शितल । तस्बीरः उनको फेसबुक अल्बर्ट हब्बर्डले भनेका छन् – साथी भनेको त्यो हो जसलाई तिम्रो बारे सबै थाहा हुन्छ, र पनि माया गर्छ ! ( “A friend is someone who knows all about you and still loves you.” ― Elbert Hubbard ) हो, म मेरा तीनै तीनसाथीहरुका बारेमा लेख्तैछु जो सँग मेरा जीवनका स्वर्णीम पलहरु ब्यतित भएका छन । जो सँग म ठुस्केको छु । जो मसँग ठुस्केका छन । ठुस्काई एकै निमेश पनि लम्बाउन सकेको छैन र फेरि कुद्दै उनीहरु कहाँ म पुगेको छु । दौड्दै उनीहरु म भएको ठाउँमा आएका छन । ती तीनै साथीहरू जसलाई मेरा उज्याला पक्षहरु थाहा छ, जसको अँध्यारा पक्षहरु म जान्दछु । जसका उज्याला पाटाहरु मेरा यादमा झल्झल्ती आउँछन् जो मेरा अँध्यारा पाटाहरुलाई पनि स्वीकार गर्दछन् । मैले जिद्धी गर्दा मेरा जिद्धीहरु सहर्ष स्वीकारेका छन उनीहरुले ! म एकछिन चुपो लाग्दा किन निराश भएको ? किन नबोलेको भनेर उनीहरुलाई पिडा हुने गथ्र्यो ! जो मभन्दा अरुसँग बढि बोलेका दिन मलाई दुख लाग्थ्यो ! जलन हुन्थ्यो ! अब्यक्त पिडा हुन्थ्यो ! सायद उनीहरुलाई पनि त मलाई जस्तै नै हुन्थ्यो होला नी ! केस्रा केस्रा गर...
कुनै पनि बुझाई अन्तिम सत्य होइनन् ।