नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने !
फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sä suomia? जसको अर्थ हुन्छ – के तिमीलाई फिनिस बोल्न आउँछ ?
आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन्त्रालयको वेभसाइटमा भेटिएका चार थान फोन नम्बरहरुमा पालैपालो कल गरेँ ।
शुरुको कम्पनीमा गरेको फोन भद्र आवाज भएकी एक भलादमी आईमाईले उठाइन सायद, भन्दैथिईन् – “यो कार्यालयमा मुश्किलले अङ्ग्रेजी बोल्ने म एक्लो मात्र हुँ । अरु कोही अङ्ग्रेजी बोल्दैनन्, तिमी बबुरो फिनिस नजान्दो रहिछौं, फिनिस राम्रोसँग बोल्ने भएपछि फेरि कल गर्नु हैं !” मैले “हस” भन्नु बाहेक के नै भन्नुथियो र ? तर जेहोस् फोन राख्दै गर्दा उनले – कम्तिमा फोन गरेकोमा चाँहि धन्यवाद दिन नबिर्सिदा मन चाँहि शितल भएर आयो ।
मनमन यस्तो पनि लाग्यो – “यिनकोमा पो यिनी एक्लो मात्र अङ्ग्रेजी बोल्ने छिन्, अरु कम्पनीमा त फिनिस नजान्नेलाई पनि त काम देलान नी !” यहि सोच्दै कल पनि गरेँ । बिचरा मसँगै “मपनि कल गर्छु हैं” भन्दै पालो पर्खेर बसेको नेपाली भाई मभन्दा बढि निराश भएको देख्दा टिठ लागेर आयो !
एक, दुई, तीन गर्दै कागजमा टिपेर राखेको चारैवटा फोन नम्बरहरुमा कल गरियो । अहँ कसैले फिनिस नजानेकोलाई जागिर छ भनेनन् ! पछि आफैदेखि हाँसो लागेर आयो– साला ! कोठामा बसेको अरु साथीले जागिरका लागि फोन गरेको थाहा पाउँलान् भनेर लुकीलुकी फोन गर्न हिडेको उल्टो लोप्पा खाईयो । कसैले जागिर दिएनन् ! कोठामा आएर साथीहरुलाई सुनाएको हाँसोको भुर्चालो !
तर बेलुकी खाना खानेबेलामा एउटा खुशिको कुरो सुन्न पाइयो – छानामा चढेर हिउँ फाल्ने कामका लागि एकजना साथीलाई अन्तरबार्ताका लागि डाकेको रहिछ ! तर खुशी पनि के भन्नु र ? आफूले काम पाएको हैन, साथीले पा'को ! खानाको गाँस हाल्दै गर्दा मनमनै प्रतिज्ञा पनि गरेँ आज – चाहे त्यो जुनसुकै काम होस् म नाक खुम्चाउनेवाला छैन्– त्यो भाँडा माझ्ने होस् वा हिउँ फाल्ने । भुँई पुछ्ने होस् वा पत्रिका फाल्ने । त्यो जुनसुकै होस् यहाँ म त्यो काम गर्दिन भनेर बसेर हुनेवाला केहि छैन ।
यहाँ आएपछि जान्नैपर्ने कुरो के हो भने नेपालमा म के थिएँ त्यसले यहाँ केहि अर्थ राख्दैन् । नेपालमा हाकिम भएपनि, पत्रकार भएपनि, शिक्षक भएपनि वा प्राध्यापक भएपनि जे भएपनि यहाँको भाषा नजानुन्जेल गर्ने भनेको त्यहि हो – भुई पुछ्ने कि पत्रिका फाल्ने ! रातीराती वा बिहानैबिहान – जतिखेर जुनबेलापनि !
You are right sir. main kura language nai ho.
ReplyDeleteहजुर एकता अर्जम सांस्कृतिक समूह मलाई नि त्यस्तै लाग्यो।
DeleteI could notice that my lips were widely opened as go through the lines of this article bro. May be i can compare myself in some situations in ur artcle..hehe.
ReplyDeleteNyway keep writing and we r here to read, to appreciate ur work. No wonder u will reach a way long,my bro.
एकदम खुशि साथ म भन्दछु यहाले सारै नै सरल भाषामा वास्तविक कुराे लेखनुभएको छ । यस्तै गरि यहाँको कलम चल्दै जावस मेरो शुभकामना छ ।
ReplyDeleteधन्यवाद पुरीजी।
Deletehaha chokta khan gayeki budi jholamaa dubera mari hahaahahahahahahahaha
ReplyDeleteyeta ko situation nai yestai cha dai....malai ali ali bolna aauxa aali ali bujchu pani tei pani hudaina vancha tara yaha kam garne system chai ekdam ramro cha dai,,,,,malai chai man paryo...respect for the every work,,,:)
ReplyDeleteI think every work is respectful if you do it with respect. I agree what you said and written. Tusen likes!!
ReplyDeleteधन्यवाद हजुर।
DeleteBistarai hunchha bandhu :)
ReplyDeleteअत नि हजुरले भनेजस्तै बिस्तारै सबै कुरा हुँदै आयो।
Deletelanaguage chahi siknu nai parnee
ReplyDeleteएकदम आवश्यक कुरा।
Delete