Skip to main content

Posts

चे ग्वेभाराको स्मृतिमा

बगैंचामा कतै एउटी सुन्दरी नवयौवनाको कसिलो अङ्गालोमा बेरिने उमेरमा तिमी, खोजको यात्रामा निस्क्यौ यस्तो यात्रा - जहाँ तिमीले असमानता भेट्यौ, असाक्षर भेट्यौ र भेट्यौ - अभाव, विभेद र थिचोमिचो ! रोकेन तिमीलार्इ - तिम्रो वैभवताले ! छेकेन तिमीलार्इ - तिम्रो नीजि विवशताले ! न लठ्याउन सक्यो तिमीलार्इ ब्युनर्सआयर्सको रमझमले ! न पगाल्न सक्यो - प्रियतमाको प्यारले ! सायद त्यसैले पो हो कि आफ्नो देशको भूगोल नाघेर हजारौ माइलको अर्को भूगोलमा निरङ्कुशताको क्रुरर पञ्जामा पिल्सिएका निरूपायहरूलार्इ तिमीले स्वजातिय मान्यौ अनि लामबद्द भयौ - रातो क्रान्तिमा ! प्रिय फुसर, प्रिय चे ए, प्रिय कामरेड थाहा छ ? मेरो युगलार्इ पनि एक क्रान्तिकारी आवश्यक छ - जो सकोस त्याग्न प्रियाको आलिङ्गन नकार्न सकोस नीजि वैभवता अस्वीकार गरोस असमानता, अभाव, विभेद र थिचोमिचो अनि लामबद्द हुन सकोस् रातो क्रान्तिमा मुक्तिको युद्दमा हो, प्रिय कामरेड खाँचो छ त्यस्तो ब्यक्तिको जो गर्न सकोस नेतृत्व लडार्इ समानताको !

साला नेताहरुले देश खत्तम पारे !

एउटा बाबा आफ्नो अभिभावकत्व राम्ररी निर्वाह गर्न सक्दैन । बिहान उठ्दा बित्तिकै भट्टीतिर लाग्छ । टिल्ल परेर राती अबेरमात्र घर फर्कन्छ । आफ्ना सन्तानसन्तती र श्रीमतीको भरणपोषणमा कुनै ध्यान दिदैन । तैपनि आफ्ना जड्याँहा साथीहरुसँग हरेक साँझ आफ्ना असफल जिन्दगीको तिक्तता पोख्दछ – साला नेताहरुले देश खत्तम पारे ! भर्खरमात्र आफ्नो शिशुको पास्नी उम्काएकी एउटी आमा आफ्ना स्तनका स्वरुप बिग्रने भयले शिशु पाँच/छ महिना पुग्दासाथ स्तनपान गराउन छाड्छे । शिशुको स्याहारसुसारमा भन्दा बढ्ता आफ्नो सुन्दरता कायम राख्नमा ब्यस्त हुन्छे । बुढीभएकी सासुआमासँग गुनासो गर्नमै कति समय गुजार्छे । फेरि पनि आफ्ना दामली नवविवाहिताहरुसँग देशको राजनीति बिग्रेकोमा गुनासो गरेकै हुन्छे – फटाहा नेताहरुले सबै खत्तम पारे । देश लथालिङ्ग पारे ! एउटा रोजगार युवक आफ्नो काम कहिल्यै समयमा गर्दैन । आफ्नो कामप्रति ऊ कहिल्यै जिम्मेवार बन्दैन । सहकर्मीहरुसँग आफ्नो हाकिमका बारे गुनासो गरिरहन्छ । सार्वजनिक यातायातमा भाडा बचाउन कलेज नपढेपनि बिद्यार्थीको नक्कली परिचयपत्र बनाएर बिद्यार्थी सहुलियतको फाइदा लुट्छ । पैसा बचत गर्न नसकेकोमा विदेशिने...

