Posts

Showing posts from 2014

क्रान्तिकारीहरू र बिजगणितको एउटा सुत्र

हामी आठमा पढ्थ्यौ । तिहारपछि भर्खर स्कुल खुलेको थियो । स्कुल खुलेको त्यस्तै तीन चार दिनभएको हुनुपर्छ । चाडपर्वपछि फेरि क्रान्तिकारीहरूको कृयाकलाप उग्र बन्दै थियो । यस्तैमा हँसिया हथौंडा अंकित झण्डा बोकेर आफूलार्इ क्रान्तिकारी भनेर बताउने हामीभन्दा दुर्इ तिन वर्ष जेठा उमेरका किशोरहरू हाम्रो कक्षामा पसे । त्यो पार्वती मिसको क्लास थियो । एकबजेपछिको त्यो घण्टीमा गणित मिसले हामीलार्इ बीजगणितकको " सरल गर्ने "  हिसाब सिकाउँदै हुनुहुन्थ्यो । र, कालोपाटीमा ए स्क्वाएर प्लस बी स्क्वायरको सुत्र लेखिएको थियो । मिससँग अनुमति लिएर उनीहरूले त्यो पिरियडभरि क्रान्तिकारी भाषण गरे । र, हामीले पढ्दै गरेको शिक्षा बुर्जुवा शिक्षा भएको र यसले कसैलार्इ पनि सफल बनाउन नसक्ने जिकिर गर्दै ती मध्येको एउटाले आफ्नो तर्क पेश गरे - " ए स्क्वायर प्लस बी स्क्वायरको सुत्रले " होलो (हलो) बनाउन सिकाउँछ ? डोको बुन्न सिकाउँछ ? कि खेत खन्दा काम लाग्छ ? केहि गर्न पनि सिकाउँदैन । हामी किसानका छोराछोरीले यो अंकगणित र विजगणित पढेर केहि काम छ ? साइन्स पढेर हामीले डाक्टर बन्न सक्दछौ ? साइन्स भनेका धनीमानीका

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई  पनि प्रश

ती दशैंहरू

Image
नातिनीलार्इ टिका लगार्इदिदै मेरी आमा म महशुस गर्दथेँ कि प्रत्येक वर्ष दशैं आउँदै गर्दा यसलार्इ कसरी मनाउने होला भन्ने पीरले आमालार्इ अलि बढी नै पिरल्थ्यो । दशैं खर्चको बन्दोबस्त बुबाले गर्नुहुन्थ्यो तर कुटुम्बहरूलार्इ दिइने दक्षिणाको ब्यवस्थापन आमाले गर्नु पर्थ्यो । बुबा केहि निश्चित रकमको चाँजो मिलाउनुहुन्थ्यो, अनि त्यो एकदम निश्चित रकमबाट बुबाको ' गन्यमान्य ब्यक्तित्व ' को ' प्रतिष्ठा ' लार्इ ख्याल गर्दै साइनो अनुसारको दक्षिणा मिलाउने बडो महत्वपूर्ण कमाण्ड आमाले सम्हाल्नु पर्थ्यो । दक्षिणामा पैसा खर्च गर्नुभन्दा बरू मासु किन्ने र टिका थाप्न आउने प्रत्येक कुटुम्बलार्इ टन्न मासुभात ख्वाएर पठाउनु पर्छ भन्नेमा बुबाको जोड हुन्थ्यो । आमा चाँहि त्यसमा थप कुटुम्बहरूले ' छि यति पनि के दक्षिणा दे ' को होला ' नभनुन् भन्नेमा बढि गम्भीर भएर लागे जस्तो मलार्इ लाग्थ्यो । उहाँको एउटै जोड – बुबाको इज्जतका खातिर दक्षिणाचाँहि आकर्षक नै हुनुपर्छ । घटस्थापना आउँथ्यो, दुर्गा पूजा आउथ्यो अनि आउँथ्यो – दशैंको टिका थाप्ने दिन । कान्छो बुढोबाको हातको टिका थापेपछि बुबाले आम

