती र पहिचान सबै हराएका बखत हेरिरहेछ मेरो नाति केटा भित्तामा सजाइ...