प्रवेशिका परीक्षा र जिन्दगीको परीक्षा

२०५८ को आषाढको दोश्रो हप्ता बिहानै रेडियोमा समाचार आयो – परिक्षा नियन्त्रण कार्यालयले २०५८ बैशाखमा लिएको प्रवेशिका परीक्षाको नतिजा प्रकाशित गरेको छ । रेडियोले स्वच्छन्द स्वङ्मेनले नेपाल टप गरेको पनि भन्यो । त्यसपछि के के भन्यो त्यो मैले चासो दिईन । मसँगै रेडियो सुनिरहनुभएको मेरो बुबाले मलाई मेरो सिम्बोल नम्बर सोध्नु भयो र बेनीतिर हानिनु भयो । प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा म ढुक्क थिएँ । एउटै मात्र घिडघिडो थियो कि विजयले (कक्षाका प्रथम छात्र) जित्लान वा मैले जितुँला ? त्यो सबै लब्धाङ्कपत्र आएपछि जानकारी हुने कुरो रह्यो । बेलुका बुबालाई पर्खेर बसिरहेको म उहाँको मुहारमा धपक्क बलेको चमकले निकै नै खुशि भएँ, अनि बुबाले भन्नुभयो – फर्स्ट डिभिजन ! बुबाले सधैं बोक्ने गरेको झोलाबाट कालो प्लाष्टिक निकालेर दिनुभयो र भन्नुभो – जा, गएर आमालाई दे । यसो चिहाएको त्यो खसिको मासु थियो । आमाले गुनासो गर्दै भन्नुभयो – “मासु किन ल्याउनुभएको ? बाबुलाई खीर मन पर्छ, मैले बाटाघर काईली दिदीलाई भनिसकेकी छु पाँच माना दूध !” त्यो दिन हाम्रो परिवारको लागि विशेष दिन थियो । यसैमेसोमा मैले बुबालाई सोधेँ – बुबा, हजुरक...

हराएको सामान नहराउने देश

“अस्ती काम परेर तिमीलाई कल गरेको थिएँ, कल ‘रिसिभ’ पनि भएन, पछि कल ‘ब्याक’ पनि गरिनौं !” मे महिनाको अन्तिम दोश्रो हप्तातिर सहपाठी शिल्पासँग गुनासो गरेको थिएँ मैले । जवाफमा उनले आफ्नो मोबाइल हराएको जानकारी गराएकी थिईन । गुनासो गरिरहेको मलाई सहानुभूति प्रकट गर्न कर लाग्यो । र, ढाढस दिदै भनेँ –“भेटिन्छ, चिन्ता नलेऊ । धेरैले भनेको सुनेको छु यहाँ हराएको सामान नपाउने भन्ने हुँदैन ।” उनले पनि मैले जस्तै सुनेकी रहिछिन । खैर मलाई मनमनमा लागेको थियो – पाँचसात सय यूरोको मोबाइल ख्वै के भेटिएला र ?! यसो सोच्दछु, हाम्रो देशाँ एउटा केही सामान भेटियो भने सबभन्दा पहिले त्यो भेट्ने मान्छेले भगवानले जुराइदिएको ठान्छ । र, स्वतः आफ्नो स्वामित्वमा आएको ठान्दछ । मलाई राम्ररी याद छ, तिनताका म मावल बस्थेँ र आठ नौ बर्षको थिएँ । एकदिन मभन्दा २/३ वर्ष कम उमेरको एकजना छिमेकी भाइसँग बाटोमा हिड्दै थिएँ । मैले र त्यो भाइले एकसाथ आइसी सयको नोट बाटोमा देख्यौं । ऊ पनि – "उ पैसा" भन्ने मैले पनि "ओहो पैसा" भन्ने एकैसाथ भो' । म खुर्र दगुरेर पैसा टिपेँ र मामाघरतिर बुर्कुसी मारेँ । त्यो मेरो फुच्चे भाइ...

अल्छी म

तीन हप्ता बितिसकेछ, ब्लगमा केहि पनि नलेखेको !  लेख्ने थुप्रै सन्दर्भहरू थिए र छन पनि किन्तु लेख्नलार्इ मन नै लागेन । मे को अन्तिम हप्ताबाट मैले आफ्नो दुर्इ सेमेस्टर (सत्र) अध्ययन पनि सक्काएँ । र, अचेल स्कुल छ्रट्टी भएको छ । तीन महिना जति विदा । तीन महिना िछुट्टीको समयमा बल गरेर काम गर्नु छ । यतिखेर, यता आउँदाको लागत उठाउने एउटै मात्र उद्देश्य छ । त्यसकारण हिजाँल मेरो दिमागमा लेख, रचनाभन्दा पनि पानी जहाजका क्याविन, विस्ताराहरू, शौचालय र स्नानगृहका तस्वीरहरू छ्यालछ्याल्ती खेलिरहेका हुन्छन् । फेरि यसै हप्ता, गत सेप्टेम्बरदेखि बस्दै आएको यारभेनपाबाट हेलसिन्की सर्ने मेसो परेकाले पनि लेख्ने काममा खास फुर्सद नमिलेकै हो । अतएवः यो तीनहप्ताका दौरान मैले नजिकबाट चियाएका केहि दृश्यहरू यहाँहरूका लागि सम्प्रेषण गर्दैछु ।  शुरूको तस्वीर अस्ती यारभेनपाबाट फर्कने बेलामा खिचेको हुँ । क्यूरोला रेल्वे स्टेशनको दायाँपट्टी रहेको फिल्डमा भर्खर गहुँको मुना टुँसाएका रहेछन् । यसो हेरेको आधा दर्जनजति बुख्याँचाहरू देखेँ । गाउँघरतिर त देखेकै हो, तर यता मैले यस्तो देखेको थिइँन । धेरै दिनसम्म दे...