संविधानकाे जस्केलोबाट उदाएको एउटा सभासद

Image
केहि महिनादेखि लेखनकार्यमा उती रुची लाग्ने गरेको छैन मलाई । लेख्दा धेरैले चित्त दुखाउने र नलेख्दा आफ्नै चित्त दुख्ने कठोर परिस्थितीबाट गुज्रिदै आएपछि मैले लेख्ने निर्णय गरेँ । मलाई लाग्यो – लेख्ने अरुका लागि हैन आफ्नै लागि हो । लेखनलाई मनको भडाँस पोख्नेभन्दा पनि विषयवस्तुप्रति आफ्नो समालोचनात्मक दृष्ट्रिकोणमा तिख्खरता ल्याउने औजारको रुपमा प्रयोग गर्न सकिने निष्कर्षमा पुगेपछि मैले केहि हप्ताको लेखनकार्यको विश्रामलाई अन्त्य गर्ने निक्र्यौल गरेको हुँ । दुई हप्ताजस्तो भो’ म्याग्दी जिल्लाले आफ्नो खातामा अर्को एउटा सभासद थप्न सफल भएको छ । संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट अकल्पनिय (अकल्पनिय यस अर्थमा कि निर्वाचनपूर्व चुनाव जित्ने प्रचारबाजीमा सडकसम्मै ओर्लेका थिए) हार बेहोरेको म्याग्दी कांग्रेस लामो समयदेखि समानुपातिक सूचीबाट सभासदहुनेहरुको लाममा आफ्नो जिल्लाबाट पनि अनिवार्य प्रतिनिधित्व गराउन पर्ने मागमा दृढ भएर युद्धको जेहाद छेडेथ्यो – सानेपा दरबारविरुद्ध । सम्भवतः नेपाली राजनैतिक इतिहासमै पहिलो पटक हुनुपर्छ आफ्नो पार्टीको केन्द्रसँग जिल्लामा उपलब्ध सबै गुटका नेताहरु एक ढिक्का भए

के चरीलाई बाँच्न पाउने अधिकार थिएन् ?

“We're all human, aren't we? Every human life is worth the same, and worth saving.”  ―  J.K. Rowling चर्चित लेखिका जेके रोवलिङको भनाई हो यो । उसो त मलाई सोधिने - बलत्कारीलाई के सजाय दिनुपर्छ ? र , तिम्रो आफन्त (कुनै पारिवारीक स्त्री सदस्य) लाई बलात्कार गर्नेलाई कस्तो सजाय होस् भन्ने चाहन्छौ‌ ? भन्नेमा मेरो फरक उत्तर हुन सक्ला ! अझ , तिमी नै बलात्कारी प्रमाणित भयौ भने तिमीलाई के सजाय हुनुपर्ला ? भन्ने प्रश्नमा त झन मेरो जवाफ अझ भिन्दै होला । सायद , यहाँहरूबाट पनि यी तिन भिन्न फरक अवस्थाहरूमा गरिने प्रश्नहरूको उत्तरहरू फरक नै मिल्ने छ भन्नेमा मेरो    निसंकोच दावी रहनेछ ! मेरो एक मित्रले हालैको एक दिन बताएका थिए - कि एक सामाजिक सर्वेक्षणमा अपराधीलाई दिईने सजायका बारेमा सर्वसाधारणहरूलाई राखिएका जिज्ञासाहरूमा अधिकतम जवाफहरू अत्यन्तै क्रुरर र अमानवीय थिए । उनले मलाई थप बताएका थिए -  त्यस सर्वेक्षणलाई मान्ने हो भने अब मानवीय मूल्य ( Human Life Value) मा चिन्ताजनक ह्रास आएको छ । त्यस्तै , दुई दिन अगाडि प्रहरी इन्काउन्टरमा मारिएका भनिएका धादिङका ३० वर्षे युवा दिनेश अधिक

