Posts

Showing posts from November, 2010

विस्तृत शान्ति सम्झौता र राजनीतिक उथलपुथल

Image
२०६३ मंसिर ५ को त्यो दिन ! तत्कालिन द्धन्दरत पक्ष माओवादी र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पनि आजका मितिले पाँचौ वर्षगाँठमा प्रवेश गरेछ । २०६३ सालको मंसिर ५ गते नेपाल सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्रि गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता गर्दाको त्यो मध्यरात आम नेपाली सर्वसाधारणहरूले आफूलार्इ विश्वकै सबभन्दा भाग्यशालि नागरिकको दर्जा दिएको दिन थियो, त्यो । चारैतिर हर्ष बढार्इ भयो । 'नयाँ नेपाल निर्माणको गोरेटो खन्ने काम अब शुरू भैसकेको छ', जनताहरूले उत्साहका साथ नेताहरूले भनेको कुरोलार्इ समर्थन गरे । त्यो मध्यरातमा जब सरकार र विद्रोही पक्षबिच हस्ताक्षर सम्पन्न भयो, त्यतिखेर गिरिजाप्रसाद कोइरालाले एउटा शब्द निकालेका थिए कि 'टेरोरिष्ट' हरू अब शान्तिको पथमा आएका छन् र यो सबै मैले मेरो अहिले सम्मको मेरो राजनैतिक उपलब्धीलार्इ दाउपेचमा राखेर गरिरहेको छु । क्यामेराले प्रचण्डको अनुहारलार्इ 'फोकस' गर्यो, मैले उनको भाव पढेँ ‍- उनी निराश र हतास देखिन्थे । एकछिन अग

अरू देशमा पनि चल्दा रैछन् नी फाइट त

हिजो राति संसद भवन भित्र भएको सानो झडपलार्इ नेपालीहरूले आत्तिएर ताण्डब नृत्य, माओवादीको रडाको, जंगली शैलि र गुरिल्ला आक्रमण जस्ता थरिथरिका उपमाहरू दिए । तर संसद भवन भित्र आवाज सुनार्इ नभएमा वा एउटा पक्षको आवाजलार्इ अरू पक्ष मिलेर दबाउन खोजे  भने विस्फोट हुने प्रचलन मात्र शुरू भएको भन्ने हामीले मान्नै पर्ने हुन्छ । नपत्याए, तलका भिडियोहरू हेर्नुस् । विश्वका विभिन्न देशका संसद भवनभित्र मच्चिएका हल्लीखल्ली र बबण्डरहरूले के पुष्टी गरेका छन् ? तर अचम्मको कुरो चाँहि यि तलको भिडियोमा जत्तिको बबण्डर त हाम्रा सभासदहरूले खासै गर्न सकेनन जस्तो लाग्यो हैं मलार्इ । हेर्नमा सबभन्दा मज्जाको त बलिउडको संसद भवनको लाग्यो हैं । तपाइँलार्इ चाँहि के लाग्यो ? सुटुक्क प्रतिक्रियामा लेखिदिनुहोला हैं ! दक्षिण कोरियाको संसदको कुंग फू हेर्नुस् । ताइवानको संसदमा भएको द्धन्द हेर्नुस् । अलबामा राज्य(संयुक्त राज्य अमेरिका)को सिनेटको यो दृश्य भारतको संसदको हरिबिजोग हेर्नुस् । चेकका उपराष्ट्रपतिले मन्त्रीलार्इ चड्काएको हेर्नुस् । युक्रेनका सांसदहरू पनि कम रहिन्छन् ।

वाह सभासदहरू वाह !

सरकार काम चलाउ भयो, शान्ति प्रक्रियाले उचित गति लिन सकेन, संविधान लेखन कार्यले बिश्राम लिएको लिर्इ भयो, बजेट नआउँदा आर्थिक कृयाकलापमा महत्वपूर्ण असर भयो भन्ने जिकिर गर्दै, मुख्य भनिएका तीनवटा भाले दलहरूबीच चरणचरणौ गरेर कहिले हात्तिबन त कहिले गोकर्ण, कहिले बालुवाटार त कहिले सिहंदरबार गरी विभिन्न मितिमा बैठक नभएका पनि हैनन् । ती कुनै पनि ठोस निर्णय नभएका बैठकहरू मात्र भए । देशको राजस्वबाट रिसोर्टमा पाकेका मीठा परिकार भोजन गर्ने र आरामदायी खाटमा सुत्ने बाहेक तिनले केहि लछारो पटारो लगाउन सकेनन । मंसिर ३ गतेको रातीको संसद भवनभित्रको बजेट निर्णायार्थ प्रस्तुत हुँदाको ब्यवस्थापिकाको बैठकमा जे देखियो त्यसले के प्रमाणित गरिदिएको छ भने, राजनैतिक दलबीच एकले अर्कोलार्इ निषेध गर्ने, देखार्इदिने (?) प्रवृति अझ बढेर गएको छ । जनताहरूका अगाडि जतिसुकै आशावादी कुरा गरे पनि यिनमा मिल्ति नै छैन भन्ने कुरो छर्लङ्गै भएको छ ।  यो घटना घट्नुको मुख्य दोषी सबैले माओवादीलार्इ माने पनि मेरो बुझाइमा चाँहि कांग्रेस र एमालेको पनि उत्तिकै दोष छ । संसदको सबभन्दा ठूलो दललार्इ एक्ल्याएर जे पनि गर्न सक्छौ भन्ने भ्रममा रहे

