Skip to main content

सुन्दरताको परिचायक - गुर्जा

A village of remote Nepal “टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पुर्याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् ।

छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत: आलु खेती हुने यस गाविसका मानिसहरु प्राय: जसो खाद्य सामाग्रीहरु दरबाङ् बजारबाट आयात गर्ने गर्छन् । साथै यस गाविसका बासिन्दाहरु यहाँ प्रचुर मात्रामा उत्पादन हुने आलु तथा विभिन्न जटिबुटीहरु संकलन गरी जिल्लाभित्र वा बाहिर निर्यात गर्ने गर्दछन् । 

यस गाविसमा लोपोन्मुख थार, मृग, घोरल, झारल, नाउर, कस्तुरी, बाघ तथा भालु जस्ता जंगली जनावरहरु पाईन्छन् । गुर्जा हिमालको काखमा अवस्थित यस गाउँलाई “स्वर्गको टुक्रा” उपमा दिनु अतियुक्ति नहोला । किनकी, गुर्जा हिमालको हिमश्रृङ्खलाले यस गाउँलाई मनमोहक ढंगले सुशोभित गरेको छ । मृग, थार, झारल र नाउर जस्ता सुन्दर र चञ्चल वन्यजन्तु चर्ने पाखाहरूले यहाँ पुग्ने जोसुकैको पनि मन छुने सुन्दरता प्रस्तुत गरेका छन् । गाउँको पुछार भएर बग्ने म्याग्दी खोलाको मुख्य सहायक नदी गुर्जा खोलाले यस गाविसको सुन्दरतामा थप मादकता थपिदिएको छ । प्राकृतिक सुन्दरताको जति बख्यान गरेपनि नपुग्ने यस गाविसको विशेषता भन्नु नै यसको प्राकृतिक सुन्दरता र यस गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका छन्त्याल जातिको आफ्नै छुट्टै प्रकृतिको मौलिक संस्कृति नै हुन् । प्राकृतिक सम्पदाको धनि यस गाविसमा गैर काष्ठ वन पैदावरमा आधारीत लघु तथा मझौला उद्योगहरुको प्रशस्त सम्भाव्यता रहेको छ । 

यहाँ प्रशस्त मात्रामा पाइने गैर काष्ठ वन पैदावर सम्बन्धी यहाँका वासिन्दाहरुको पर्याप्त जानकारी तथा अनुभवका कमीका कारण वर्षेनी ठूलो मात्रामा अल्लो, लोक्ता, चुल्ठे अमिलो, सतुवा आदि जस्ता राम्रा मूल्य पाइने गैकावपैहरू खेर गैरहेको छ । स्याऊ खेतीको राम्रो सम्भावना भएको यस गाउँमा सम्बन्धित निकायको ध्यान नजानाले यहाँका कृषकहरुले स्याऊ खेतीबाट प्राप्त गर्न सक्ने फाइदा लिनबाट बञ्चित हुनु दुर्भाग्यपूर्ण नै छ । राम्रो बजार मुल्य भए पनि यहाँ संकलन गरिने च्याऊको सम्भावित बजारको खोजी तथा व्यावसायिकरण हुन नसक्नाले यहाँका मानिसहरुले आफ्नो जीविकोपार्जनमा सुधार ल्याई आयआर्जनका क्रियाकलापमा आफ्नो पहुँच बढाउन सकिरहेका छैनन् । सम्भवत: गैर काष्ठ वन पैदावरको अत्याधिक सम्भाव्यता भएको म्याग्दी जिल्लाकै यो एक मात्र गाविस हुनु पर्दछ । अबैध रुपमा चोरी निकासी हुँदै आएको क्वार्ज ढुंगा (एक प्रकारको चम्किलो/उज्यालो ढुंगा) खानी हालसालै स्थानीय बासिन्दाले गुर्जा हिमालमा भेट्टाउनुले पनि यो गाविस खनिज पदार्थमा समेत सम्पन्न हुन सक्ने कुराको संकेत गर्दछ । 

यहाँको खनिज पदार्थ सम्बन्धि सम्भाव्यता अध्ययन तथा तत्सम्बन्धी आवश्यक पहल गर्न केन्द्रिय स्तरबाटै पहल गर्न सकिएमा यसले राष्ट्रकै आयमा महत्वपूर्ण टेवा दिन सक्दछ । प्राकृतिक, साँस्कृतिक तथा सामाजिक सम्पूर्ण पक्षमा धनी यस गाविसलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकेमा यस गाविस तथा छिमेकी गाविसका बासिन्दाहरुले आर्थिक क्रियाकलापमा आफूलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न गराई अत्याधिक फाइदा लिन सक्ने सम्भावना पनि देखिन्छ । समग्रमा भन्नुपर्दा, भौगोलिक विकटताले यस गाविसलाई जति दुर्गम बनाएको छ । यहाँको प्राकृतिक स्वरुपले यसको सौन्दर्यतालाई उत्तिकै मनमोहक बनाएको छ । यहाँको दैनिक जनजीवन कष्टकर त छँदैछ, तथापी यसको आफ्नै वैशिष्ट्यता पनि रहेको छ । हाम्रा विचारमा विकेन्द्रिकरणको गुञ्जायस नहुनाले यसको भौगोलिक विकटतालाई “छुट्टै संसार” को उपमा दिन्छौं तर यसको प्राकृतिक सौन्दर्यता र वैशिष्ट्यतालाई बुझ्नु र बुझाउन सकेमा मात्रै यसको खास रुपलाई हामीले बुझेको कुरा प्रष्ट हुन्छ ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...