मोदीको भाषणमा हाम्रा नेताको ताली

अबकी बार मोदी सरकार ! यो त्यहि नारा थियो जसले केहि महिना अगाडि विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक देश भनिने भारतलार्इ जुरूक्कै उचाल्न सक्यो । राजनीतिलार्इ फोहोरी खेलको संज्ञा दिने करौडौं भारतीय युवाहरु समेत आफ्ना सम्भावित प्रधानमन्त्रीको पक्षमा खुलेर अगाडि आए । ती युवाहरूको समर्थन त्यसै सजिलै पनि आएको थिएन् त्यसमा कहि न कतै समृद्द र विकसित भारतको सपना गाँसिएर आएको थियो । र, भारतीय युवाहरूलार्इ के विश्वास लाग्यो भने पछिल्लो दशकदेखि २९ वटा प्रान्तहरू मध्ये अत्यन्तै तिब्रतर विकासको गति समातेको गुजरात प्रान्तको नेतृत्वको मुख्य कमाण्ड सम्हाल्दै आएका नरेन्द्र दामोदरदास मोदीको प्रेरणामा आधुनिक भारतको खास प्रगती सम्भव छ । फलतः नमोक्रेज यसरी ह्वात्तै बढ्न पुग्यो कि जसको लोकप्रियताको तेजले एकदशकभन्दा बढि केन्द्रिय राज्यसत्ता सञ्चालन गरिररहेको कांग्रेस आर्इ संविधानतः संसदमा प्रमुख प्रतिपक्षीको हैसियत प्राप्त गर्न पनि असमर्थ रह्यो । संक्षेपमा भन्दा मोदीको उदयले पारम्परिक शक्तिको पत्तासाफ हुन पुग्यो । र, तिनै चमत्कारिक नरेन्द्र दामोदरदास मोदी उनकै अनुसार, दोश्रो पटक एक सुन्दर हिमाली राज्यको भ्रम

बि.सं. २१०० (१९ औं भाग)

..... टेबलमा सलादले भरिएको एउटा रिकापी ल्याइपुर्‍यायो – वेटरले । गाँजरको टुक्रा निकालेर निकै कामुक तरिकाले जेट्लिनाले गाँजरको टुकाबाट सलाद खाने कामको उद्घाटन गरी र गम खाएर भनी – कसरी म्यानेज भा’थे त्यति धेरै पोलिटिकल पार्टीहरु ? मसँग उसको यो बौद्धिक प्रश्नको जवाफ थिएन । त्यसकारण, जवाफ दिनुभन्दा पहिले मैले सलादले भरिएको रिकापीबाट मुलाको एउटा टुक्रा उठाएँ र मुखमा हालेँ । अनि यस्तो जवाफ दिएँ – “पार्टीहरु म्यानेज कसरी हुन्थे भन्दा पनि त्यतिखेरको सिनारियोको बारेमा बताउनु उपयुक्त हुन्छ भन्ने लाग्छ । सुन् जेटू त्यतिबेलाको त्यो समय अहिले तिमीहरुले सोचेको वा भोगेको भन्दा निकै कठिन समय थियो । इतिहासमै पहिलो पटक संविधानसभा मार्फत संविधान लेखनका लागि निर्वाचन गराइएको थियो । जे जे काम जुन समयसीमाभित्र गर्नु पर्ने थियो ती त्यसरी सम्पन्न गर्न सकिएका थिएनन् । तत्कालिन पोलिटिकल लिडरहरुको भिजन र राष्ट्रिय मिसनमा विरोधाभाष थियो । त्यसकारण, न त्यतिखेर पोलिटिकल लिडर्स नै आफ्नो पर्सनालिटि म्यानेज गर्न सकिरहेका थिए न त ती ५० भन्दा बढि पोलिटिकल पार्टीहरु नै म्यानेज थिए !” गाँजरको एउटा टुक्रा हातमा लिएपछि

मेरा शब्दहरू

ए, साँवा अक्षर चिनेर बुद्दिजीवीको पगरी गुथ्नेहरू हो - सुन, बुझार्इको गहिरार्इ शब्दको स्वरूपमा पाइँदैन त्यसको एकदम आवरणीय  संरचनामा भेट्टिदैन । तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ ! तिमी अक्षरमा अक्षर मात्र देख्छौं शब्दमा खाली शब्द मात्र भेट्छौं के अक्षर फगत अक्षर मात्र हो ? के शब्दमा कुनै गाम्भीर्यता हुँदैन ?  तिमी किन इन्कार गर्दछौं ? कि, एक अक्षरमा सिंगो ब्रम्हाण्ड वशीभूत छ !  तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ ! तिमी एक दीर्घरोगी नै हौ जसलार्इ छ - ज्ञानको कुपोषण  - बुझार्इको पोलियो - समीक्षाको रतन्धो र, छ - शब्दको फोविया  ए, शब्दहरूबाट डराउने डरपोकहरू हो  तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ

