Skip to main content

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ?

 तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन् – “हो र भनेको ? तिम्रा अनुभव छन् त ?” ईश्या नै लाग्ने गरि उनले दुईचार अनुभवहरु सुनाएका पनि थिए, तर पनि मैले ती दुई थान युवतीहरुले जिस्काउँदा पनि साहस गरिनँ भन्नलाई – ओलेत्ते काउनीता ! (तिमीहरु च्वाँक छौ !) र, सरासर रेल बिसौनीतिर लागेँ – उनीहरुकै पछिपछि, तर बिस्तारै !

रेल बिसौनीमा मेरो झन बिजोग । नक्कलीहरु त त्यहाँ पनि पुगेका । कस्सो एक बिसौनी उता गएर झरेँ । उनीहरु झरेर गएपछि कुनै पनि किशोरी उपस्थिती देख्नू नपरोस् भन्ने मेरो कामना थियो । ह्यामिलिना पुगुन्जेल सम्म मेरो मनोकामना पनि पूरा भैसकेको थियो । उप्रान्त कोही नक्कलीहरु ब्यहोर्न परेन । निर्धक्कसँगको यात्रा भो !

बिसौनीमा मेरा मित्र सञ्जीव मेरै प्रतिक्षामा थिए । दौडेर उनी छेऊ पुगेँ म । अभिवादन साटासाट भएपछि, हामीहरु उनको निवासस्थानतर्फ लाग्यौं । बाटोभरी दुवै जनाको एउटै गुनासाहरु रहे – पढाईको चाप, अपूरा गृहकार्यको तनाव, सँगै आएका साथीभाईले हल्का फुल्का काम पाईसकेको अवस्थामा आफूहरुले भने अझै काम नभेट्टाईरहेको अवस्था, रित्तिदो बैङ्कको खाता, फिनल्याण्डको हिउँमा फूल्छन् भनिएका सपनाहरु आदिआदि विषयहरुमा बाटैभरी कुरा भए । सायद कुरा ननिस्किन्थे भने मैले सञ्जीवसँग अलिअलि दुखेसो पनि पोख्थे होला । किनकी, रेल बिसौनीबाट पन्ध्र मिनेटको दूरीमा बासस्थान रहेको बताएका थिए उनले तर ४५ मिनेट पूरै खर्च भयो– त्यहाँ सम्म पुग्नलाई । 

कोठामा पुगेपछि मात्र झुट बोल्नुको रहस्य खोले मित्रले – “अब ४५ मिनेट लाग्छ भनेको भए तपाइँलाई हिड्न पनि उत्साह लाग्ने थिएन नी त्यो भएर १५ मिनेट भनेको क्या !” 

असहमत हुनुको तुक थिएन । तसर्थः उनीसँगै बस्ने अर्का मित्र तथा भाई भूपेन्द्रले तयार पारिसकेको दाल, भात, कुखुराको मासु र अचार तीनैजना मिलेर कपाकप खायौं । 

खाना खाँदै गर्दा भाई भुपेन्द्रले सुनाए – “दाई आज क्लब जाने भन्दैछन् केटाहरु, जानुपर्छ हैं ।” सञ्जीव उत्साहित हुँदै मलाई फकाउँदै थिए – “गुरु, यस्तो मौका घरिघरी आउँदैन, केटाहरुसँग चिनजान पनि हुन्छन् जानुपर्छ हामीपनि !” 

रातीको एघार बज्दै थियो । शुक्रबारको साँझ ह्यामिलिनाका धेरै युवायुवतीहरुको रोजाइमा पर्ने ह्यानिबल क्लबमा म, सञ्जीव र भूपेन्द्रबाहेक अरु तीनजना नेपाली साथीहरु पनि पुग्यौं । साढे दुई यूरो प्रवेश शुल्क तिरेर के भित्र छिरेको थिएँ – आँखा गएर चार थान युवतीहरुमा एकैपटक ठोक्किए मेरा । युवतीहरु मज्जासँग वाइन पिउँदै थिए, मैले कोला मगाएँ – ठूलो । उता केटाहरु बियर समातिरहेथे । 

बडो उत्साहित साथीहरु सुनाउँदै थिए – “यो त टप क्लब हो ।” 

अर्को सुनाउँदै थियो – “च्वाँक च्वाँक केटीहरु आउँछन् यार यहाँ !” 

