Skip to main content

विधार्थी भिषामा फिनल्याण्ड कसरी आउने ?

उच्चशिक्षा अध्ययनका लागि विदेशिने सोच बनाउनु भएको छ भने, फिनल्याण्ड तपाइँका लागि उपयुक्त गन्तव्य हुन सक्दछ । एक अध्ययनका अनुसार सन् २०१८ को अगस्त सत्रका लागि फिनल्याण्डका विभिन्न अप्लाइड साइन्सेज युनिभर्सिटीजमा भर्नाका लागि आवेदन भर्नेहरूमा EU/EEA बाहेक अरू देशहरूबाट आवेदन गर्नेहरू मध्य सबभन्दा धेरै संख्या नेपालबाट थियो । सन् २०१६ सम्म कुनै पनि देशको विद्यार्थीलाई फिनल्याण्डमा कलेज फि लाग्दैनथ्यो । तर हाल शुल्क तिर्नुपर्ने व्यवस्था छ । शुल्क नै तिर्नु परे पनि तुलनात्मक रूपमा यहाँका केही कलेजहरूले कम शुल्क लिने गरेको पाइन्छ । त्यसका अलावा एक वर्षको लागि तोकिएको क्रेडिट पूरा गरेको खण्डमा निश्चित प्रतिशत शुल्क मिनाहा हुने व्यवस्था पनि छ । अतः कलेज शुल्क अलिकति महँगो हुँदैमा आत्ति हाल्नुपर्ने स्थिति नहोला ।

 

विद्यार्थी भिसा प्रक्रिया

विद्यार्थी भिसाको लागि सबभन्दा पहिला यहाँको कुनै पनि कलेजमा भर्ना हुनुपर्ने हुन्छ । कलेज भर्ना वर्षमा २ पटक हुने गर्दछ । पहिलो अगस्त सत्रका लागि डिसेम्बर जनवरीमा (१ महिनाभन्दा बढी नै) र दोस्रो जनवरीदेखि शुरू हुने सत्रका लागि सेप्टेम्बरको पहिलो पाक्षिक (१ देखि १५ सम्म) । अगस्त सत्र प्रायः गरी अन्तरराष्ट्रिय विद्यार्थीहरूको रोजाइमा पर्छ । तसर्थः धेरै नेपाली विद्यार्थीहरूले पनि अध्ययनका लागि यसै सत्र छान्ने गरेको एउटा परम्परा नै बनेको छ ।

 

आवेदनको तयारी  

सर्वप्रथम आफूले अध्ययन गर्न चाहेको विषय र तह के हो ? त्यसमा प्रष्ट हुने । कस्तो खालको कलेजमा आफूले अध्ययन गर्न चाहेको हो ? त्यसमा पनि पहिले नै स्पष्ट हुने । फिनल्याण्डमा दुई प्रकारका कलेजहरू हुन्छन् – UAS अर्थात University of Applied Sciences र अर्को चाँहि विश्वविधालय नै जस्तै University of Helsinki, Aalto University, Universityof Jyväskylä, University of Turku आदि । UAS खासमा नेपालको सिटिइभिटी जस्तै बन्दा फरक पर्दैन । तर बुझ्नुपर्ने कुरो के छ भने UAS हरूमा पनि विश्वविद्यालयहरूमा जस्तै जुन तहको लागि जति बर्षको अध्यापन हुने समयावधी हुन्छ त्यति नै वर्ष र करिब करिब उस्तै किसिमको अध्ययन अध्यापन हुने हो । UAS को अध्यापन अलिबढी अभ्यासमा निर्भर रहन्छ भने विश्वविद्यालको चाँहि अलि बढि प्राज्ञिक हुने अनुभवीहरू बताउँछन् ।   

 

शुल्क र छात्रवृति

आम्दानीका हिसाबले कलेज खर्च महंगो नै हो । तर कुनै पनि सेमेस्टर या वर्षभरिका लागि तोकिएको कोर्ष पूरा गरेको खण्डमा भारी मात्रमा कलेज शुल्कमा कटौती हुने व्यवस्थाका कारण शुल्क तिर्नलाई त्यति गार्हो नहोला । विशेषतः आफूले अध्ययन गर्न चाहेको कलेजको शुल्क, छात्रवृतिकाबारे सम्बन्धित कलेज वा विश्वविद्यालयका वेभसाइटहरूमा विस्तृतमा उल्लेख हुन्छ नै तर उदाहरणका लागि केहि कलेज, युनिभर्सिटीको शुल्कसम्बन्धी विवरण तल प्रस्तुत गरेको छु ।


