नांगा नाचहरू

डान्सबारमा
यौवनाहरूको नांगो तर
सुकोमल र पारदर्शी नृत्यप्रति
औला उठाउनेहरू हो
खबरदार ! बन्द गर –
ती बेफ्वाँकका आपत्तिहरू !
तिनले लुटेका छैनन्
गरिप जनताहरूलाई
तिनले लुछेका छैनन्
देशलाई !
त्यसैले,
खबरदार ! बन्द गर –
ती बेफ्वाँकका आपत्तिहरू !

बरू,
सक्छौ भने गर्न
सडक, सदन र सत्तामा
आफ्नो भद्दा अभिष्टहरूको
देखाईरहेछन् – जसले नांगा नाचहरू
सुस्वागतम् ! बुलन्द पार–
तीनका बिरूद्धमा आपत्तिहरू !
तिनले चुसेका छन्
गरिप जनताहरूलाई
तिनले लुटेका छन्
देशलाई !
त्यसैले,
सुस्वागतम् ! बुलन्द पार–
तीनका बिरूद्धमा आपत्तिहरू !

Comments