Skip to main content

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ?

 तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन् – “हो र भनेको ? तिम्रा अनुभव छन् त ?” ईश्या नै लाग्ने गरि उनले दुईचार अनुभवहरु सुनाएका पनि थिए, तर पनि मैले ती दुई थान युवतीहरुले जिस्काउँदा पनि साहस गरिनँ भन्नलाई – ओलेत्ते काउनीता ! (तिमीहरु च्वाँक छौ !) र, सरासर रेल बिसौनीतिर लागेँ – उनीहरुकै पछिपछि, तर बिस्तारै !

रेल बिसौनीमा मेरो झन बिजोग । नक्कलीहरु त त्यहाँ पनि पुगेका । कस्सो एक बिसौनी उता गएर झरेँ । उनीहरु झरेर गएपछि कुनै पनि किशोरी उपस्थिती देख्नू नपरोस् भन्ने मेरो कामना थियो । ह्यामिलिना पुगुन्जेल सम्म मेरो मनोकामना पनि पूरा भैसकेको थियो । उप्रान्त कोही नक्कलीहरु ब्यहोर्न परेन । निर्धक्कसँगको यात्रा भो !

बिसौनीमा मेरा मित्र सञ्जीव मेरै प्रतिक्षामा थिए । दौडेर उनी छेऊ पुगेँ म । अभिवादन साटासाट भएपछि, हामीहरु उनको निवासस्थानतर्फ लाग्यौं । बाटोभरी दुवै जनाको एउटै गुनासाहरु रहे – पढाईको चाप, अपूरा गृहकार्यको तनाव, सँगै आएका साथीभाईले हल्का फुल्का काम पाईसकेको अवस्थामा आफूहरुले भने अझै काम नभेट्टाईरहेको अवस्था, रित्तिदो बैङ्कको खाता, फिनल्याण्डको हिउँमा फूल्छन् भनिएका सपनाहरु आदिआदि विषयहरुमा बाटैभरी कुरा भए । सायद कुरा ननिस्किन्थे भने मैले सञ्जीवसँग अलिअलि दुखेसो पनि पोख्थे होला । किनकी, रेल बिसौनीबाट पन्ध्र मिनेटको दूरीमा बासस्थान रहेको बताएका थिए उनले तर ४५ मिनेट पूरै खर्च भयो– त्यहाँ सम्म पुग्नलाई । 

कोठामा पुगेपछि मात्र झुट बोल्नुको रहस्य खोले मित्रले – “अब ४५ मिनेट लाग्छ भनेको भए तपाइँलाई हिड्न पनि उत्साह लाग्ने थिएन नी त्यो भएर १५ मिनेट भनेको क्या !” 

असहमत हुनुको तुक थिएन । तसर्थः उनीसँगै बस्ने अर्का मित्र तथा भाई भूपेन्द्रले तयार पारिसकेको दाल, भात, कुखुराको मासु र अचार तीनैजना मिलेर कपाकप खायौं । 

खाना खाँदै गर्दा भाई भुपेन्द्रले सुनाए – “दाई आज क्लब जाने भन्दैछन् केटाहरु, जानुपर्छ हैं ।” सञ्जीव उत्साहित हुँदै मलाई फकाउँदै थिए – “गुरु, यस्तो मौका घरिघरी आउँदैन, केटाहरुसँग चिनजान पनि हुन्छन् जानुपर्छ हामीपनि !” 

रातीको एघार बज्दै थियो । शुक्रबारको साँझ ह्यामिलिनाका धेरै युवायुवतीहरुको रोजाइमा पर्ने ह्यानिबल क्लबमा म, सञ्जीव र भूपेन्द्रबाहेक अरु तीनजना नेपाली साथीहरु पनि पुग्यौं । साढे दुई यूरो प्रवेश शुल्क तिरेर के भित्र छिरेको थिएँ – आँखा गएर चार थान युवतीहरुमा एकैपटक ठोक्किए मेरा । युवतीहरु मज्जासँग वाइन पिउँदै थिए, मैले कोला मगाएँ – ठूलो । उता केटाहरु बियर समातिरहेथे । 

बडो उत्साहित साथीहरु सुनाउँदै थिए – “यो त टप क्लब हो ।” 

अर्को सुनाउँदै थियो – “च्वाँक च्वाँक केटीहरु आउँछन् यार यहाँ !” 

