Skip to main content

हाइजिन पासको जाँच एक अनुभव

४० पृष्ठको यहि किताव अध्ययन गरेको थिएँ मैले हाईजिन
पास परीक्षाको तयारीका लागि
आज दुई चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलाई - तपाइँलाई रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नाई ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठाई या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ? 

हामीलाई खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफाई र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खाइने ठाउँमा हामीलाई उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिकारीप्रति गम्भिरतापूर्वक भूमिका निर्वाह गर्न नै सकिरहेको छ, फगत यदाकदा केहि नाटकहरू चाँहि मञ्चन नहुने हैन - कता गुँदपाक पसलमा अनुगमन भो रे अनि सिलबन्दी भो । फगत नाटकहरूमात्र । न नीति छ, न त्यसको कार्यान्वयन नै । 

तर, यहाँ फिनल्याण्ड आएपछि विशेषगरी काम खोज्ने शिलशिलमा एउटा गज्जपको कुरो थाहा भो । होटल, रेष्टुँरा, वेकरी वा (विशाल बजार) सुपर मार्केटमा काम गर्न चाहने ब्यक्तिसँग निशर्त  एउटा "Hygiene Pass" भन्ने अनिवार्य जस्तै हुँदोरैछ ।  अरू त अरू ती होटल र रेष्टुँरामा भाँडा माझ्ने कामका गर्नका लागि समेत यो अनिवार्य नै रहिछ । जसलाई Evira नामक सरकारी खाद्य सुरक्षा निकायले नियमन गर्ने काम गर्दछ । विशेषतः यसले खाद्य सुरक्षाका बारेमा परिक्षा सञ्चालन गर्ने गर्दछ । र, ईच्छुक जो सुकैले यस परिक्षामा सहभागी हुन पाउँछ । यो परिक्षामा निश्चित रकम तिरेपछि सहभागी हुन सकिन्छ । यसमा खाद्य सुरक्षा र स्वस्थता सम्बन्धी ४० प्रश्नहरू हुन्छन् जसमध्ये कम्तिमा पनि ३४ वटा प्रश्नहरूको सहि जवाफ दिनु पर्छ । अनि मात्र त्यो हाईजिन पास प्राप्त गर्न सकिन्छ । र, गत बुधबार मैले यो परीक्षामा सहभागि हुने मौका पाएको थिएँ । यो मेरो इच्छा भन्दा पनि बाध्यता थियो, के थाहा भोली यही हाईजिन पास नहुँदा भाँडा माझ्न पनि नपाईने हो कि फिनल्याण्डको रेष्टुँरा या होटलमा ? त्यसकारण पनि यो परिक्षामा सहभागी हुनु मेरा लागि अनिवार्य थियो । सामेल पनि भएँ र पास पनि !

अहिले मलाई लागेको छ कि, के हामी पनि यस्तै व्यवस्था  नेपालमा समेत लागू गर्न सक्दैनौ होला ? वा आवश्यक छ होला कि नाई ? हाम्रा रेष्टुँरा, होटल, मिष्ठान्न भण्डार, क्यान्टिन, क्याफेटेरिया, राजमार्ग छेउमा सञ्चालित भोजनालयमा काम गर्ने मान्छेहरूले पनि यस्तै परीक्षामा सहभागी भइ पास भएपछि मात्र काम गर्नुपर्ने स्थिती हुँदो हो भने, स्थानीय निकायले अस्वस्थ, अखाद्य पदार्थ वा मिसावटयुक्त खाना विक्री गर्नेहरूलाई कठोर कानुनी व्यवस्था अन्तरगत कार्वाही गर्न सक्दो हो त... वाह ! हामी पनि यी फिनिसहरू झैं सुरक्षित र स्वस्थकर खाना खान पाउँदा हौं नी हैं ? खैर, अहिलेलाई सपना देख्ने शिलशिला यत्ति नै !

Comments

  1. Kura sahi nai ho, tara pani yaha safaa nai hunchha bhanne chahi chhaina hai.... Maile aafai ni dekheko chhu, ani mero sathiharule ni bhanekaa chhan, bhitra luki luki awastha dardanak ni huna sakchha....

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...