रिसोर्ट, सहमतीहिन वार्ता र म एक आम नेपाली

किन आखिर सहमतिमा आउन सक्दैनन र्इ नेताहरू ? किन यिनमा नदेखिएको होला र्इच्छा शक्ति ? किन यिनले बुझ्दैनन होला हरेक कुराको आफ्नै सीमा हुन्छ ? किन यिनमा बढ्दै गएको होला अविश्वास ? किन यिनमा अरूद्धारा निर्देशित नभर्इ काम नगर्ने बानीको विकास भयो होला ? र, किन यिनले बुझपचाइरहेका होलान समयको महत्व कति छ ? किन ? आखिर किन ??? यिनै प्रश्नहरूले मेरो मनमा डेरा जमाएका छन् र राती अबेरसम्म म छटपटिरहेको छु । मलार्इ यस्तो लाग्छ, मेरो दिमागले काम गर्न छाडिरहेको छ । यिनीहरू उज्यालो छ भन्छन्, हामीलार्इ झुक्काइरहेको जस्तो लाग्छ । यिनले हाम्लार्इ उज्यालोको भ्रम दिएर अझ अरू अँध्यारा दिनहरू बिताउन बाध्य पार्ने प्रपञ्च रचिरहेको झै लाग्छ । मलार्इ यिनका कुनै कुरामा पनि बिश्वास लाग्न छाडिसकेको छ । यिनले जति जति उज्यालोको लोभ देखाउँछन् मलार्इ उति उति मेरो भविष्य अँध्यारिदै आएको जस्तो लाग्न थालेको छ । यिनका जति नाटकहरू पर्दाबाहिर छताछुल्ल हुन्छन्, तिनले मलार्इ उती नै बेचैन गराउँदै लगेका छन् । यिनले मेरो गोर्खाली शीरलार्इ सबैका माझ नतमस्तक हुन बाध्य पारेका छन् । यिनले मेरो सबै अधिकारलार्इ हनन गरिरहेका छन् । बिनासूर्ता

अनलाइन लक्ष्मी जयन्ती

सम्भवतः नेपाली साहित्यको इतिहासमा पहिलो पटक याहु म्यासेन्जरको कन्फरेन्स कल मार्फत १०२औ लक्ष्मीजयन्तीका अवसरमा पहिलो पटक काव्य गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी शुक्रबार दिउँसो नेपाली समय अनुसार १ बजे शुरू भर्इ नेपाली समय अनुसार रातिको १ बजे सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीका तर्फबाट १० महिनाका लागि युवा स्वयंसेवकका रूपमा छनौट भर्इ ट्रोम्स रेडक्रस नर्वेमा कार्यरत रत्नेचौर म्याग्दीका नीराजन थापा 'शिरीष' ले कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका हुन । पहिलो र दोश्रो खण्ड गरी सञ्चालित गोष्ठीमा झण्डै पचास जना जति नेपाली साहित्यप्रेमीहरू जुटेका थिए । विदेशमा रहेका नेपाली भाषा र साहित्यप्रति सम्मान गर्ने साहित्यप्रेमीहरूलार्इ एकजुट पार्नका लागि कार्यक्रमको परिकल्पना गरि सफलतापूर्वक सम्पन्न गरिएको हो । कार्यक्रममा नर्वेबाट लोकगायक एवं संचारकर्मी कृष्ण जिसी, बेल्जियमबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रतिनिधित्व गर्दै विपिन खड्का, कतारबाट सन्तोष शर्मा, दुबर्इबाट प्रेम लामा साथै नेपालबाट धौलागिरि एफ.एम. बागलुङका कार्यक्रम संयोजक मोहराज शर्मा लगायत डेढ दर्जन साहित्यप्रेमिहर

