Skip to main content

साला ! नेपाली हुनुको पिडा !

एकदिन राष्ट्रप्रेम मनमा अत्यन्तै गढेपछि मैले लेखेथें – "देश रूँदा रोएन कि कठोर हाम्रा मन, देशलाई दुख्दा मलाई दुख्ने चोट पठाईदिनु !" किन बहकिएर मैले यस्तो लेख्न पुगेँ अहिले आएर बुझ्न सकेको छैन मैले, तथापि एक आम नेपाली नागरिक भएको नाताले मात्र मेरो मनमा यो भावना आएको हो भन्ने मैले बुझेको छु । हुनपनि, पछिल्ला समयमा विकसित हुँदै गएका अराष्ट्रिय गतिविधी र अराजकताले म र मजस्तै थुप्रै आम नेपालीहरुको मन दुखेको मैले नजिकैबाट अनुभव गर्न सकेको छु । पौष तेस्रो साता म काठमाडौंमा थिएँ । एकदिन रत्नपार्क जादै गर्दा त्रि–चन्द्र क्याम्पसको सडकपेटीमा म २–३ जना स्कुले विद्यार्थीहरूको एक सानो झुण्डको अगाडि हिडिँरहेको थिएँ । त्यो झुण्डको एक किशोर आवाज मैले सुनेथेँ – “साला ! मलाई नेपाली भएर जन्मिनु परेको कस्को श्रापले होला !” मलाई त्यो किशोर आवाजले स्तब्ध पा¥यो – “विचरा ! कति निर्दोष छ ऊ ? र, कस्तो विडम्बनापूर्वक आफू नेपाली हुनु परेकोमा दुःखी बनेको ! म चुपचाप अगाडि बढे । त्यो बिडम्बनायुक्त आवाज निकाल्ने किशोरलाई पछाडी फर्केरसम्म हेर्ने साहस गर्न सकिनँ । हुनपनि, उसले बोलेको यो यथार्थले मलाई बिझाएको थियो । हो, ऊ सत्य थियो । उसले महशुस गरेको नेपाली हुनुको पिडा थुप्रै नेपालीहरुको “नेपाली हुनु” को साझा पीडा थियो । बन्द, हडताल, चक्काजाम, राजनीतिक गतिरोध, भ्रष्टचार, नेताहरूको जनता पिडक व्यवहार, दैनिक उपभोग्य बस्तुको अभाव, महंगी, एसएसबी (भारतीय विशेष सीमा सुरक्षा बल) को सीमा मिचाई अनि यी र यस्तै कैयन घटनाक्रमले निराश नेपालीहरूको मनको कुरा मलाई त्यो किशोरले बोलिदिएको जस्तो लाग्यो । ऊ पढ्न हिडिँरहेको किशोर थियो । मलाई जहाँसम्म लाग्छ, उक्त किशोरले आफ्ना सहपाठीहरूसँग अध्ययन सम्बन्धी आफ्ना बुझाई वा देशमा भईरहेका उल्लेखनीय कार्यहरूका बारेमा आफ्ना अनुभवहरू साटफेर गरिरहेको हुनु पर्ने हो । र, म दावाका साथ भन्न सक्छु – शान्त वातावरणमा अध्ययन/अध्यापन कार्य हुन नसकिरहेको यो अवस्थामा त्यो किशोरले अध्ययनसम्बन्धी राम्रा र असल अभ्यासहरू अनुभव गर्न पाएकै छैन् । अनि कसरी बाड्न सकोस् आफ्ना सिकाईहरू ? देशमा उल्लेखनीय र प्रशंसनीय राजनैतिक, सामाजिक वा विकासी अभ्यासहरू हुन सकिरहेकै छैनन् अनि कसरी एक नेपाली भएकोमा गर्व गर्न सकोस् ऊ ? मलाई, अचम्म लाग्ने गरेको छ अचेल यो अव्यवस्था र अराजक संस्कृतिमा हुर्किरहेको नेपाली पुस्ताको भविष्य कस्तो छ आखिर ?!

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...