Skip to main content

Posts

Showing posts from August, 2021

विधार्थी भिषामा फिनल्याण्ड कसरी आउने ?

उच्चशिक्षा अध्ययनका लागि विदेशिने सोच बनाउनु भएको छ भने, फिनल्याण्ड तपाइँका लागि उपयुक्त गन्तव्य हुन सक्दछ । एक अध्ययनका अनुसार सन् २०१८ को अगस्त सत्रका लागि फिनल्याण्डका विभिन्न अप्लाइड साइन्सेज युनिभर्सिटीजमा भर्नाका लागि आवेदन भर्नेहरूमा EU/EEA बाहेक अरू देशहरूबाट आवेदन गर्नेहरू मध्य सबभन्दा धेरै संख्या नेपालबाट थियो । सन् २०१६ सम्म कुनै पनि देशको विद्यार्थीलाई फिनल्याण्डमा कलेज फि लाग्दैनथ्यो । तर हाल शुल्क तिर्नुपर्ने व्यवस्था छ । शुल्क नै तिर्नु परे पनि तुलनात्मक रूपमा यहाँका केही कलेजहरूले कम शुल्क लिने गरेको पाइन्छ । त्यसका अलावा एक वर्षको लागि तोकिएको क्रेडिट पूरा गरेको खण्डमा निश्चित प्रतिशत शुल्क मिनाहा हुने व्यवस्था पनि छ । अतः कलेज शुल्क अलिकति महँगो हुँदैमा आत्ति हाल्नुपर्ने स्थिति नहोला ।   विद्यार्थी भिसा प्रक्रिया विद्यार्थी भिसाको लागि सबभन्दा पहिला यहाँको कुनै पनि कलेजमा भर्ना हुनुपर्ने हुन्छ । कलेज भर्ना वर्षमा २ पटक हुने गर्दछ । पहिलो अगस्त सत्रका लागि डिसेम्बर – जनवरीमा (१ महिनाभन्दा बढी नै) र दोस्रो जनवरीदेखि शुरू हुने सत्रका लागि सेप्टेम्बरको पहिलो पा...

फिनल्याण्डका बारे केहि रमाइला कुराहरू

फिनिशहरू लज्जालु हुन्छन् ।  फिनल्याण्डका प्रायः आप्रवासीहरूले फिनिश नागरिकहरूकाबारे बनाएको करिब साझा धारणा हो यो । हुन पनि हत्त न पत्त फिनिशहरू कोहि अपरिचितसँग संवादको आरम्भ गरिहाल्दैनन् । तर रक्सीको नशामा भएका बेला फिनिशहरू जस्तो सामाजिक प्राणी अर्को सायदै कोही हुन्छ । अति नै कुरा गर्नुपर्छ यिनीहरूलाई - मातेको बेला ।  तर यसको अलावा फिनल्याण्ड र फिनिश नागरिकहरूबारे जान्नुपर्ने थुप्रै विषयहरू छन् । जस्तै -- समयको परिपालना   समयको परिपालना गर्ने सवाल प्रायः विकसित मुलुकहरूमा सामान्य विषय नै हो । तर फिनल्याण्डका हकमा यो अति नै सामान्य विषय हो । कुनै पनि साथीलाई भेट्न तय गरिएको समय होस् या कुनै सेवाप्रदायक कम्पनीले फोन गर्छु भनेर अग्रिम रूपमा जानकारी गराएको समय होस् । त्यो प्रायः गरी ठ्याक्कै समयमैं हुने गर्दछ । कसैलाई पनि कुनै समय दिएपछि वा कसैबाट भेटघाट गर्ने एउटा निश्चित समय लिएपछि समयभन्दा २, ४ मिनेट अगावै पुग्नु राम्रै मानिन्छ । तर दिए या लिएको समयभन्दा ढिला हुनु उक्त ब्यक्तिको अनादर गर्नु सरोबर नै मानिन्छ । तसर्थः समयको परिपालना गर्न सिक्नु फिनिश समाजमा घुलमिल हुनका लाग...

फिनल्याण्ड झर्दा बित्तिकै के गर्ने होला ?

विधार्थी प्रवेशाज्ञा (स्टुडेन्ड भिजा) मा फिनल्याण्ड आउँदै गरेकाहरूका लागि केहि उपयोगी जानकारीहरू बुँदागत रूपमा तल प्रस्तुत गरेको छु । 👶  के मैले नगदमा युरो लिएर आउनु उचित होला ? 👦फिनल्याण्डको चलनचल्तिको मुद्रा युरो भएकाले केहि सय युरो नगदमा लिएर आउनु उपयुक्त हुन्छ । यसो गर्दा बैंक ड्राफ्ट नसाटिन्जेलसम्मको लागि दैनिक रूपमा उपभोगका सामाग्रीहरू किनमेल गर्न सजिलो हुन्छ ।  👶 मोबाइल सिमको लागि के गर्नुपर्ला ? 👦 युरोपभर नै मोबाइल फोनको सीम पाउनु एकदमै सहज छ । विना कुने झन्झट चकलेट या हल्का पेय पदार्थ किने झैं बस्तुको रूपमा यहाँ मोबाइलको सीमकार्ड प्राप्त गर्न सकिन्छ । फिनल्याण्डको हकमा विमानस्थलमा झरेपछि विमानस्थलभित्रै R- Kioski नामको पसलमा सजिलै प्रिपेडसीम प्राप्त गर्न सकिन्छ । यस्तो सीम प्रायः दुइ खालको हुने गर्छन । एउटा नेटमात्र चलाउन मिल्ने सीम, अर्को फोन पनि गर्न मिल्ने फोन । अतः फोन पनि गर्न मिल्ने सीम लिनु ठीक होला । जसको मूल्य पाँचसात युरोभन्दा बढी पर्दैन । पोस्टपेड सीमको लागि फिनल्याण्डमा कम्तिमा २ बर्षदेखि बसेको हुनुपर्छ । अतः आफ्ना चिनजानका तपाइँलाई विश्वास गर्ने (तपैं...