आमा

आमा, उहिले उहिले महिन्द्र मल्लले सबैका घरबाट धुँवा नउडुन्जेल उनका प्रजाले भोकै नबसेको निश्चित गरेर मात्र मुखमा गाँस पुर्याए झैं, मैले त्यो गर्न सक्दिन र, गरेर पनि केहि लछारदिन – थाहा छ । तर, आमा देशभित्र वा बाहिर जहाँ भएपनि, एक नेपाली दुःखमा बाँचेको छ भने, परिबन्धको कठघरामा परेको छ भने, वा, व्यथाले किचिएको छ भने, उसलार्इ त्यसबाट मुक्त पार्न सक्ने प्रेरणा देउ, वा कम्तीमा तिनका दुःख बाड्ने एउटा एक असल सारथी बनार्इदेउ ! मेरो अनुरोध छ, तिमीलार्इ मेरी आमा, उसलार्इ दुख्दा मलार्इ दुख्ने बनार्इदेउ यी शासकहरूलार्इ जस्तो मलार्इ जे‑जस्तो हुँदा पनि, निद्रा पर्ने बिन्ती कहिल्यै नबनाइदेउ ! आमा, मलार्इ हुनु छैन् – कुबेर, मलार्इ थुप्राउनु छैन् – ऐश्वर्य त्यसैले चाँहिदैन तिम्रो आशिरबाद, कि म महा धनाढ्य बनुँ ! म बाट त्यो हुन सक्दैन, त्यो पाएर पनि मलार्इ निरर्थक छ – मलार्इ थाहा छ । तर आमा मिल्छ भने यदि यस्तो एउटा मलार्इ प्रेरणा देउ - हरेक बर्खाका साँझहरूमा ढिढोँसँग खाने एउटा ढिको नुन नपाउने मेरा गरिप नेपालीका झुपडीहरूका लागि प्रशस्त नुन बोकेर नागबेली उकालो चढ्न सकुँ, हरेक गर्मीका रातहरूमा मलेरियाले थलिने

देवकोटा अर्थात पागल

स्वर्गबाट, तिम्रो प्रमिथसले आगोको फिलिङ्गो चोरेर तिम्रो वतन उजिल्याए झैं मुग्लानबाट, मेरा प्रमिथसहरू श्रमको मूल्य बेचेर, आफ्नो वतन उजिल्याउने फगतका सपनाहरूमा रमेर प्रत्येक अँध्यारा दिनहरूमा आँगन छोडिरहेछन्-घर छोडिरहेछन् मन छाडेर खाँदा खाँदैको गाँस छाडेर, यहिँ मात्र आफूलार्इ बोकेर जहाजका भर्याङ्गहरू उक्लिरहेछन्/ओर्लिरहेछन् ।   न तिमीले लेखे झैं शेक्सपियरले यहाँ हलो जोत्दैछन् न नै सोक्रेटस गुफाभित्र घोत्लिरहेछन् बरू, खेतहरू बाँझै छाडेर बारीमा हनुमान झार फूलाएर शेक्सपियर साउदीमा भेडा चराउँदैछ सोक्रेटस मलायामा ढोके भएको छ । यो काल्पनिक हैन, देवकोटा म तिमीले जस्तो फूलाउन सक्दिन काल्पनिक फूलहरू !   उफ तिमीले के लेखेको त्यस्तो ? कालिदाशले असारका पन्ध्रमा धाराप्रवाह रोपाइँका गीतहरू गाउँछ ! मलार्इ लाग्यो, देवकोटा - बडो अचम्म रहेछ, तिम्रो जमाना ! कालिदाशले बलिउड र हलिउड नदेखेको ! तिम्रो पाखे कालिदाश ! कस्तो अज्ञात रहेछ, तिम्रो जमाना 'हाउ बोरिङ टाइम तिम्रो?' तिमीले कसरी कल्पना गर्न सक्यौं, आखिर? ज्याज र शाल्साविनाको जीवन! तिमीलार्इ छ, मेरो प्रश्न- 'हाउ डिड यू डेयर टू राइट दोज नन्सेन्स

अनलाइन लक्ष्मी जयन्ती ?

Image
हामीले पहिले देखिनै भन्दै र विश्वास गर्दै आएको यो सुचना र प्रविधीको आधुनिक जमाना हो भन्ने तथ्यलार्इ अझ अरू आत्मसाथ गर्ने सुनौलो मौका हो । यो एउटा यस्तो पल हुनेछ कम्तिमा पनि हामीले हाम्रा महाकवि देवकोटाले लेखेको कविताको एक अंश 'उद्देश्य के लिनू उडि छुनू चन्द्र एक !' को अर्थलार्इ अझ अरू घनिभूत पार्ने अवसर मिल्नेछ । हामीले कर्ममा विश्वास गर्ने हो । फल के प्राप्त होला ? त्यसमा चिन्तित हुनुपर्ने अवस्थामा पुग्नु हाम्रा लागि महत्वपूर्ण विषय हुन सक्तैन । जेहोस यसलार्इ 'यो हाम्रो लागि खुशिको कुरा हो ।' भनेर बुझ्नु अहिलेका लागि सर्बाधिक महत्वका विषय हुन आउँछ । यो मेरो मात्र अभियान भनेर नबुझिदिनुहोला । किनकी मलार्इ विश्वास छ, देवकोटाले त्यो जमानामा त्रिभुवन विश्वविधालयको स्थापनाका लागि उनका छोराछोरी र नातेदारले पढ्न पाउँछन् भनेर पहल गरेका थिएनन । उनले त्यो दिव्यविचार नेपाली जनताहरूले अन्धकारबाट उज्यालोतिर अभिमुख हुन पाउँलान भन्ने सोचले अगाडि सारेका हुन । त्यसैगरी मैले पनि यो याहु म्यासेन्जरको कन्फरमेशन कल मार्फत देवकाटामा समर्पित एउटा आफ्नो रचना सबै साहित्यप्रेमी मित्रहरूलार्इ सुन