झन अर्कोले थप्यो – “बार्‍ह बजेपछि तल भुइँतलामा डान्स हुन्छ । अहिले यहाँ चाँहि मज्जाले पिउनुपर्छ ।” 

अगाडिदेखि कुनापट्टि गेम मेशिनको आडैमा बसेको अर्को साथीले चाँहि भिडियो गेम खेल्ने ईच्छा जाहेर गर्‍यो । खेल्नलाई पैसा छिराउनुपर्ने रहेछ माथिको दुलोमा, सिक्का रहिन्छ । उसलाई चुपचाप बसेको देखेको साथीले २० सेन्ट दियो । उसले त्यो दूलोभित्र छिरायो, गेम सुचारु हुन सकेन । कारण पैसो पुगेन । खेल्नलाई २ यूरो चाँहिदो रहिछ, यूरो ८० सेन्ट पुगेन, कसले दिने त्यो ? सबै चुपचाप । केटो बिच्कियो – हत्तेरी फोकटमा नेपाली २० रुपैयाँ गयो । 

बियर लागिसकेको अर्को साथी चाँहि बार्‍ह बज्न ढिला गरेकोमा असन्तुष्ट थियो । डान्स क्लबको पहिलो तलामा अलि पट्यार लाग्दो तरिकाले एक घण्टा बित्यो हाम्रो । अझ बिचबिचमा यौवनमा लुछुप्प भिजेका तरुनीहरु क्लबभित्र छिर्दैनथे भने झन कति अत्यास लाग्दो हुन्थ्यो होला त्यो रात? फाट्टफुट्ट गर्दै युवायुवतीहरुको बाक्लै भिड जम्मा भो । बार्‍ह पनि बज्यो । सबैजना भूमिगत कोठामा झरेँ । यसो हेरेको मेरा वरिपरी साथीहरु नै छैनन् । म भन्दा केहि अगाडि उनीहरुलाई हिडेको देखेँ – केहि थान कस्मेटिक युवतीहरुको पछाडिपछाडि । भर्‍याङनेरै पुग्दा मैले आफूलाई पनि पाएँ कसैको पछाडि । मेरा अगाडि हिलमा हिड्दै थिईन – एउटी युवती । 

Comments

  1. hahahaha...mero dai..ami tespaci ko kahani ta tapaile nalekhe pani guess garna sakne capabilty ma ma cha...buaaahhhh...:P

    ReplyDelete
  2. त्यसपछिको सत्यकथा लेख्नैपर्ने हुन्छ, नलेखेर सुख मिल्दैन मलार्इ । प्रतिक्षा गर मेरो भार्इ, केहि दिनपछि अन्तिम भाग तिमी पढ्न पाउनेछौ ।

    ReplyDelete
  3. kasaiko bastavik jiwan sanga mel khana gaye jasto hai dai..:D......anyway always great and intresting writing, loved it

    ReplyDelete
  4. मन पारिदिएकोमा भार्इलार्इ धन्यवाद । अलिकति साँचो कुरालार्इ साहित्यिक पाराले लेख्ने प्रयास मात्र गरेको हुँ भार्इ । :)

    ReplyDelete
  5. great as always......looking for another one...:D

    ReplyDelete
  6. aahhahaaaahhhaah wa wa kyaa raamro maukaa gumyo ki juryo vanne kautuhultaa le samaatyo malaai sir ji...

    ReplyDelete
  7. @Prakusu जी, यहाँको कौतुहुलतालार्इ म केहि दिनपश्चातः अवश्य साम्य पार्नेछु । अवश्य । ;)

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...