आफ्नो पारामा जिऊन नपाईने,
मनखुश गर्न नपाईने
व्यक्तिभन्दाबढि व्यक्तित्वको भ्रमले छोपिएपछि
साँच्चिकै मान्छे हुनै नमिल्ने
हाय ! कथित ज़िन्दगी !
हाय !थकित जिन्दगी !
मुस्कुराउँदा - दम्भ घोप्ट्याएको आरोप लाग्ने डर !
दु:खी हुँदा - पराजित भएकोमा खिसीटिउरी होईने पीर !
बोल्दा - बुझक्कड भएको आक्षेप खाईने
नबोल्दा - आडम्बरीको पगरी पाईने
हाय ! कथित ज़िन्दगी !
हाय ! थकित जिन्दगी !
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।