University

Annual Fee

Course and Level

Next Round

Diaconia UAS

4000€ (50% can be waived in the next academic year if a student completes 55 credits in the first year)

Bachelor’s in Social Services

5-19 January, 2022 (Joint Application)

Seinäjoki UAS

7000€ (2100€ can be waived if you get scholarship)

Bachelor’s in Nursing

5.1-8.4 2022 (First come first serve basis if you’re eligible, you will be invited for an online entrance exam)

5-19 January 2022 (Joint Application)

Metropolia UAS

10000€

International Business and Logistic (Bachelor’s)

5-19 January, 2022 (Joint Application)

University of Jyväskylä

8000€-12000€

Master´s Degree in any stream

January 2022

Tampere University

9800€ (100% scholarships available for highly motivated students)

Bachelor of Business Administration

5-19 January 2022 (Joint Application)

University of Helsinki

13000€-18000€

Master´s Degree

December 2021-January 2022

 

अंग्रेजी भाषा परिक्षा

प्रायः कलेज तथा विश्वविद्यालयहरूले विद्यार्थीको अंग्रेजी भाषाको दक्षता जाँचका लागि IELTS TOEFL नै स्वीकार गर्दछन् । केहि कलेजहरूले चाँहि अंग्रेजी भाषाको लागि आफैले परिक्षा लिने गर्दछन् । जसमा लिखितका साथै अन्तरवार्ता पनि हुने गर्दछ । सामान्यतयाः Bachelor’s degree को लागि IELTS मा overall band score 6, writing test score 5.5 भए हुन्छ । तर मास्टर्सका लागि न्युनतम each band score 6 हुनुपर्छ ।


भर्ना प्रक्रिया (Admission Process) र आवश्यक शैक्षिक योग्यता (Qualification requirements)

जनवरी ५ देखि १९ सम्म Joint Application समय शुरू हुन्छ । जसमा एउटै निवेदन (Application)  बाट ६ वटा कलेजहरूमा भर्नाको लागि आवेदन भर्न सकिन्छ । यसो गर्दा एउटा कलेजमा नभएपनि अर्को कलेजमा भर्ना पाउन सक्ने सम्भावना रहन्छ । त्यस्तै केहि कलेजहरूले सिधैं भर्ना आवेदन पनि लिन्छन् । यस्तो सिधैं भर्ना लिने कलेजहरूले नोभेम्बरको अन्तिम हप्तादेखि जनवरीको अन्तिम हप्तासम्म भर्ना आव्हान गर्ने गर्दछन् । तुलनात्मक रूपमा ब्याचलर्समा भर्ना पाउन सजिलो हुन्छ । ब्याचलर्स डिग्रीका लागि निवेदनमा सामान्य जानकारी भर्ने, आफ्नो शैक्षिक प्रमाणपत्र र अंग्रेजी भाषा परिक्षणको प्रमाणपत्र संलग्न गरे पुग्दछ ।  तर मास्टर्स डिग्रीका लागि अलि गतिलै खालको  Motivation Letter र Research Proposal पनि लेख्नुपर्ने हुन्छ । 

Bachelor’s Degree

Master’s Degree

Remarks

10+2 or equivalent

4 years bachelor’s degree

Some university may accept 3 years bachelor’s degree too

भर्ना कसरी पाउन सकिन्छ त्यसबारे विस्तृतमा हेर्नलाई यहाँ क्लिक गर्नुस् ।

थप जानकारी सम्बन्धित कलेजको वेभसाइटमा गएर हेर्न सकिन्छ । केहि कलेजको वेभसाइट तल राखेको छु । 


 

 केहि महत्वपूर्ण लिंकहरू  

 फिन्ल्याण्डमा आइसकेपछि के के गर्ने विषयमा जान्नु महत्वपूर्ण छ । त्यसका बारेमा थप यहाँ पढ्न सक्नुहुन्छ । त्यस्तै, फिन्ल्याण्ड आउने नै भैसकेपछि यससम्बन्धि रमाइला जानकारी पनि लिएकै वेश होला । 

Comments

Popular posts from this blog

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...