Skip to main content

कठै, हाम्रो नेपाली भाषा !

अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलवाल तस्बीर स्रोतः न्यूज२४
हाम्रो देशमा राष्ट्रियताको निकै नै चर्को बहस हुने गर्दछ । विभिन्न उच्च पदस्थ ब्यक्तिहरूले खास खास ऐन मौकामा राष्ट्रियताको मुद्दालाई विशेष जोड दिएर प्रस्तुत पनि गर्ने गरेका छन् । तर मैले बुझ्न नसकेको खास कुरो चाँहि राष्ट्रियताको ठोस अर्थ के रैछ ? खाली सीमा मिचियो भनेर चर्का कुरा गर्नु ? भारतीय सीमा प्रहरी बलको दस्ता नेपाल छिरेर नेपाली कुटे भनेर चर्को कुरा गर्नु मात्र राष्ट्रियताको सवाल हो र ? के राष्ट्रियतासँग नेपाली भाषा र संस्कृतिको प्रयोग पर्दैन ?
पछिल्लो समय, हामीमा एउटा अत्यन्तै अनौठो भ्रम परेको छ – कि, संवाद, छलफल वा भलाकुशारीमा अङ्ग्रेजी शब्दको प्रयोगले हामीलाई बुद्दिजीवीको पगरी मिल्दछ । अधिकांश हामी कथित पढेलेखेकाहरू संवादका समयमा अङ्ग्रेजी शब्दावलीहरूको भरपुर प्रयोग गर्न खोज्दछौं र गर्दछौं पनि । जब कोही शुद्द नेपालीमा बोल्ने प्रयास गर्दछ वा बोल्दछ अनि हामीमध्य धेरैलाई लाग्दछ – त्यो बेफ्वाँकको नाटक हो ! अङ्ग्रेजी शब्दावलीहरूको प्रयोगका विषयमा धेरैपटक थुप्रै मान्छेहरूसँग मेरो घनिभूत छलफल भएको पनि छ । महाकवी देवकोटाको शब्दलाई सापटी लिएर भन्दा त्यस्ता "अङ्ग्रेजीबाज चश्मा" ढल्काएकाहरूको मिजास बिर्सनलायककै हुन्छ । केहि अङ्ग्रेजीबाज चश्मा ढल्काउनेहरूको जिकिर छ कि अङ्ग्रेजी शब्दहरूको प्रयोग विना संवादमा सरिक हुन उनीहरूका लागि कठिन छ । बानी परिसक्यो । केहिले त यसो पनि भन्छन कि नेपालीमा भन्दा अङ्ग्रेजीमा बोल्नु सजिलो छ । तर ख्वै किन हो आफू त जन्मदाको पहिलो रूवाईमा नै नेपाली लवज लिएर आइयो, पहिलो शब्द आमा सिकियो, बाबा भनियो, पापा, चिची, दादा, दिदी, माम भनेर जानियो । त्यसैले पनि होला, नेपाली भाषाप्रति निकै नै लगाव छ । तर ख्वै यी अङ्ग्रेजीबाजका घरका सबैजना अङ्ग्रेजीका धुरन्धर ज्ञाता थिए हुनन र नेपालीभन्दा अङ्ग्रेजी सहज लागेको होला । परन्तु, सरकारी अधिकारीहरूले नेपालीभाषालाई यसरी हेयका भावले नहेर्नु पर्ने नि !
एउटा यस्तै अङ्ग्रेजीबाज चश्मा पहिरिएका प्रहरीका उच्चपदस्थ अधिकारी नवराज सिलवालले बहुचर्चीत बहसमूलक कार्यक्रम 'साझासवाल' मा प्रयोग गरेको अङ्गेजी शब्दहरू सुन्दा मलाई चाँहि भाउन्नै भएर आयो । मलाई चित्त यस अर्थमा बुझेन कि कार्यक्रममा सरिक सहभागी मध्ये धेरैले उनको कुरोलाई कसरी बुझे होलान् ? के उनी कार्यक्रममा सरिक सहभागीहरूले बुझ्ने गरेर सरल नेपाली भाषामा आफ्ना कुराहरू राख्न सक्दैनथे होला ?
करिब ४५ मिनेटको कार्यक्रममा उनले मुश्किलले ७-८ मिनेट आफ्ना भनाइ राखे हुनन् । संवादको शुरूवात नेपाली शब्द 'निश्चय नै' को समानअर्थी अङ्ग्रेजी शब्द 'Obviouslyबाट आरम्भ गरेका उनले अन्तिम अङ्ग्रेजी शब्द 'Intervene'  जसको समानअर्थी नेपाली शब्द 'हस्तक्षेप गर्नु' को प्रयोग गरिन्जेल ७० भन्दा बढि अङ्ग्रेजी शब्दहरूको प्रयोग गरेका छन । उक्त छलफलमुलक कार्यक्रममा उनले झण्डै १० प्रतिशत भन्दा बढि अङ्ग्रेजी शब्दहरूको प्रयोग गरेका छन । एउटा उच्च पदस्थ सरकारी कर्मचारीले यसरी अङ्ग्रेजी शब्दको ब्यापक प्रयोग गर्नुलाई म एक सचेत नागरिकको हिसाबले कुनै पनि कोणबाट यसको म सकारात्मक विश्लेषण गर्न अस्वीकार गर्दछु । 

नवराज सिलवालले साझा सवालमा प्रयोग गरेका अङ्ग्रेजी शब्दहरूः-

Obviously , Register , Victim, Policy, Rape, Sexual harassment, Attention, Initiative, Concerned, Investigation, SP, Team, Command, Instantly, Unprofessionally, Establish, Generalize, Community, Exactly, Isolation, Support, Media, Majority of, Sensitive, General policy, Informally, Resolve, Right, Sexual offences, Police, Major, Distorted(कुरो बङ्ग्याइएको भावमा), Address (सम्बोधन), Individual, Officer, Case, Amend (सुधार), Take care, Social work, Satisfaction, Sure, Report, Double-victimized, Commitment, Topmost priority,Political party, Organization, Full commitment,  Re-address, Influence,Hundred percentages, Directorate (निर्देशनालय), Resource mobilize, Office, Authority, Assurance(वाचा), Differences, Domestic violence (घरेलु हिंसा), Elements, Justice, Protection, Correction, Access (पहुँच, सुलभता), Internal mechanism (आन्तरिक संयन्त्र), Complain, All in all, Major-issue, Head quarter, Local, Monitor, Intervene 

र, कार्यक्रम नहेर्नुभएको भए तल हेर्नुस --

Comments

  1. भाषा आफैमा माध्यम हो । यसलाई त्यसैको आलोकमा हेरियो भने त्यसबाट नतिजा निस्कन्छ । कुनैपनी भाषा आफैमा निर्विकल्प नहुने तथ्यलाई स्विकार गरेर आफ्नो अनुकुलता र सर्वसाधारणले बुझ्ने गरी जुनुकुनै भाषाका राम्रा शब्दलाई स्थानियकरण गरिनुमा नै भाषाको सम्मृद्धि सम्भव छ । यस अर्थमा निराजन भाईको चासो र चेतनालाई सराहना गर्दै आजको विश्वमा व्यक्तिको अभिव्यक्तिको विराटतालाई केवल भाषाको साँचोमा राखेर सिमित गर्न खोज्नु चै हुँदैन कि भन्ने मेरो मत रह्‍यो । चाहे त्यो कुनै ओहोदामा रहेको होस् या सामान्य नेपाली ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...