श्रावण महिनाको २३ गते म्याग्देली शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सोमबहादुर बोगटीको देहावसान भएको छ । रत्नेचौर गाविस वार्ड नं. १ का बासिन्दा बोगटी पृथ्वी नारायण क्याम्पसको स्थापनामा पनि सक्रिय सहभागि हुनु भएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक वातावरणलाई अनुशासित र नियमित गर्ने कार्यमा उहाँले निभाउनु भएको भूमिका प्रशंसनीय रहेको छ । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा विद्रोहको आगो ओकल्नहरुको अग्रपंक्तिमा उभिई आफ्नो बलिदानीका लागि उहाँ कहिल्यै पछि हट्नु भएन । पछिल्लो समय शैक्षिक क्रियाकलापमा उति सक्रिय नदेखिए पनि श्री भानु मा.वि.रत्नेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही आफ्नो काममा खटिरहनु भएको थियो । उहाँको देहावसानले म्याग्दीले एक अनुशासित र संघर्षशिल शैक्षिक सिपाही गुमाएको कुरामा कसैको दुई मत नरहला । स्व. बोगटीको आत्माको चीर शान्तिका लागि म भगवान्सँग प्रार्थना गर्दछु । साथै उहाँले प्रशस्त गरिदिएको शैक्षिक यात्रामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् !
" नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि, मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् । जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो । यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...
really he is academic hero of myagdi and did a lot as much as he can offer.i pay respect bogati sir through my bottom of my heart.may his soul get rest in heavan.thanks for paying ur tribute towards bogati sir, together with letting ordinary peaple regarding him.
ReplyDelete