Skip to main content

एउटा त्यस्तो मित्र, जो बसिरहेछ दीलभित्र

२०१२ को सेप्टेम्बरको दोश्रो सप्ताह हुनुपर्छ त्यो - म हेलसिन्कीबाट ४० कि.मी उत्तर पश्चिम अवस्थित यारभेनपा बस्थेँ । नेपालबाट अध्ययनका लागि फिनल्यान्ड आएको त्यस्तै दुई हप्ता चल्दै थियो । मेरो बसोबासको ब्यवस्था सबैजना नेपालीहरूसँगै एउटै अपार्टमेन्टमा थियो । अपार्टमेन्टका तीन कोठामा दुईदु जनाका दरले बस्ने ब्यवस्था थियो । मसँग त पहिले नै कोठेसाथीको व्यवस्था थियो, हाम्रो कोठासँगै टाँसिएको अर्को कोठामा एकजना आपुगेको थिएन । र, त्यो युवा सेप्टेम्बरको दोश्रो सप्ताहको एक दिन उसको एकजना फिनिस साथीको कारमा आफ्ना झिँटिगुम्टा लिएर टुप्लुकियो - यारभेनपामा ! लामो लामो कपाल, तिन्याउरो शरीर बोकेर फुकीढल प्राणी त भन्न नमिल्ने खाले तर करिब उस्तैउस्तै स्वरूपको प्राणी लाग्यो ऊ, मला ! नमस्कारको आदानप्रदान बाहेक केहि पनि भएन । उसले धेरै केहि पनि सोधेन । अलिअलि मैले र अरूहरूले सोध्यौ‌ । विगत चारवर्षदेखि फिनल्याण्डमा बस्दै आएको उसले हामीहरूला घुलमिलको लागि सुबिस्ताको वातावरण बनाउँछ कि भन्ने लागेको थियो, तर शुरूकै दिनमा उसको खुलेर नबोल्ने बानीले मला निराश बनायो । मैले हतप्रद उसको चारित्रिक चित्रण गरिहालेँ - केटो टिमुरकेको रहिछ !

भोलीपल्ट ऊ अलिकति खुल्यो । पर्सिपल्ट हिजोपल्टको भन्दा अलि बढि खुल्यो । हामी सँगसँगै बजारपनि गयौं । सामान किन्न जाँदा र फर्केर आउँदा बाटोमा निकै कुराकानी भए । निश्चिततः उसको पहिलो छाप ममा राम्रो परेको थिएन, तर नजिक हुँदै गएपछि ऊ अलि खास्साको मान्छे लाग्न थाल्यो । कुरै कुरामा उसले एकदिन भनेको पनि छ - कुनै पनि ब्यक्ति, विषय र घटनाप्रति एकै निमेषको हेरा वा बुझाले त्यो ब्यक्ति, विषय र घटनाप्रतिको आफ्नो अन्तिम धारणा बनाहाल्नु राम्रो होन । र, उसले यो पनि भन्यो - तपाइँले ब्यक्ति, बिषय र घटनाप्रति आद्योपान्त नबुझी धारणा बना हालेको पाएको छु ! अलिकति समय लाग्यो परन्तु मैले इमान्दारितापूर्वक स्वीकार गरेँ उसको औंल्याएको मेरो कमजोरीला ।

बिस्तारै हामी नजिकियौं । हामी दु अनि अर्को एकजना भाइ - तीनजनाको खास्साको मित्रता जम्यो । तुर्कुमा बिआटी सिध्याएर (सोधपत्र बाँकी) सामाजिक सेवा अध्ययनका लागि हामीसँग जोडिन आएको ऊ एउटा अध्ययनशिल युवा पनि हो । आफ्ना पाठ्यक्रमका पुस्तकहरू बाहेक अन्य क्षेत्रका पुस्तकहरू अध्ययन गर्नमा उसको गहिरो अभिरूची छ । जसले मला अझ अरू ऊ प्रति आकर्षित गरायो । योगा, धर्म, संस्कृति र साहित्यका सयौं पुस्तकहरू पढेको छ उसले । उमेरले २७ चल्दै गरेको उसले आयान हिर्सी अलिको इन्फिडल (Infidel) देखि पाउलो कोहेलोको आल्किमिस्ट सम्म अध्ययन गरेको छ । अमूर्त सेन, एन्टोन चेकभ, म्याक्सिम गोर्की, ओशो रजनिश, चेतन भगतहरू पनि पढेको छ उसले । आफ्नो किन्डल (पुस्तक, पत्रिकाहरूको डिजिटल फर्म्याट पढ्न मिल्ने साधन) मा दशौं पुस्तकहरू पढ्ने सूचीमा राखेको छ उसले । पढ्दै पनि छ ! अध्ययन गर्ने बानीले उसमा आत्मविश्वासको विकास गरेको छ । अलिअलि अध्ययन गर्ने बानी भएको मैले पनि उसकै अनुग्रहमा केहि पुस्तकहरू पढ्ने औसर प्राप्त गरेको छु ।  उसको संगतबाट मला प्रेरणा मिलेको छ - तिमीले गर्न चाहेको हर कार्य सम्भव छ !  

सबैभन्दा प्रेरक गुण यो छ कि ऊ आफ्नो विश्वासमा टसमस नभै अडिग रहन सक्छ । मला सम्झना छ, २०१३ को जूनमा जब हामी यारभेनपाबाट हेलसिन्की सर्यौ‌, त्यतिखेर मेरो यात्रापर्चा (Travel Card) बनिसकेको थिएन, उसँग थियो । बेलुकी काममा जानुपुर्व मैले उसलाई उसको यात्रापर्चा मागेँ, उसले दिन इन्कार गर्यो । भन्यो - मेरो ट्राभल कार्डमा हजुरले यात्रा गर्नु गैर्हकानुनी हो । मैले झगडै गरेर बलजफ्ति उसको यात्रा पर्चा लिएरै छाडेँ । पछि मैले महशुस गरेँ - मैले गलत गरेँ । उसको यात्रापर्चा मैले फिर्ता गरिदिएँ । र, मैले  उक्त पर्चा नबनाइन्जेल बकाइदा टिकट किनेर यात्रा गरेँ । 

उसमा रहेको इमान्दारिताको भूतमा म मा यतिसम्म सवार भएको छ कि आजै बिहानमात्र - रेलमा भान्तानकोस्कीबाट माल्मीनकार्तानो फर्कदै गर्दा टिकट जाँचकीहरू देखेँ, मेरो यात्रापर्चाको समयावधि हिजै (१७ जनवरी, २०१४) समाप्त भैसकेको थियो, कार्डमा दु यूरो मात्र रहेछ रकम । दुवटा क्षेत्रमा यात्रा गर्न नमिल्ने भएपछि मैले म्युरमाकी सम्ममात्र यात्रा गरेँ र त्यहाँबाट हिडेर आफू बस्ने ठाउँसम्म आएँ ! 

धन्य छ मेरो साथी, जसले मला एक जिम्मेवार युवा हुन प्रेरित गरिरहेको छ । प्रिय मित्र लक्ष्मी, उमेरले तिमी मभन्दा कनिष्ठ नै हौ तर विचारले मभन्दा निकै पाको उमेरको हौ‌ तिमी, त्यसकारण मेरो निवेदन छ - तिम्रो प्रेम, प्रेरणा र अनुकम्पा सधैं रहिरहोस् । तिम्रो जय होस्, मेरो जय होस् । तिमीले भन्ने गरेँ झैं भ्रमपूर्ण जीवन बाँचिरहेका सकल प्राणीहरूको जय होस् !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...