सुरभित तिमी

म अकिञ्चन* म नादान* असमर्थ छु म सुन्दरताको तिम्रो गर्नलाई बख्यान । ख्वै ढाँटेर वा साँच्चिकै पौडिदै नयनहरुमा आफ्ना प्रियतमाका भन्छन् प्रेमीहरु, अहाँ ! कति सुन्दर ? नयन प्रियसीका मेरा ! अरुलाई जस्तो लागोस् परन्तु, तर मलाई लाग्छ तिम्रा दुई चक्षुहरु ती हुन मरभुमीका एक जोर रोहोटाहरु* जो छन उस्तै सुप्रदिप्त जसमा पाउँदछु म प्रेमका अगाध – छालहरू ! हुन्छन् कहाँ सुन्दर ती कस्मेटिक नागरीहरू* जो दुर्गन्ध छरिहरहेछन् हर साँझ – सुन्दरताको ! सुँघ्छु जब म सुरभित* तिमीलाई लाग्छ फिक्का ती मलाई प्रशोधित वासनाहरु कस्मेटिक नागरीहरु ! तिमी शैवाल* झैं सदावहार छ्यौ तिमी सतिसाल झैं अटल छ्यौ हो, तिमी अतुलनीय छ्यौ । तिम्रो सूक्ति* तिम्रो सुषमा* पाइँदैनन् ती खोजेरपनि रत्ति, कस्मेटिक नागरीहरुमा किनभने तिमी झैं छैनन तिनीहरू साँच्चि थाहा छ ? तिमी प्राकृतिक हौ, उनीहरु निर्मित हुन । कृत्रिम झलमलीमा अलमल्ल म, म अकिञ्चन, म नादान त्यसैले छु असमर्थ सुन्दरताको तिम्रो गर्नलाई बख्यान । *शब्दार्थः सुरभित – सुगन्धित, सुवासित रोहोटो – पानी जमेको सानो खाल्टो सुषमा – परमशोभा सूक्त...

आमा महान छिन् उनलाई नबिर्स !

आमासँग । तस्बीरः स्वयं ”बाबु, मैले भाततरकारी पकाएर राख्देकी छु, आफू पनि खानु अनि भाईलाई पनि ख्वाउनु । खानेबेलामा कल नगरी खानु नी फेरि । त्यहाँ कल गरेको थाहा पाएँ भने बेलुका तिमेरुलाई मैले जान्या छु !” हामीलाई बिहानको चिया ख्वाईसकेपछि, पिढीमा बसेर गुहकार्य गरिरहेका हामीहरुलाई डोको बोकेर घाँस काट्न जान ठिक्क हुनुभएकी हाम्री आमाले प्रत्येक भोर मलाई यसैगरी सम्झाउनु हुन्थ्यो । त्यसपछि आमा घाँस काट्न लाग्नुहुन्थ्यो । भाई पुलुक्क मतिर हेर्थ्यो । म आँखा तरेजस्तो गर्थे ।   आमा घाँस काट्न गैसकेपछि हामी चाँहि भान्छातिर दगुरी हाल्थ्यौं । आमाले भनेजस्तो कहिल्यै पनि झगडा नगरी खाना खाने काम गरेनौं हामी दुईभाईले । जहिले झगडा हुन्थ्यो, कसले पहिले पस्कने भन्ने विषयमा, कसले पस्कदा धेरै भात भुँइमा छर्यो र त्यो छरिएको भात कसले टिप्ने भन्ने कुरामा, अनि कुँडेबाट दुध हाल्दा कसले एक डाडु दुध धेरै हाल्यो र किन बराबर गरेन भन्ने विषयमा । दाई भएकाले अलि दादागिरी मेरै हुन्थ्यो, भाईपनि जण्डै हो मान्छे ऊ पनि लड्न कस्सिन्थ्यो । अन्तिममा रुने उही हुन्थ्यो । फकाउने म हुन्थेँ । “पैसा भएको बेलामा पाँच रुपैया दिन्छु...