Skip to main content

हाइजिन पासको जाँच एक अनुभव

४० पृष्ठको यहि किताव अध्ययन गरेको थिएँ मैले हाईजिन
पास परीक्षाको तयारीका लागि
आज दुई चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलाई - तपाइँलाई रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नाई ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठाई या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ? 

हामीलाई खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफाई र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खाइने ठाउँमा हामीलाई उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिकारीप्रति गम्भिरतापूर्वक भूमिका निर्वाह गर्न नै सकिरहेको छ, फगत यदाकदा केहि नाटकहरू चाँहि मञ्चन नहुने हैन - कता गुँदपाक पसलमा अनुगमन भो रे अनि सिलबन्दी भो । फगत नाटकहरूमात्र । न नीति छ, न त्यसको कार्यान्वयन नै । 

तर, यहाँ फिनल्याण्ड आएपछि विशेषगरी काम खोज्ने शिलशिलमा एउटा गज्जपको कुरो थाहा भो । होटल, रेष्टुँरा, वेकरी वा (विशाल बजार) सुपर मार्केटमा काम गर्न चाहने ब्यक्तिसँग निशर्त  एउटा "Hygiene Pass" भन्ने अनिवार्य जस्तै हुँदोरैछ ।  अरू त अरू ती होटल र रेष्टुँरामा भाँडा माझ्ने कामका गर्नका लागि समेत यो अनिवार्य नै रहिछ । जसलाई Evira नामक सरकारी खाद्य सुरक्षा निकायले नियमन गर्ने काम गर्दछ । विशेषतः यसले खाद्य सुरक्षाका बारेमा परिक्षा सञ्चालन गर्ने गर्दछ । र, ईच्छुक जो सुकैले यस परिक्षामा सहभागी हुन पाउँछ । यो परिक्षामा निश्चित रकम तिरेपछि सहभागी हुन सकिन्छ । यसमा खाद्य सुरक्षा र स्वस्थता सम्बन्धी ४० प्रश्नहरू हुन्छन् जसमध्ये कम्तिमा पनि ३४ वटा प्रश्नहरूको सहि जवाफ दिनु पर्छ । अनि मात्र त्यो हाईजिन पास प्राप्त गर्न सकिन्छ । र, गत बुधबार मैले यो परीक्षामा सहभागि हुने मौका पाएको थिएँ । यो मेरो इच्छा भन्दा पनि बाध्यता थियो, के थाहा भोली यही हाईजिन पास नहुँदा भाँडा माझ्न पनि नपाईने हो कि फिनल्याण्डको रेष्टुँरा या होटलमा ? त्यसकारण पनि यो परिक्षामा सहभागी हुनु मेरा लागि अनिवार्य थियो । सामेल पनि भएँ र पास पनि !

अहिले मलाई लागेको छ कि, के हामी पनि यस्तै व्यवस्था  नेपालमा समेत लागू गर्न सक्दैनौ होला ? वा आवश्यक छ होला कि नाई ? हाम्रा रेष्टुँरा, होटल, मिष्ठान्न भण्डार, क्यान्टिन, क्याफेटेरिया, राजमार्ग छेउमा सञ्चालित भोजनालयमा काम गर्ने मान्छेहरूले पनि यस्तै परीक्षामा सहभागी भइ पास भएपछि मात्र काम गर्नुपर्ने स्थिती हुँदो हो भने, स्थानीय निकायले अस्वस्थ, अखाद्य पदार्थ वा मिसावटयुक्त खाना विक्री गर्नेहरूलाई कठोर कानुनी व्यवस्था अन्तरगत कार्वाही गर्न सक्दो हो त... वाह ! हामी पनि यी फिनिसहरू झैं सुरक्षित र स्वस्थकर खाना खान पाउँदा हौं नी हैं ? खैर, अहिलेलाई सपना देख्ने शिलशिला यत्ति नै !

Comments

  1. Kura sahi nai ho, tara pani yaha safaa nai hunchha bhanne chahi chhaina hai.... Maile aafai ni dekheko chhu, ani mero sathiharule ni bhanekaa chhan, bhitra luki luki awastha dardanak ni huna sakchha....

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...