Skip to main content

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १


अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ? तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन् – “हो र भनेको ? तिम्रा अनुभव छन् त ?” ईश्या नै लाग्ने गरि उनले दुईचार अनुभवहरु सुनाएका पनि थिए, तर पनि मैले ती दुई थान युवतीहरुले जिस्काउँदा पनि साहस गरिनँ भन्नलाई – ओलेत्ते काउनीता ! (तिमीहरु च्वाँक छौ !) र, सरासर रेल बिसौनीतिर लागेँ – उनीहरुकै पछिपछि, तर बिस्तारै !
रेल बिसौनीमा मेरो झन बिजोग । नक्कलीहरु त त्यहाँ पनि पुगेका । कस्सो एक बिसौनी उता गएर झरेँ । उनीहरु झरेर गएपछि कुनै पनि किशोरी उपस्थिती देख्नू नपरोस् भन्ने मेरो कामना थियो । ह्यामिलिना पुगुन्जेल सम्म मेरो मनोकामना पनि पूरा भैसकेको थियो । उप्रान्त कोही नक्कलीहरु ब्यहोर्न परेन । निर्धक्कसँगको यात्रा भो !
बिसौनीमा मेरा मित्र सञ्जीव मेरै प्रतिक्षामा थिए । दौडेर उनी छेऊ पुगेँ म । अभिवादन साटासाट भएपछि, हामीहरु उनको निवासस्थानतर्फ लाग्यौं । बाटोभरी दुवै जनाको एउटै गुनासाहरु रहे – पढाईको चाप, अपूरा गृहकार्यको तनाव, सँगै आएका साथीभाईले हल्का फुल्का काम पाईसकेको अवस्थामा आफूहरुले भने अझै काम नभेट्टाईरहेको अवस्था, रित्तिदो बैङ्कको खाता, फिनल्याण्डको हिउँमा फूल्छन् भनिएका सपनाहरु आदिआदि विषयहरुमा बाटैभरी कुरा भए । सायद कुरा ननिस्किन्थे भने मैले सञ्जीवसँग अलिअलि दुखेसो पनि पोख्थे होला । किनकी, रेल बिसौनीबाट १५ मिनेटको दूरीमा बासस्थान रहेको बताएका थिए उनले तर ४५ मिनेट पूरै खर्च भयो– त्यहाँ सम्म पुग्नलाई । कोठामा पुगेपछि मात्र झुट बोल्नुको रहस्य खोले मित्रले – “अब ४५ मिनेट लाग्छ भनेको भए तपाइँलाई हिड्न पनि उत्साह लाग्ने थिएन नी त्यो भएर १५ मिनेट भनेको क्या !” असहमत हुनुको तुक थिएन । तसर्थः उनीसँगै बस्ने अर्का मित्र तथा भाई भूपेन्द्रले तयार पारिसकेको दाल, भात, कुखुराको मासु र अचार तीनैजना मिलेर कपाकप खायौं । खाना खाँदै गर्दा भाई भुपेन्द्रले सुनाए – “दाई आज क्लब जाने भन्दैछन् केटाहरु, जानुपर्छ हैं ।” सञ्जीव उत्साहित हुँदै मलाई फकाउँदै थिए – “गुरु, यस्तो मौका घरिघरी आउँदैन, केटाहरुसँग चिनजान पनि हुन्छन् जानुपर्छ हामीपनि !” 
रातीको एघार बज्दै थियो । शुक्रबारको साँझ ह्यामिलिनाका धेरै युवायुवतीहरुको रोजाइमा पर्ने ह्यानिबल क्लबमा म, सञ्जीव र भूपेन्द्रबाहेक अरु तीनजना नेपाली साथीहरु पनि पुग्यौं । साढे दुई यूरो प्रवेश शुल्क तिरेर के भित्र छिरेको थिएँ – आँखा गएर चार थान युवतीहरुमा एकैपटक ठोक्किए मेरा । युवतीहरु मज्जासँग वाइन पिउँदै थिए, मैले कोला मगाएँ – ठूलो । उता केटाहरु बियर समातिरहेथे । बडो उत्साहित साथीहरु सुनाउँदै थिए – “यो त टप क्लब हो ।” अर्को सुनाउँदै थियो – “च्वाँक च्वाँक केटीहरु आउँछन् यार यहाँ !” झन अर्कोले थप्यो – “बार्‍ह बजेपछि तल भुइँतलामा डान्स हुन्छ । अहिले यहाँ चाँहि मज्जाले पिउनुपर्छ ।” अगाडिदेखि कुनापट्टि गेम मेशिनको आडैमा बसेको अर्को साथीले चाँहि भिडियो गेम खेल्ने ईच्छा जाहेर गर्‍यो । खेल्नलाई पैसा छिराउनुपर्ने रहेछ माथिको दुलोमा, सिक्का रहिन्छ । उसलाई चुपचाप बसेको देखेको साथीले २० सेन्ट दियो । उसले त्यो दूलोभित्र छिरायो, गेम सुचारु हुन सकेन । कारण पैसो पुगेन । खेल्नलाई २ यूरो चाँहिदो रहिछ, १ यूरो ८० सेन्ट पुगेन, कसले दिने त्यो ? सबै चुपचाप । केटो बिच्कियो – हत्तेरी फोकटमा नेपाली २० रुपैयाँ गयो । बियर लागिसकेको अर्को साथी चाँहि बार्‍ह बज्न ढिला गरेकोमा असन्तुष्ट थियो । डान्स क्लबको पहिलो तलामा अलि पट्यार लाग्दो तरिकाले एक घण्टा बित्यो हाम्रो । अझ बिचबिचमा यौवनमा लुछुप्प भिजेका तरुनीहरु क्लबभित्र छिर्दैनथे भने झन कति अत्यास लाग्दो हुन्थ्यो होला त्यो रात? फाट्टफुट्ट गर्दै युवायुवतीहरुको बाक्लै भिड जम्मा भो । बार्‍ह पनि बज्यो । सबैजना भूमिगत कोठामा झरेँ । यसो हेरेको मेरा वरिपरी साथीहरु नै छैनन् । म भन्दा केहि अगाडि उनीहरुलाई हिडेको देखेँ – केहि थान कस्मेटिक युवतीहरुको पछाडिपछाडि । भर्‍याङनेरै पुग्दा मैले आफूलाई पनि पाएँ कसैको पछाडि । मेरा अगाडि हिलमा हिड्दै थिईन – एउटी युवती । 
7 comments

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…