झन अर्कोले थप्यो – “बार्‍ह बजेपछि तल भुइँतलामा डान्स हुन्छ । अहिले यहाँ चाँहि मज्जाले पिउनुपर्छ ।” 

अगाडिदेखि कुनापट्टि गेम मेशिनको आडैमा बसेको अर्को साथीले चाँहि भिडियो गेम खेल्ने ईच्छा जाहेर गर्‍यो । खेल्नलाई पैसा छिराउनुपर्ने रहेछ माथिको दुलोमा, सिक्का रहिन्छ । उसलाई चुपचाप बसेको देखेको साथीले २० सेन्ट दियो । उसले त्यो दूलोभित्र छिरायो, गेम सुचारु हुन सकेन । कारण पैसो पुगेन । खेल्नलाई २ यूरो चाँहिदो रहिछ, यूरो ८० सेन्ट पुगेन, कसले दिने त्यो ? सबै चुपचाप । केटो बिच्कियो – हत्तेरी फोकटमा नेपाली २० रुपैयाँ गयो । 

बियर लागिसकेको अर्को साथी चाँहि बार्‍ह बज्न ढिला गरेकोमा असन्तुष्ट थियो । डान्स क्लबको पहिलो तलामा अलि पट्यार लाग्दो तरिकाले एक घण्टा बित्यो हाम्रो । अझ बिचबिचमा यौवनमा लुछुप्प भिजेका तरुनीहरु क्लबभित्र छिर्दैनथे भने झन कति अत्यास लाग्दो हुन्थ्यो होला त्यो रात? फाट्टफुट्ट गर्दै युवायुवतीहरुको बाक्लै भिड जम्मा भो । बार्‍ह पनि बज्यो । सबैजना भूमिगत कोठामा झरेँ । यसो हेरेको मेरा वरिपरी साथीहरु नै छैनन् । म भन्दा केहि अगाडि उनीहरुलाई हिडेको देखेँ – केहि थान कस्मेटिक युवतीहरुको पछाडिपछाडि । भर्‍याङनेरै पुग्दा मैले आफूलाई पनि पाएँ कसैको पछाडि । मेरा अगाडि हिलमा हिड्दै थिईन – एउटी युवती । 

Comments

  1. hahahaha...mero dai..ami tespaci ko kahani ta tapaile nalekhe pani guess garna sakne capabilty ma ma cha...buaaahhhh...:P

    ReplyDelete
  2. त्यसपछिको सत्यकथा लेख्नैपर्ने हुन्छ, नलेखेर सुख मिल्दैन मलार्इ । प्रतिक्षा गर मेरो भार्इ, केहि दिनपछि अन्तिम भाग तिमी पढ्न पाउनेछौ ।

    ReplyDelete
  3. kasaiko bastavik jiwan sanga mel khana gaye jasto hai dai..:D......anyway always great and intresting writing, loved it

    ReplyDelete
  4. मन पारिदिएकोमा भार्इलार्इ धन्यवाद । अलिकति साँचो कुरालार्इ साहित्यिक पाराले लेख्ने प्रयास मात्र गरेको हुँ भार्इ । :)

    ReplyDelete
  5. great as always......looking for another one...:D

    ReplyDelete
  6. aahhahaaaahhhaah wa wa kyaa raamro maukaa gumyo ki juryo vanne kautuhultaa le samaatyo malaai sir ji...

    ReplyDelete
  7. @Prakusu जी, यहाँको कौतुहुलतालार्इ म केहि दिनपश्चातः अवश्य साम्य पार्नेछु । अवश्य । ;)

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...