बोक्रे विद्वानहरू र एक विवादास्पद लोक गायक

केहि दिनदेखि यता सामाजिक सञ्जालमा ' विद्वान ' नेपालीहरूको तारो भएको एउटा नाम हो – पशुपति शर्मा । पछिल्लो दशक नेपाली लोकसंगीतमा चर्चीत गायकका रूपमा परिचित शर्मा विशेषतः रोर्इला गीतका लागि परिचित छन् । उनका गीत मैले धेरै त सुनेको थिइँन, तर म्याग्दी महोत्सबका केहि संस्करणहरूमा उनको प्रस्तुतीले नेपाली लोकसंगीत प्रतिको मेरो चाह थोरै भएपनि बढाएकै हो । नत्र त किशोरवास्था ताकाको नेपाली पप एवं हिपहप संगीतको पारखी म, लोकगीत सुन्नेहरूलार्इ ' पाखे ' ठान्दथेँ । नेपाली हुनुको नाताले लोकगीतका बारेमा ज्ञान हुनैपर्छ वा पर्दैन भन्ने मान्यतामा म उती गम्भीर छैन । तर नेपाली भएरै पनि नेपाली लोक संस्कृतीलार्इ हेयका भावले हेर्ने मेरो किशोरावस्थाको त्यो सोच घटिया र निम्नस्तरको थियो भन्नेमा म ढुक्क छु । यति हुँदाहुँदै पनि बिस्तारै नेपाली लोक संगीत सुन्दै जाँदा यो अझ अरू कर्णप्रिय लाग्दै आएको छ । तर पछिल्ला बर्षहरूमा नेपाली लोकसंगीतका नाममा तयार पारिएका सस्ता र कोठे भाकाहरूले नेपाली लोकगीतको मर्मलार्इ प्रहार गरेको कुरामा सायदै कोही असहमत होला । उसो त पशुपति शर्माका गीतहरू त्यति धेरै मेहनत साथ त

समय (लघुकथा)

Image
- मुक्ति पौडेल दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के गर्नु  !  परिवार पाल्नै प र्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो । एक दिन एउटा लाहुरे आयो । कालो चस्मा ,  टि सर्ट र जिन्सपाईन्ट लगाएको ,  गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले  मान्छेकोभन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने

आधा जूनको उज्यालो र मेरा बाका कामरेडहरू

Image
केहि दिन अगाडि मात्र एउटा उपन्यास पढेर भ्याएँ । आधा जून ! कम्युनिष्ट राजनीतिमा आफ्नो उर्वर वैंश खेर (?) फालेका र अहिले राजनैतिक विश्लेषणमा नियमित संलग्नता राख्ने झलक सुवेदीले लेखेको आधा जूनले नेपाली राजनीतिमा संघर्षशील इतिहास बोकेको एउटा राजनैतिक दलको क्रान्तिकारीतालाई छर्लङ्ग्याउने प्रयास गरेको छ । अनि उपन्यासले उस्तै कुशल पारामा स्पष्ट बताएको पनि छ कि एउटा कम्युनिष्ट दल कसरी नवसामन्तहरूको पहुँचमा पुग्यो, र किन आज मान्छेहरू त्यसलाई कम्युनिष्टको पुच्छ्रे झुण्डाएको नवउदारवादीहरूको जमात भएको पार्टी मान्न विवश छन् । प्रथम पुरूष पात्र सञ्जय नै उपन्यासको मुख्य पात्र छ । घरको आर्थिक दुरावस्थाका बावजुद पनि ऊ परिवर्तनको सपना साँचेर क्रान्तिको बाटोमा होम्मिएको छ । न्यायपूर्ण एवं समतामुलक राज्यव्यवस्था निमार्णको लक्ष्य बोकेर रक्त क्रान्तिको झण्डा लिएर हिडेको सञ्जय नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भएका हजारौ इमान्दार कम्युनिष्ट कार्यकर्ताहरूको प्रतिनिधी पात्र हो । निर्दलीय पञ्चायती ब्यवस्थाका बखत कम्युनिष्ट पार्टीको एक इमान्दार योद्दाका रूपमा ऊ परिवर्तनको सपना मनमा साँचेर निरन्तर क्रान्तिक

