Skip to main content

अनलाइन लक्ष्मी जयन्ती ?

हामीले पहिले देखिनै भन्दै र विश्वास गर्दै आएको यो सुचना र प्रविधीको आधुनिक जमाना हो भन्ने तथ्यलार्इ अझ अरू आत्मसाथ गर्ने सुनौलो मौका हो । यो एउटा यस्तो पल हुनेछ कम्तिमा पनि हामीले हाम्रा महाकवि देवकोटाले लेखेको कविताको एक अंश 'उद्देश्य के लिनू उडि छुनू चन्द्र एक !' को अर्थलार्इ अझ अरू घनिभूत पार्ने अवसर मिल्नेछ । हामीले कर्ममा विश्वास गर्ने हो । फल के प्राप्त होला ? त्यसमा चिन्तित हुनुपर्ने अवस्थामा पुग्नु हाम्रा लागि महत्वपूर्ण विषय हुन सक्तैन । जेहोस यसलार्इ 'यो हाम्रो लागि खुशिको कुरा हो ।' भनेर बुझ्नु अहिलेका लागि सर्बाधिक महत्वका विषय हुन आउँछ ।
यो मेरो मात्र अभियान भनेर नबुझिदिनुहोला । किनकी मलार्इ विश्वास छ, देवकोटाले त्यो जमानामा त्रिभुवन विश्वविधालयको स्थापनाका लागि उनका छोराछोरी र नातेदारले पढ्न पाउँछन् भनेर पहल गरेका थिएनन । उनले त्यो दिव्यविचार नेपाली जनताहरूले अन्धकारबाट उज्यालोतिर अभिमुख हुन पाउँलान भन्ने सोचले अगाडि सारेका हुन । त्यसैगरी मैले पनि यो याहु म्यासेन्जरको कन्फरमेशन कल मार्फत देवकाटामा समर्पित एउटा आफ्नो रचना सबै साहित्यप्रेमी मित्रहरूलार्इ सुनाउने र यहाँहरूका रचना मैले सुन्ने सोच लिएर यो कार्यक्रम गरौं न त भन्ने मनशायले परिकल्पना गरेको हुँ । यहाँलार्इ लाग्ला हाम्रा लागि यो समय छोटो भयो । तर मलार्इ लागेको छ, र्इच्छा शक्ति हुने हो भने समयले हाम्रो केहि बिगार्न सक्तैन भन्ने विश्वासलार्इ नेपाली समाजमा स्थापना गर्न सक्ने एक अर्को सुनौलो मौका हामिले प्राप्त गरेका छौं । त्यसैले आउनुस् साथीहरू, हामी सबै एकै ठाउँमा उभिएर यो अभियानलार्इ सफल पारौं ।
कसरी सहभागी हुने ?
१)         आफ्नो याहु ठेगानामा यस कार्यक्रमको याहु ठेगाना laxmijayanti@yahoo.com एड गर्ने ।
२)         कार्यक्रममा सहभागि हुनका लागि तोकिएको समयमा अनलार्इनमा आइ कन्फरेन्सका लागि पठाइएको अनुरोध स्वीकार गर्ने ।
३)         एकथान हेडसेट पनि आवश्यक हुन्छ ।
कहिले ?
-     २०६७ कार्तिक १९ गते/तदनुसार ५ नोभेम्बर २०१०
कुन समयमा ?
-     नेपाली समय अनुसार दिनको १२ बजे (जतिखेर केहि देशमा स्थानीय समय निम्नानुसार हुनेछ, जस्तो कि नर्वेमा ७.१५ बिहान, बेलायत ६.१५ बिहान, मलेशिया दिनको २.१५, कतार कुवेत बिहान ९.१५, दुबर्इ १०.१५ बिहान)
कार्यक्रम सञ्चालक ?
-     नीराजन शिरीष, नर्वेबाट
कसरी ?
-     याहु म्यासेन्जरमा लक्ष्मीजयन्तीको याहु ठेगानाबाट सञ्चालन गरिने कन्फेरेन्स कल मार्फत । पालैपालो गरी कविता वाचन गरिनेछ ।
यहाँको भूमिका ?
-     रचना वाचन गर्ने वा छैन भने श्रवण मात्र गर्ने ।
नोटः यहाँको सहभागिताले अरूलार्इ समेत प्रेरित गर्नका लागि फेसबुकमा खोलिएको कार्यक्रममा समेत सहभागिता हुने जनाउनु होला । जसको लागि यहाँ थिच्नुस । धन्यवाद ।



Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...