Skip to main content

मेरो एउटा छिमेकी दाई

उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ–  उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं । 

म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट एक मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नुभयो, अनि मैले चाँहि उहाँलाई तँपाई भनेर बोलाउन थालेँ । प्रदिप दाई आफूभन्दा ठूला सबैलाई “तपाइँ”को सम्बोधन गर्नुहुन्थ्यो । जबकी केहि अपवादबाहेक गाउँमा साना मान्छेहरुपनि ठूलाहरुलाई तिमी भनेर सम्बोधन गर्ने गर्दथे ! अझ झन दलितहरुलाई त जति नै बुढा हुन क्षत्री मगरका बच्चाहरू तँ भनेरै सम्बोधन गर्ने गर्थे ! प्रदिप दाईले मानिसहरुलाई सम्मानपूर्वक गरेको सम्बोधनले मलाई पनि एउटा चेतना प्राप्त भो, जसकारण मैले बिस्तारै उहाँलाई पछ्याउन थाले । आफूभन्दा ठूलो उमेरकाहरुलाई ‘तँपाइ’ र आफ्नो उमेरका वा सानाहरुलाई ‘तिमी’ भनेर सम्बोधन गर्न थालेँ !

प्रदिप दाईको छुट्टै सुत्ने कोठा थियो । जसलाई दाई कोठी भन्नुहुन्थ्यो । त्यो सानो र एउटा मान्छेका लागि पर्याप्त ठाउँ भएको कोठा थियो । कोठीलाई दाई चिटिक्क पारेर राख्नुहुन्थ्यो । रामकृष्ण ढकालको विशेष प्रशंसक उहाँले ढकालका सबै गितीसंग्रहहरु संकलन गरेर राख्नुभएको थियो । उहाँ ढकालको बाहेक अरुको गीत मुश्किलले सुन्नुहुन्थ्यो ! उहाँबाट प्रभावित भएपछि मैले पनि मलाई मन पर्ने गायक नविन के भट्टराईका गितीसंग्रहहरु संकलन गर्न थालेको थिएँ । प्रदिप दाईले नवयुवा र युवामञ्च खुबै पढ्नुहुन्थ्यो उसबेला । जसको लत ममा पनि सर्न पुग्यो । र, मैले पनि उहाँबाट नवयुवा र युवामञ्च लिएर पढ्न थालेँ । यसरी किताबी ज्ञानबाहेक बाहिरी संसारका खासखास गतिविधीहरूप्रति जिज्ञासा राख्ने बानीको विकास ममा उहाँको संगतले नै मिलेको हो । 

प्रदिप दाईले मलाई निकै नै माया गर्नुहुन्थ्यो । खासगरीकन आफूभन्दा सानाहरुलाई अत्यन्तै माया गर्ने र मायालु नामले सम्बोधन गर्ने बानी थियो उहाँमा । त्यसकारण केहि मान्छेहरुले उहाँलाई काउलो पार्न जानेको छ भनेर कुरा पनि काट्थे । तर मलाई उहाँले मेरो नामको छोटो मायालु नाम बनाएर सम्बोधन “निरु” भनेर गर्दा, सुन्दा केटीको जस्तो लागेपनि उहाँले यसरी बोलाउँदा मलाई अपार खुशी लाग्थ्यो । उहाँ नै पहिलो ब्यक्ति हो जसले मलाई त्यो प्रिय उपनामले बोलाउनु भो ।

नश्लवादीहरुको आरोप छ लिम्बु अनि मगरहरुको रिस कडा हुन्छ । रिसाए भने मान्छे मारेको थाहा पाउँदैनन् ! तर मेरो प्रदिप दाई पनि मगरै हो, उहाँले रिसाएको, मान्छे कुटेको वा झगडा गरेको कहिल्यै थाहा पाइँन मैले । बरु छिमेकमै कसैको घरमा झगडा हुँदा छुट्याउन जानेमा उहाँ अगाडि सर्नुहुन्थ्यो । मलाई राम्ररी सम्झना छ – एकदिन यस्तै एउटा पारिवारीक झगडा छुट्याउन जाँदा उहाँलाई एक झगडालु बाजेले थप्पड हानेका थिए तर उहाँ थप्पड खाँदा पनि फेरि छुट्याउन जोर गर्दै हुनुहुन्थ्यो । अन्ततः उहाँले त्यो झगडा साम्य पारेरै छाड्नुभएको थियो । पछि मलाई मेरी आमाले पनि भन्नुभएको थियो – प्रदिप साँच्चीकै क्षमाशील मान्छे हुन !

समग्रमा भन्दा मैले प्रदिप दाइको संगतबाट दुईवटा महत्वपूर्ण पाठ सिकेको छु – पहिलो, सबैसँग मिलेर बस । शान्तपूर्वक बाँच र अरुलाई पनि शान्तपूर्वक बाँच्न प्रोत्साहन देऊ । दोश्रो, आफूभन्दा साना मान्छेहरुको भावनालाई कदर गर । उमेरले आफूभन्दा सानो मान्छे भन्दैमा उसको विचार तिम्रो भन्दा तुच्छ भन्ने हुँदैन !

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...