यो डायरी हैन् । यो नडायरी हो । थाहा छैन्, जग्गु दाईले सपनामा कहिल्यै फिनल्याण्डको भूभाग नदेखेर मैले जस्तै सधैं त्यहि ढोडेनी, घैयारा, बुढोचौर, मैले पढाएका स्कुल र मैले पौडी खेलेको च्यान्टेको ताल जस्तै चुहाडेको बन, बोक्सेको शितलो हावा, गाइघाटको उखुम गर्मी अनि बगुवा खोलाको बर्खे भेल मात्रै देख्नु हुन्थ्यो वा हुन्थेन् तर सधैं जसो हुने भेटमा वहाँले नेपालै फर्किने हो भन्न कहिल्यै छुटाउनु भएन् । चार पाँच बर्ष पहिलेसम्म हेलसिन्की शहरको व्यस्त चोकतिर अरू केहि साथीहरूसँग मिलेर दाईले एउटा नेपाली पसल चलाउनु हुन्थ्यो । दक्षिण युरोपका देशबाट आउने ताजा तरकारी देखि नेपाली मरमसलासम्म, लाटभियाबाट आउने बोकाको मासुदेखि भियतनाम, पाकिस्तानबाट आउने चामलका बोरासम्म वहाँको पसलमा पाइन्थे । ब्यापार राम्रै चलेको थियो, सबै साझेदारले यसै भन्थे । राम्रै नचलेको भए फिनल्याण्डजस्तो महंगो सञ्चालन खर्च भएको देशमा कुनै पनि पसल एक दशकसम्म कसरी चल्न सक्थ्यो ? तर अचानक वहाँहरूले राम्रै चलिरहेको पसल बेच्नुभो । र, हाम्रो जग्गु दाईले आर्थिक भूगोल (Economic Geography) मा विद्यावारिधी गर्ने सोच्नु भो । दाईकै शब्दमा बुढेसकालक...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।