तस्बीर स्रोतः नागरिक अनलाइन उदयपुरमा तीन महिने बसाई अत्यन्तै सुखद रहेको थियो, मेरो । तीन महिनाको बसाई एउटा जिल्लालाई बुझ्नका लागि त्यति पर्याप्त समय पक्कै पनि हैन । तर किनकिन मलाई आफ्नो दोश्रो गृहजिल्ला जस्तो लाग्दछ उदयपुर । र, खबरहरुमा म उदयपुरलाई त्यति नै नजिकबाट पछ्याईरहेको हुन्छु, जति म मेरो जिल्लालाई नजिकबाट हेरिहेको हुन्छु । एउटै देशको एकै चौकिल्लाभित्र भएपनि मेरो जन्मजिल्ला र उदयपुरमा धेरै नै फरक पाएको छु मैले । सबै कुरा उस्तै आखिर कहाँको नै हुन्छ र ? तथापी हामीसँग केही संस्कारगत समानता भने पक्कै छन् । र, आज एउटा यस्तै संस्कारगत संयोग भेटे खबरमा । नागरिक दैनिकको अनलाइनसंस्करणमा महेश्वर चामलिङ दाईले लेख्नुभएको खबर – प्रेमलाई निषेध गरिएको खबर ! विस्मातजन्य खबर ! समाचारमा लेखिएको छ – उदयपुरको ताम्लिछा गा.वि.स.को विधालयमा कक्षा १० मा अध्ययनरत एक किशोरले आफ्नै सहपाठी किशोरीलाई प्रेमपत्र लेखेका कारण किशोरीका पिताले मरणाशन्न हुनेगरी कुटपिट गरेछन् । गाउँलेहरु हेरेको हेरै । परिवारका मान्छेहरु पनि जिल्लाराम ! धेरैलाई लाग्न सक्दछ यो सामान्य विषय हो । र, कतिलाई यो पनि लाग्न सक्छ कि आफ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।