ए ! भगवान, यो कस्तो व्यङ्गय हो ?

नेपालको राजनीति अनौठो किसिमको हुन्छ भन्ने तपाइँ हामीलाई जानकारी भएकै कुरा हो । अझ यो देशको अगाडि नयाँ भन्ने शब्दावली थपिए पछि काम पनि नयाँ र अनौठो पो हुन थालेका छन् । अब तपाइँलाई लाग्ला– हैन् है ! के अनौठो भएछ फेरि नयाँ नेपालको नयाँ राजनीतिमा ? नआत्तिनुस्, म बताउँदै छु, धैयर्ताका साथ यसलाई पढ्ने काम गर्नोस् ।

खास कुरो के भएको छ भने, जनमत संग्रह विना नेपाल धर्म निरपेक्ष, गणतान्त्रिक देश घोषणा गर्न नहुने बताउँदै आएका रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले आजको दिनदेखि नयाँ अभियान छेडेका छन् । उनको यो अभियान भने केहि पृथक र नेपाली अनौठो लाग्ने खालको आन्दोलन जस्तो छ । यो खासगरी क्रान्तिकारी पार्टीहरुको जस्तो चक्काजाम, नेपाल बन्द वा हडताल गर्ने प्रकृतिको आन्दोलन चैं होइन् । भलै आफ्ना दुई चार सय भरौटेहरु जम्मा पारिएर थालिएको अभियान किन नहोस् तर यसको प्रकृति अनौठो छ र विषय वा सन्दर्भ पनि मजबुत नै छ । उनले नेतृत्व दिएको यो अभियान समयमै संविधान बनाउनलाई दलका नेताहरुलाई खबरदारी गर्नुपर्छ भनेर सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नलाई हो ।

देशका शिर्ष, प्रगतिशिल, क्रान्तिकारी, लोकतान्त्रिक तथा नेपालको सत्ताको बागडोर हामीले नै लिनुपर्छ भन्ने सत्तालोलुप संकिर्ण विचार भएका ठूला भनौंदा दलहरू सत्ता लुछाचुडीको खेलमा नराम्ररी गाँजिएका बेला सानो, प्रतिगामी र राजावादी भनिने दल यसरी समयमै अझ त्यो पनि उनीहरुले नचाहेको गणतान्त्रिक र धर्मनिरेपक्ष संविधान बनाउनुपर्छ भन्ने मान्यताका साथ घरदैलोमा हिड्नु भएन त अनौठो ? अझ मलाई लागेको खुल्दुली त यो कमल थापाको राजनीतिक चालबाजी वा कुटनीति के होला ? वा, सत्ताका लागि डाँको छोडिरहेका माओवादी तथा सत्तामा लिसो झै टाँसिरहन खोज्ने एमाले र काँग्रेसलाई व्यङ्गय पो हो की ? पत्ता लगाउने जिम्मा तपाइँकै !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)