Skip to main content

फिनल्याण्डमा काम कसरी खोज्ने ?

फिनल्यान्डमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जीवन निर्वाह गर्न जागिर खोज्नु चुनौतीपूर्ण काम हुन सक्छ। यस लेखमा, फिनल्यान्डमा जागिर खोज्ने प्रभावकारी तरिकाहरू र उपलब्ध स्रोतहरूको जानकारी प्रदान गर्ने हिसाबले संक्षेपमा तलको जानकारी प्रस्तुत गरेको छु ।

१. काम खोज्नुअघि विचार गर्नु पर्ने कुराहरू

फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा काम गर्न अगाडि केही महत्त्वपूर्ण बुँदामा ध्यान दिनु पर्छः

  • काम गर्न पाउने अनुमति: तपाईंको भिसाले कति समय काम गर्न अनुमति दिन्छ भनी सुनिश्चित गर्नुहोस्। सामान्यतयाः अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ३० घण्टासम्म काम गर्न पाउँछन्। तर छुट्टीको समयमा पूर्णकालिन कामदार सरह काम गर्न छुट छ । 
  • भाषा ज्ञान: अंग्रेजी मात्र बोलेर पनि केहि कामहरू त पाइन्छ, तर फिनल्याण्डमा ज्यादातर फिनिश भाषा जान्नेहरूलाई प्राथमिकता दिने गरेको यहाँ आएर काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव रहेको छ ।
  • जागिरको प्रकार: जागिरको छनोट गर्दा सकभर आफ्नो अध्ययनलाई असर नगर्ने खालका अंशकालीन (part-time) कामहरू चयन गर्न ध्यान दिनुस् । पहिले पहिले एक वर्षको पढाइमा आवश्यक ५५ देखि ६० सम्म क्रेडिट घण्टा पूरा गरेको विद्यार्थीले रोजगारदाताले पूर्णकालिन कामदारका रूपमा कम्पनीमा काम दिएको अवस्थामा पढाइ सक्किनु पूर्व नै कामको भिषाका लागि आवेदन दिन पाउने र त्यस्तो किसिमको भिषा पनि लगभग सबै जसोले पाउने गरेको चर्चा हुने गर्थ्यो । तर पछिल्ला अनुभवहरूले त्यसरी भिषा आवेदन गर्दा भिषा प्राप्त नहुने देखिएको छ । त्यसकारण, सकभर छिटोभन्दा छिटो अध्ययन सक्काउने र यस्तो बेला पार्ट टाइम काम गर्न जोड दिने गर्नु उपयुक्त हुन्छ ।

. जागिर खोज्न सहयोगी स्रोतहरू

२.१ अनलाइन पोर्टलहरू

फिनल्यान्डमा जागिर खोज्ने सबैभन्दा प्रचलित तरिका भनेको अनलाइन पोर्टलहरूमा जागिर खोज्ने हो । यहाँ केही विश्वसनीय वेबसाइटहरू र तीनका सिधा लिंकहरू समावेश गरेको छु । 

  • TE-palvelut: फिनल्यान्ड सरकारद्वारा सञ्चालित रोजगारी सेवा।
  • Oikotie: अंशकालीनदेखि पूर्णकालीन कामसम्मका लागि लोकप्रिय पोर्टल।
  • Jobly: अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयुक्त कामहरू उपलब्ध।
  • Student Work: विद्यार्थी र नयाँ ग्राजुएटहरूका लागि कामको स्रोत।
२.२ स्थानीय कम्पनीहरूको वेबसाइट

धेरै कम्पनीहरूले आफ्नै वेबसाइटमार्फत रोजगारीका अवसरहरू प्रकाशित गर्छन्। जस्तै केही उदाहरणहरू तल उल्लेख गरेको छु:

  • Wolt: फूड डेलिभरी सेवा, जसले अंशकालीन काम खोज्ने विद्यार्थीहरूका लागि राम्रो अवसर प्रदान गर्दछ।
  • Bolt Works: विभिन्न क्षेत्रका लागि कामदार आपूर्ति गर्ने कम्पनी।

. विश्वविद्यालयको सहयोग

फिनल्यान्डका विश्वविद्यालयहरूले पनि आफ्ना विद्यार्थीहरूलाई रोजगारी खोज्न सहयोग गर्ने सेवाहरू प्रदान गर्छन्। विशेषतः यस्ता सेवाहरूको लाभग्राही फिनिश भाषामा राम्रो पकड राख्न सफल विद्यार्थीहरू हुन आउँछन् । किनभने यस्ता कार्यक्रमहरू विशेषतः फिनिश भाषामा नै सञ्चालन गर्ने गरिन्छ । जस्तै केहि कार्यक्रमहरूः

