बेनी, म्याग्दी
म्याग्दी जिल्लामा करिब एक दशकदेखि क्रियाशिल रहेको पौलस्त्य साहित्य समाजले यहि वर्षको माघ महिनामा आफ्नो तेस्रो अधिवेशन गर्ने तयारी गरेको छ । समाजका अध्यक्ष भक्त कार्कीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । भक्त कार्कीको अध्यक्षतमा ११ सदस्यीय कार्यकारी समिति रहेको समाजको यहि माघ १६ गते बेनीबजारमा अधिवेशन हुने समाजका उपाध्यक्ष दिपक विर्खचीले बताउनुभयो ।
बिर्खचीका अनुसार कार्यक्रमको प्रमुख आतिथ्यताका लागि वरिष्ठ साहित्यकार सरु भक्त आउनु हुनेछ । कार्यक्रममा म्याग्देली तथा अन्य साहित्यकारहरूको व्यापक उपस्थितिका लागि आवश्यक चाँजोपाजो मिलाइएको समाजका एक क्रियाशिल सदस्य राजकुमार थापाले जानकारी दिनुभयो । समाजको अध्यक्ष पदका लागि दिपक बिर्खची सर्वसम्मतिले निर्वाचित हुने प्रबल सम्भावना रहेको श्रोतले बताएको छ ।
बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।