Skip to main content

Posts

Showing posts from April, 2021

भ्यूटावर, लामा झोलुंगे पुल र बालबाग

बेनी कालीपुलस्थित भ्युटावर तस्वीर: प्रकाश शर्मा विकासका योजनाहरू कसरी बनाइन्छन् ? यीनका छनौटहरू कसरी गरिन्छन् होला ? ती विकासका योजनाहरूको अपरिहार्यताको पुष्टी कसरी गरिन्छ होला ? भन्ने प्रश्नहरूले मलाई सधैं नै घच्घचाइरहन्थे । तर पछिल्ला २/४ वर्षदेखि नेपालका सन्दर्भमा हुने विकासका योजनाहरूका बारे सुन्दै, देख्दै र भोग्दै आएपछि मलाई लाग्न थाल्यो - यो त नेताको सनकको विषयमात्र रहेछ । जस्तो - कोही उड्डयन मन्त्रीले ठूलो फराकिलो चौर देख्यो - उसको दिमागमा विमानस्थलबाहेक त्यो चौरमा बन्न लायक अर्को कुनै योजना हुँदैन् । कुनै सांसदले एउटा खोला देख्यो - उसको मगजले त्यहाँ बढीमा देख्ने ठूलो सपनाभनेको मोटर गुड्ने पुल नभए एउटा झोलुंगे पुल । र, कुनै मेयरले बालुवाका वगरमा क्रसर उद्योगबाट पैसा उठाउने बाहेक अर्को कुरामा ध्यान दिन सक्दैन । नेताको सनकका अगाडि योजनाको आवश्यकता, औचित्य र महत्वका बहस निरर्थक रहने हाम्रो देशको बिडम्बनापूर्ण व्यवस्था बन्न गएको छ । यो सनकले भरिपूर्ण बिडम्बनाको गाडी काठमान्डुको सिंहदरबारबाट पूर्व-पश्चिम राजमार्ग भएर त्यसका सहायक मार्गहरूलाई पछ्याउँदै गाउँ गाउँका सिंहदरबारसम्म पुग्दो...