  • क्यारियर सेन्टरहरू: विश्वविद्यालयको क्यारियर सेवा मार्फत जागिर खोज्ने अवसर प्राप्त गर्न सकिन्छ।
  • नेटवर्किङ कार्यक्रमहरू: कलेज तथा विश्वविद्यालयहरूले विभिन्न समयमा विभिन्न स्थानीय कम्पनीहरूसँग मिलेर मिटअप कार्यक्रमहरू राख्ने गर्छन् । त्यस्ता कार्यक्रमहरूमा विशेषतः स्थानीय कम्पनीका एचआर अधिकृतहरूसँग नेटवर्किङ गर्ने अवसर प्रदान गरिन्छ।

. सामाजिक सञ्जाल र व्यक्तिगत सञ्जाल

  • LinkedIn: विभिन्न कम्पनीहरूले जागिरका लागि आवेदन फाराम भर्दा समेत लिङ्क्डीनको प्रोफाइल लिंक समेत समाविष्ट गर्न अनिवार्य गरेका हुन्छन् । फिनल्यान्डमा पेशागत नेटवर्किङ र काम खोज्नको लागि LinkedIn महत्त्वपूर्ण सोसल साइट मानिन्छ।
  • स्थानीय समुदाय: त्यसका अलावा स्थानीय फिनिश साथीहरू वा समुदायसँग जोडिएर समेत कामको जानकारी पाउन सकिन्छ। 
  • टपरटुइयाँहरूः यदाकदा जागिर मिलाइदिने बहानामा भर्खर भर्खर फिनल्याण्ड आएका विद्यार्थीहरूबाट केहि टपरटुइयाँहरूले आर्थिक फाइदा उठाउने गरेको जनगुनासो सुनिन आएको छ। यसकारण, जागिर पाइने प्रलोभनमा परेर अन्जान ब्यक्तिहरू विशेषतः विभिन्न सामाजिक सञ्जालहरूबाट जोडिन आएका मानिसहरूको भर पर्ने काम गर्नु हुँदैन् ।  त्यतिमात्र हैन, कतिपय नवआगन्तुक चेलीबेटीहरू दूर्नियत भएका ब्यक्तिहरूबाट यौन दुर्व्यवहारको शिकार हुनुपरेको समेत सुनिन्छ । यस्तो बेला त्यस्ता अपराधिक मानसिकता भएका ब्यक्तिहरूकाबारे फिनिश प्रहरीलाई 112 मा कल गरेर वा फिनिश प्रहरीको वेभसाइटबाट रिपोर्ट गरी आवश्यक कानुनी उपचारको बाटो लिनुपर्छ ।

. लोकप्रिय कामहरू

विद्यार्थीहरूको लागि उपयुक्त कामहरूमा फूड डेलिभरी, पत्रपत्रिका वितरण, रेस्टुरेन्ट वा बारमा सहयोगी, सफाइ सेवा, गोदाममा काम, र सानो व्यवसायहरूमा सहयोगी भूमिका गर्ने जस्ता कामहरू पर्छन् ।

. फिनल्यान्डमा काम गर्दा ध्यान दिनुपर्ने बुँदाहरू

  • कर कार्ड (Tax Card): फिनल्यान्डमा काम गर्न कर कार्ड आवश्यक पर्छ। यो Verohallinto बाट प्राप्त गर्न सकिन्छ।
  • कानूनी काम: केवल वैध र दर्ता भएका कम्पनीहरूसँग काम गर्नुपर्छ । अवैघ तरिकाले काम गर्दा शोषणमा परिने मात्र नभै कार्यस्थलमा हुन जाने दुर्घटनाको जोखिमबाट बच्न उपयुक्त सेवाहरू प्राप्त गर्न वञ्चित हुनुपर्ने हुनसक्छ ।

निष्कर्ष

फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि जीवन निर्वाह गर्न जागिर खोज्नका लागि उपर्युक्त योजना, धैर्य अनि मेहनत आवश्यक पर्छ। अनलाइन पोर्टलहरू, स्थानीय स्रोतहरू, र विश्वविद्यालयको सहयोग लिएर आफूलाई उपयुक्त जागिर खोज्न सकिन्छ। सही जानकारी र स्रोतको प्रयोग गरेर मात्र फिनल्यान्डमा आफ्नो अध्ययन र जीवनलाई सहज बनाउन सकिन्छ।

(updated on 09.01.2025)

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...