Skip to main content

मेटाएर गईन

समीपमा आई मेरो, जिस्काएर गईन
माया दिन्छु भन्ने आशा, देखाएर गईन

आँशु मेरा झर्न दिइनन् उनी साथ हुँदा
आज एक्लै पारी मलाई, रुवाएर गईन

लाग्थ्यो प्रेम अदभुत छ, उनको अनि मेरो
अनायश दिलमा कतै, विझाएर गईन

राजीनामा जिन्दगीको गरिदिन खोज्दा
पीरतीको चीनो सारा मेटाएर गईन

Comments