आफ्नो पारामा जिऊन नपाईने, मनखुश गर्न नपाईने व्यक्तिभन्दाबढि व्यक्तित्वको भ्रमले छोपिएपछि साँच्चिकै मान्छे हुनै नमिल्ने हाय ! कथित ज़िन्दगी ! हाय !थकित जिन्दगी ! मुस्कुराउँदा - दम्भ घोप्ट्याएको आरोप लाग्ने डर ! दु:खी हुँदा - पराजित भएकोमा खिसीटिउरी होईने पीर ! बोल्दा - बुझक्कड भएको आक्षेप खाईने नबोल्दा - आडम्बरीको पगरी पाईने हाय ! कथित ज़िन्दगी ! हाय ! थकित जिन्दगी !
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।