Skip to main content

Posts

विद्वान एनआरएन र भुँइमान्छे

एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास छ भने त्यो जोसुकै होस् लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर नेतृत्वमा आउने अवसर उसले पनि पाउनुपर्छ । के आफ्नो आत्मविश्वासको परख गर्न नपाउने उसले?   म आफू भुँइमान्छे भन्ठान्छु, त्यसैले मेरा बुझाईहरूमा सिमितता छन् भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । तर म भुँइमान्छेको भुँइप्रश्नको जवाफ एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार तरिकाले दिएको भान भएपछि, मैले यो ब्लग लेख्दैछु । मेरो नेपाली भाषाको सम्प्रेषणमा मित्रको अंग्रेजी भाषामा जवाफ पाएपछि, अंग्रेजी साहित्यमा आफू अध्ययनरत क्याम्पसको सर्वोत्कृष्ट नतिजासहित स्नातक गरेको मेरो अहम रन्थियो नै, मैले अंग्रेजी जवाफको लागि मित्रलाई अंग्रेजीमा नै जवाफ फर्काइसकेको...

एनआरएनए - नट रिप्लेशएबल अर नट एसेप्टेबल ? के बनाउने ?

                 हेलसिन्कीबाट ३७ किमी पर अरू डेढ दुई दर्जन नेपाली विधार्थीहरूले जस्तै भर्खर पढाई शुरू गरिरहेको मलाई यो देशमा पनि एनआरएनए भन्ने कुनै संस्था छ भन्ने थाहा थिएन । धरोधर्म, फिनल्याण्डमा गैर आवासीय नेपालीहरूको संस्था जिवित छ, वर्षमा दुईचार कार्यक्रमहरू गर्छ भन्ने कुरो मैले थाहा पाएको मुश्किलले साढे २ वर्ष भए होला । उसो त गैर आवासिय नेपालीहरूको संगठन (एनआरएनए) को २०१७ मा संसोधन हुनुपूर्वको विधानले तोकेको योग्यता अनुसार, २०१३ को मार्चसम्म म यस संस्थाको सदस्य बन्न योग्य गैर आवासीय नेपाली नागरिक थिएँ ।                     म, यस संस्थाको सदस्य भएको हालै एक वर्ष मात्रै भएको छ । मेरो चिनजानका करिब ९० प्रतिशत फिनल्याण्डबासी नेपाली मित्रहरू यस संस्थामा औपचारिक रूपमा  जोडिसकेका छैनन । यो लेख तयार पार्दै गर्दा एनआरएनएको विश्वभरका राष्ट्रिय संघमा आबद्द सदस्यहरूको केन्द्रिय तथ्याङ्क भण्डारमा खोजी गर्दा फिनल्याण्डबाट मात्र ८३ जना यस संस्थामा आबद्द भएको पाएँ । परन्तु, करिब २ हजार ५ स...

नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी

तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो सामान्य जस्ताे लाग्ने घटना घटेकाे । तर कुनै कुनै चलचित्रको अति नै मनछुने कुनै दृश्यको प्रत्येक वस्तुस्थिति झल्झल्ती याद भएजस्तै गरी मलाई, त्यो घटनाकाे प्रत्येक घटनाक्रम याद छ । घटना सामान्य नै मान्न सकिएला, तर अहिले त्यसको याद गर्नूको छुट्टै मज्जा छ ।  एकजना साथीले भर्खर काम पाएको थियो । कामको खडेरी परेको समय, सबभन्दा पहिला काम पाएको उसले मलाई विशेष भोज दिन्छु भनेर उसकै खर्चमा रेलगाडी चढाइवरी हेलसिन्की झारेको थियो । एउटा नेपाली रेष्टुरेन्टमा मम पाइन्छ, मम खुवाउँछु भन्दै लगेको थियो । मुखमा मम नपरेको पूरै साढे ४ महिना भैसकेको थियो । किनकी अन्तिमपल्ट फिनल्याण्ड उड्नुभन्दा अघिल्लो रात केहि साथीह...

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !

चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !"  यी तिनै भाई थिए, जो म चुनावका लागि नेपाल जाने तयारीमा रहेका बेला मलाई बारम्बार फेसबुक म्यासेन्जरमा चारा हालिरहेका हुन्थे    “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” उनले भनेको मेहनत सानोतिनो कुरो थिएन । त्यो मेहनत अर्थोउपार्जन गर्ने मेहनत नभै अर्थवितरणसम्बन्धि मेहनत थियो । जुन मैले फोन आउँदाको दिनको साँझमा गरेको थिएँ ।  साँझको समय, मेरा तीनजना हितैषी चुनावकै लागि आफ्नै खर्चमा काठमान्डुबाट बेनीमा झरेका थिए । ...

नेताको छोरो ४, गोजीमा कति छ ?

यो श्रृङ्खला चुनावका लागि उता नेपाल गएर यता फिनल्याण्ड आइसकेपछि पनि चुनावको ह्याङले धेरै दिनसम्म रन्थनाएका कारण लेख्न आरम्भ गरेको थिएँ, किन्तु, तीन वटा श्रृङ्खला लेखिसकेपछि यसलाई बिचमा छाड्न पुगेछु । अपितू, लेख्नै छाडिसकेको चैं छैन । अतः आज ७ महिनापछि उक्त श्रृङ्खलाको अर्को अध्याय पस्कने कोशिस गरेको छु ।  काठमान्डू ओर्लिसकेपछि चुनावी गर्मीको नमीठो हपहपले स्याप्पै पार्यो । कस्तो अत्यास लागेको जस्तो अनुभूति गर्न पुगेँ मैले । वाक्क लागेर आयो । खासमा त्यस्तो ठूलो उत्साह पनि ममा थिएन । सिवाय, बिसौं बर्षको बुबाले पार्टी राजनीतिमा पुर्याउनुभएको योगदानस्वरूप निकै धपेडीपश्चातः संघिय सांसदको उम्मेदवारीको टिकट पाउनुभएकोमा चाँहि नजानिदो तरिकाले खुशी थिएँ । बस त्यत्ति । त्यहाँभन्दा परको स्वार्थ ममा केहि थिएन ।अहिले यस्तो लेख्दै गर्दा यो पढ्ने जति धेरैलाई बाले जितेको भएर जेपनि लेखेको जस्तो लाग्न सक्छ, त्यो स्वभाविक पनि हो । तर घर पुगेपछि बुबासँगको भेटमा एउटा संवादको जति महत्व थियो मेरा निम्ति त्यो भन्दा पर अरू खासै महत्व राख्ने केहि थिएन ।   image: image source चुनावी खर्च जुट्न...

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे । तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठत...

नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?

चुनाव सम्पन्न भैसकेपछि छलफलको एक तस्बीर, तस्वीरः दिपेन्द्र श्रेष्ठ बाको उम्मेदवारी निश्चित भैसकेपछि, मैले केही वर्षपहिलेदेखि चिनेको एकजना भाई मसँग निरन्तर सम्पर्कमा थिए । “बुढाको सादागीपन देखेर जनताहुरले (जनताहरुले) भोट दिन्छन् दाई । तपाइँ ढुक्क हुनुस्, बुढाले जित्छन् ।” प्रत्येक पटक गफगाफ गर्दा उनले यो वाक्य तारन्तार दोहोर्याइ रहन्थे ।  जुझारु स्वभावका उनी बा संलग्न दलमा थिएनन । अहिले पनि मलाई अचम्म लाग्दछ कि मैले कहिल्यै पनि कुराकानीको आरम्भ नगरेता पनि फेसबुकमा मेरो उपस्थिती हुँदा साथ उनले संवादको थालनी गरिहाल्थे, “दाई, नमस्कार । सन्चै हुनुुहुन्छ ?”  यो सामान्य औपचारिकता पूरा गरेपछि उनले एक संशयका साथ संवादलाई अगाडि बढाउथे, “हैन तपाइँ नआउने हो र? ढिला भैसकेन र ?”  मेरो उही जवाफ हुन्थ्यो, “म मिलाउँदैछु ।” अनि मात्र उनी मसँग कुराकानीलाई लगभग बिट मार्न खोज्थे, “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” चारपाँच महिना पहिले उनी जस्तै विभिन्न वर्ग, उमेर, लिङ्गका अनेक थरी ब्यक्तिहरुसँगको कुराकानीमा धेरै पटक दोहोरिने शब्दहरु मध्य एक थियो— मेहनत !...