"हत्तेरिका ! फेरी मर्यो यो टाउको लाउनी !" गृहलक्ष्मी राइसकुकरबाट चामलपानी प्रेसरकुकरमा खनाउदै भन्छिन । म सामाजिक बिषयको 'जलस्रोत' पाठको तयारी गर्दैछु। पाठमा टलक्क टल्किने अक्षरमा लेखिएको छ – जलस्रोतमा विश्वमा नम्बर दुई धनी देश, त्रियाशी हजार मेगावाट बिद्युत उत्पादनको अनुमानित गणितिय आकडा ! गृहलक्ष्मी मलाई आवाज दिन्छिन –'के नचाहिने धन्दा हो त्यहा ? आउनुस यो प्रेसरबाट चामलपानी राइसमा खन्याउनुस्, लाइन आयो !''ल आज चै भात छिट्टै पाक्ने भयो' मनमनै बिचार गर्दै म गृहलक्ष्मीको आदेश स्विकार्छु 'धत फेरी चट भयो' सबै चामलपानी राइसमा खन्याउन नपाउदै बिजुली कट ! भएन फसाद ! दुर्लभ ग्यासको खर्च ! मैले अरु सोच्न नपाउदै बिजुलिको पुनरागमन हुन्छ। गृहलक्ष्मी थन्थन गर्दै भात बसाल्न पुग्छिन। आज चै बिद्यालय टाईममा पुगिने भयो मैले हर्शित भावमा अभिब्येक्त गर्छु उनी खिसी गर्दै ओठ लेप्राउछिन – अहिले बिचैमा कट होला अनी !' पाँच सात मिनटसम्म पनि बिजुली कट नभएपछी म खुशी मुद्रामा भन्छु – डार्लिङ तिमी आफ्नो काम गर म मेरो तयारी तिर लागे। पाठमा नेपालको जलस्रोतको व्याख्या पद्ढै गर्दा मन खिन्न हुन्छ कता कता रिस पनि उठे जस्तो गर्छ। आखिर वीर गुर्खालिको सन्तान जो परियो ! एक्कासी २ महिने उत्तराधिकारी च्या च्या गर्न थाले पछी गृहलक्ष्मीको पारो चढने नै भयो – एकछिन बाबुलाई समात्नु पर्यो, निर्दोस छोरासँग रिस उठेर आउछ 'एल्लाई फेरी येही बेलामा रुनु पर्ने?'पाठको तयारी अझै बाँकी छ 'हत्तेरी' मुखबाट उही प्रिय शब्द बहिर आउछ, ऊ धेरै बेर कोकोहोलो गर्दैन उसलाई चूनु गराउन नपाउदै श्रीमतीजी कराउछिन – भात हेर्नोस त एकपटक २५ –३० मिनट भईसक्यो पक्यो कि ! हतार हतार राइस तिर दौडन्छु, बल्ल पानी पो तात्दै हुन्छ। म त्यही अवाक भै उभिराख्छु । टाउको समाएर रुन मन लाग्छ, बिजुलिका मान्छेहरुलाई सराप्न मन लाग्छ । लागेर के गर्नु? गृहलक्ष्मी फेरी कराउछिन –'हैन के भयो भातलाई ?'पाक्यो? "पाक्दै छ ।" साँढे नौ बज्दै गरेको घडी लाई हेर्दै म भन्छु । 'गरेर खान नदिने भए बिजुलीका मान्छेहरुले ! कुन चट फुस्कन्छ मनको बह । बिहे गरेको बर्ष दिनमै बच्चा भईहाल्यो । श्रीमतीलाई अलिअली सहयोग गर्नै पर्यो । भात बेलामा पाक्दैन । बिद्यालय पुग्दा सवा १० बझ्छ । साथीहरु जिस्काउछन – के हो मित्र, बिहे गरेको त बर्ष दिन पुगिसक्यो त अझै पनि ढिला को ढिला ? प्रिय साथीहरुलाई के थाहा मेरो भित्री बेथा ? एउटा कुनाबाट साहित्य शिक्षक ब्यङग कस्छन – हाम्रो सामाजिक सरको १०, त १५ मिनट पछी बझ्छ क्या! मुटुमै प्रहार गर्छन् उनी । चिथोरु जस्तो लाग्छ, नैतीकताले दिदैन –बच्चा जस्तो झगडा गर्न । गृहलक्ष्मी पौने दस बजेतिर पनि पुन चामलपानी खन्याउनमा नै ब्यस्त देख्छु । के गर्नु वीर हुनुको स्राप हो यो । चित्त बुझाउन खोज्छु । मोबाईल बज्छ – स्क्रीनमा देक्छु headmaster calling रीशिव गर्छु, उनी भन्छन – सर आज म स्कुल आउन पाउदिन, नेपाली गुरु र जनसंख्या सर पनि गयल हुने रे तपाईं अली टाईममा गएर म्यानेजमेन्ट गर्नु ल । म सुन्छु मात्र, जबाफ फर्काउन सक्दिन । जय लोडशेडिङ !
बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।