हामी, दिलशोभा र हाम्रा अखबारहरू

Image
तस्वीर श्रोतः  द मेटा पिक्चर यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभाका बारेमा बताए । यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभा चिनाए । उनको त्याग, समर्पण, अनि समाजसेवाप्रतिको लगावका बारेमा जानकारी गराए । म उसैउसै प्रफुल्ल हुँदै आएँ – सोचेर कि अत्यन्तै व्यक्तिवादी भएको मेरो नेपाली समाजमा उनीजस्ता महान नारीहरु पनि छन् जसले सडकमा फ्याँकिएका वृद्धा आमाहरुलाई आफ्नो नीजि घरमा आफ्नै सिमित आयश्रोतका भरमा बसोबासको ब्यवस्था मिलाईन । र, उनै दिलशोभा हुन जसले सडकमा पुगेका बालबालिकाहरुलाई न्यानो काख दिईन । विभिन्न आर्थिक सीमाहरुका बाबजुद पनि बालबालिका र वृद्धाहरुलाई दुई छाक खान, एकसरो लगाउन र ओत लाग्ने घर दिईन । अनि अमूल्य आफ्नो माया दिएर राखिन । राखेकीछिन् ! यी सबैसबै खबरहरु, जानकारीहरु मैले अखबारहरुमा पढेर नै थाहा पाएको हो । तर उनी एक महान ब्यक्तित्व हुन भन्ने धारणा चाँहि फगत अखबारहरु पढेर बनाएको हैन मैले । मैले उनका अन्तरवार्ताहरु पढ्दा र हेर्दा उनको मनोविज्ञानलाई पनि सँगसँगै बुझ्ने यत्न गर्दै आएको छु । र मेरा बुझाईहरु भन्दछन् – दिलशोभा सपाट छिन् । सफा छिन् । महान हृदयकी खानी हुन् उनी ! मान्छेहरु

म र मेराे झाेले अभियान :)

Image
पौने चार बर्ष पहिले मध्य साउन मासको एक दिन म चौराखेतको ओरालो झर्दै थिएँ, चौरको फाँटमा अन्तिम हल रोपाइँको काम चल्दै थियो । मेरा आँखा शिबालय मन्दिर नेर ओरालोबाट माथितिर आउँदै गरेको एक जना भाईमा गएर ठोक्किए । त्यो भाई जसलाई म सानैदेखि कलमकापी दिने गर्थेँ । उसले प्रवेशिका उत्तीर्ण गरेको एक महिना हुँदै थियो । ऊ नेर पुगेपछि मैले मेरो मोटरसाइकलको ब्रेक लगाएँ । डोको छड्के पारेर बोकेको थियो उसले । झण्डै विशिष्ट श्रेणीको अंक ल्याएर प्रवेशिका पास गरेको उसलाई मैले बधाई दिएँ । उसले मुस्कुराएर धन्यवाद भन्यो । उसका केही साथीहरु उच्च शिक्षा अध्ययनका लागि बजारतिर भर्ना फाराम लिन गएको देखेको मैले उसलाई भने त्यहाँ देखेपछि आश्चर्यतापूर्वक सोधेको थिएँ – भाई अब एघार चाँहि कहाँ पढ्ने बिचार गरेका छौं ? ऊ निशब्दः रह्यो ! मैले धेरै बल गरेपछि उसले भन्यो – “दाई, अब पढाई अगाडि बढ्दैन जस्तो छ । आमाले अब यहाँसम्म पढाईदिए त्यहाँभन्दा उता त गार्हो हुन्छ मलाई भन्नुहुन्छ ।” निशब्दः हुने पालो अब मेरो थियो । म चुपो लागेँ । र, मोटरसाइकल अगाडि बढाउँदै गर्दा मैले अलिपर पुगेको उसलाई हेरेर बोलेँ – “बिदुर, पाठ्यपुस्तक किन्न

You and Snow

In Norwegian Du og snøen   Du og  snøen  Begge er hvite  Yup, hvit --   I betydningen av   Ingen dårlig er med deg!   Snow - at jeg liker det mye,  Du - som våger ikke å like deg?  Så jeg  Du og snøen  Jeg er fortsatt forvirret!  In English Version)   You and the Snow  You and the snow  Both of you are white Yup, white - In the sense of No bad is with you! Snow - that I like it much, You - who dare not to like you? So do I You and the snow I'm still confused!