अरू देशमा पनि चल्दा रैछन् नी फाइट त

हिजो राति संसद भवन भित्र भएको सानो झडपलार्इ नेपालीहरूले आत्तिएर ताण्डब नृत्य, माओवादीको रडाको, जंगली शैलि र गुरिल्ला आक्रमण जस्ता थरिथरिका उपमाहरू दिए । तर संसद भवन भित्र आवाज सुनार्इ नभएमा वा एउटा पक्षको आवाजलार्इ अरू पक्ष मिलेर दबाउन खोजे  भने विस्फोट हुने प्रचलन मात्र शुरू भएको भन्ने हामीले मान्नै पर्ने हुन्छ । नपत्याए, तलका भिडियोहरू हेर्नुस् । विश्वका विभिन्न देशका संसद भवनभित्र मच्चिएका हल्लीखल्ली र बबण्डरहरूले के पुष्टी गरेका छन् ? तर अचम्मको कुरो चाँहि यि तलको भिडियोमा जत्तिको बबण्डर त हाम्रा सभासदहरूले खासै गर्न सकेनन जस्तो लाग्यो हैं मलार्इ । हेर्नमा सबभन्दा मज्जाको त बलिउडको संसद भवनको लाग्यो हैं । तपाइँलार्इ चाँहि के लाग्यो ? सुटुक्क प्रतिक्रियामा लेखिदिनुहोला हैं !

दक्षिण कोरियाको संसदको कुंग फू हेर्नुस् ।




ताइवानको संसदमा भएको द्धन्द हेर्नुस् ।





अलबामा राज्य(संयुक्त राज्य अमेरिका)को सिनेटको यो दृश्य



भारतको संसदको हरिबिजोग हेर्नुस् ।




चेकका उपराष्ट्रपतिले मन्त्रीलार्इ चड्काएको हेर्नुस् ।




युक्रेनका सांसदहरू पनि कम रहिन्छन् ।




बोलिभियाको संसदमा हेर्नुस् यो अर्को ताण्डब




रसियन संसद भवन डुमा भएको यो दृश्य पनि हेर्ने कि ?


Comments

Krishna said…
This comment has been removed by the author.
Krishna said…
Really interesting inspite of the legistalive dispute the countries has arisen up but we are where ? this is the question to raise.... anyway nirajan its a great job you collected similar videos......
निराजन भाई केही राष्ट्रका सांसदहरुको संसद भवन भित्र भएको कुखेल जानकारी गराउनु भएकोमा धन्यवाद ।नेपालका ले विकास निर्माण अरू सकरात्मक कुराको अनुसरण नगरे पनि नराम्रा कुरा अनुसरण गर्न अगाडी छन्। जनताको हाम्रो ढुकुटी दुरुपयोग गर्दैछन् , यस्ता बेईज्जती, नेता जस्तो गरिमामय शब्दबाट बिभूषित हुन नालायक संपूर्ण कु............को के कुरा ।पहिला भगबान बुध्दको देश, सगरमाथाको देश, भनेर गर्व गर्ने नेपालीको नाक काटेका छन् ।
Unknown said…
राम्रा काम गर्न को लागि यिनीहरु ले जे गरे पनि देश् को लागि योगदान दिएर आज विश्वा मा बिकसित देश् को नामवाली नाम लेखाएका छन् तर हाम्रा नेता हरु बाट यो सबै आशा गर्ने ठाउँ रहयो र निरजन सर ??
amar spandan said…
sakesamma ramro garun sabasadh le yahi ho hamro chahana tara arusanga compare garera yesto santusti chai thik lagdaina hau
राम्रा काम गर्न को लागि यिनीहरु ले जे गरे पनि देश् को लागि योगदान दिएर आज विश्वा मा बिकसित देश् को नामवाली नाम लेखाएका छन् तर हाम्रा नेता हरु बाट यो सबै आशा गर्ने ठाउँ रहयो र निरजन सर ??

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)