Skip to main content

Posts

Showing posts from 2024

कथित जिन्दगी थकित भएको छ

आफ्नो पारामा जिऊन नपाईने, मनखुश गर्न नपाईने व्यक्तिभन्दाबढि व्यक्तित्वको भ्रमले छोपिएपछि साँच्चिकै मान्छे हुनै नमिल्ने हाय ! कथित ज़िन्दगी ! हाय !थकित जिन्दगी ! मुस्कुराउँदा - दम्भ घोप्ट्याएको आरोप लाग्ने डर ! दु:खी हुँदा - पराजित भएकोमा खिसीटिउरी होईने पीर ! बोल्दा - बुझक्कड भएको  आक्षेप खाईने नबोल्दा - आडम्बरीको पगरी पाईने हाय ! कथित ज़िन्दगी ! हाय ! थकित जिन्दगी !

फिनल्याण्डमा काम कसरी खोज्ने ?

फिनल्यान्डमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जीवन निर्वाह गर्न जागिर खोज्नु चुनौतीपूर्ण काम हुन सक्छ। यस लेखमा, फिनल्यान्डमा जागिर खोज्ने प्रभावकारी तरिकाहरू र उपलब्ध स्रोतहरूको जानकारी प्रदान गर्ने हिसाबले संक्षेपमा तलको जानकारी प्रस्तुत गरेको छु । १. काम खोज्नुअघि विचार गर्नु पर्ने कुराहरू फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा काम गर्न अगाडि केही महत्त्वपूर्ण बुँदामा ध्यान दिनु पर्छः काम गर्न पाउने अनुमति : तपाईंको भिसाले कति समय काम गर्न अनुमति दिन्छ भनी सुनिश्चित गर्नुहोस्। सामान्यतयाः अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ३० घण्टासम्म काम गर्न पाउँछन्। तर छुट्टीको समयमा पूर्णकालिन कामदार सरह काम गर्न छुट छ ।  भाषा ज्ञान : अंग्रेजी मात्र बोलेर पनि केहि कामहरू त पाइन्छ, तर फिनल्याण्डमा ज्यादातर फिनिश भाषा जान्नेहरूलाई प्राथमिकता दिने गरेको यहाँ आएर काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव रहेको छ । जागिरको प्रकार : जागिरको छनोट गर्दा सकभर आफ्नो अध्ययनलाई असर नगर्ने खालका अंशकालीन (part-time) कामहरू चयन गर्न ध्यान दिनुस् । पहिले पहिले ...