Skip to main content

आमा

आमा,
उहिले उहिले
महिन्द्र मल्लले
सबैका घरबाट धुँवा नउडुन्जेल
उनका प्रजाले भोकै नबसेको
निश्चित गरेर मात्र
मुखमा गाँस पुर्याए झैं,
मैले त्यो गर्न सक्दिन
र, गरेर पनि केहि लछारदिन – थाहा छ ।

तर, आमा
देशभित्र वा बाहिर
जहाँ भएपनि,
एक नेपाली
दुःखमा बाँचेको छ भने,
परिबन्धको कठघरामा परेको छ भने,
वा, व्यथाले किचिएको छ भने,
उसलार्इ त्यसबाट मुक्त पार्न सक्ने प्रेरणा देउ,
वा कम्तीमा तिनका दुःख बाड्ने
एउटा एक असल सारथी बनार्इदेउ !
मेरो अनुरोध छ, तिमीलार्इ
मेरी आमा,
उसलार्इ दुख्दा मलार्इ दुख्ने बनार्इदेउ
यी शासकहरूलार्इ जस्तो मलार्इ
जे‑जस्तो हुँदा पनि, निद्रा पर्ने
बिन्ती कहिल्यै नबनाइदेउ !

आमा,
मलार्इ हुनु छैन् –
कुबेर,
मलार्इ थुप्राउनु छैन् –
ऐश्वर्य
त्यसैले चाँहिदैन तिम्रो आशिरबाद,
कि म महा धनाढ्य बनुँ !
म बाट त्यो हुन सक्दैन,
त्यो पाएर पनि मलार्इ निरर्थक छ – मलार्इ थाहा छ ।
तर आमा
मिल्छ भने यदि
यस्तो एउटा मलार्इ प्रेरणा देउ -
हरेक बर्खाका साँझहरूमा
ढिढोँसँग खाने एउटा ढिको नुन नपाउने
मेरा गरिप नेपालीका झुपडीहरूका लागि
प्रशस्त नुन बोकेर
नागबेली उकालो चढ्न सकुँ,
हरेक गर्मीका रातहरूमा
मलेरियाले थलिने
मेरा तन्नम मधेसी झुप्राहरूमा
बहुत खुब झुल बोकेर
चुरे महाभारत झर्न सकुँ !

मेरो अनुरोध छ, तिमीलार्इ
मेरी आमा,
उसलार्इ दुख्दा मलार्इ दुख्ने बनार्इदेउ
यी शासकहरूलार्इ जस्तो मलार्इ
जे‑जस्तो हुँदा पनि, निद्रा पर्ने
बिन्ती कहिल्यै नबनाइदेउ !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...