माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्ने...
कुनै पनि बुझाई अन्तिम सत्य होइनन् ।