बेनी, म्याग्दी
म्याग्दी जिल्लामा करिब एक दशकदेखि क्रियाशिल रहेको पौलस्त्य साहित्य समाजले यहि वर्षको माघ महिनामा आफ्नो तेस्रो अधिवेशन गर्ने तयारी गरेको छ । समाजका अध्यक्ष भक्त कार्कीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । भक्त कार्कीको अध्यक्षतमा ११ सदस्यीय कार्यकारी समिति रहेको समाजको यहि माघ १६ गते बेनीबजारमा अधिवेशन हुने समाजका उपाध्यक्ष दिपक विर्खचीले बताउनुभयो ।
बिर्खचीका अनुसार कार्यक्रमको प्रमुख आतिथ्यताका लागि वरिष्ठ साहित्यकार सरु भक्त आउनु हुनेछ । कार्यक्रममा म्याग्देली तथा अन्य साहित्यकारहरूको व्यापक उपस्थितिका लागि आवश्यक चाँजोपाजो मिलाइएको समाजका एक क्रियाशिल सदस्य राजकुमार थापाले जानकारी दिनुभयो । समाजको अध्यक्ष पदका लागि दिपक बिर्खची सर्वसम्मतिले निर्वाचित हुने प्रबल सम्भावना रहेको श्रोतले बताएको छ ।
हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र । दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।