Skip to main content

अट्टिच्युड अर्थात मनोबृतिका बारेमा केहि कुराहरू

केहि दिन पहिले फेसबुकमा एउटा भित्तेलेखन देखेको थिएँ, र त्यो भित्तेलेखन चर्चित गितकार भूपेन्द्र खड्काको थियो । हरेक विषयबस्तुका सम्बन्धमा मानिसहरुका आफ्नै आग्रह वा पूर्वाग्रहहरु हुन्छन् । अर्थात मनोवृतिहरु हुन्छन् । र, गितकार खड्काले मनोवृतिका बारेमा यस्तो लेखेका थिए – "मनोवृति भनेको भित्री बस्त्र हो, जुन तिमीले लगाउनु आवश्यक छ, तर प्रदर्शन गर्नु स्वभाविक हुँदैन ।" मनोवृति सम्बन्धि उनको यो बुझाईपछि मैले गहन भएर यसको विश्लेषण गरेँ । र, आफ्नो स्वः मूल्याङ्कन पनि ! कतिपय अवस्थाहरुमा मैले आफ्ना मनोवृतिहरु विशेष गरि गलत बुझाईहरु उदांगो रुपमा प्रदर्शन गरेको र त्यसले निकै हदसम्म मेरो स्वयंकै ब्यक्तित्व विकाशमा अवरोध गरेको पनि पाएँ । परन्तु, यसलाई सच्चाउने प्रयत्न गर्छु भन्ने प्रतिज्ञा गर्नु सिवाय खास प्रगति गर्न नसकेको परिस्थिती म आफैमा विद्यमान रहेको बोध पनि गरेँ । अनविज्ञ छु म कति यस्तै थुप्रै मानिसहरु होलान मेरै वरिपरी ।

केहि दिन पहिले यस्तै भयो मैले अध्ययन गर्ने विश्वविद्यालयमा पनि । हाम्रो कक्षाका विद्यार्थीहरुलाई आफ्ना अनुभूतिहरुका बारेमा केहि बताउन दुई जना पूर्व महिला विद्यार्थीहरुलाई आमन्त्रित गरिएको थियो । उनीहरु दुवैजना मैले अध्ययन गरिरहेको विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरि सामाजिक सेवाका क्षेत्रमा सफल कार्यकर्ताका रुपमा क्यारियर बनाईरहेका युवतीहरु थिए । उनीहरुमा समानता के थियो भने दुवै जना महिला थिए । अनि दुवैजना मैले अध्ययन गरेको विद्यालयको पूर्व विधार्थीहरु पनि । उचाई, मोटाई, गोलाई लगभग समान थियो उनीहरुको । उमेरमा अलिकति घटबढ थियो सायद । वर्ण उनीहरुको फरक थियो – एउटी गोरी, अर्कि काली ! राष्ट्रियता उनीहरुको फरक थियो – एउटी फिनिस, अर्की चाँहि केन्याली ! र, सबभन्दा ठूलो भिन्नता मैले के पाएँ भने – उनीहरुको सोच वा मनोवृतिमा आकाश पातालको फरक थियो । हुन त दुई फरक मानिसहरु अलग अलग प्रकृतिका हुनु अस्वभाविक नहोला । तथापि, एकै विश्वविद्यालयबाट डिग्री हासिल गरि सामाजिक सेवाकै क्षेत्रमा क्रियाशिल जीवन बाँचिरहेका उनीहरुको सोचमा अलिकति सामन्जस्यता हुनु आवश्यक थियो सायद । 

मैले जोड्न चाहेको खास प्रसङ्ग के हो भने, आफ्ना अनुभूतिहरु बाड्ने क्रममा एउटीले हामीहरुलाई ‘प्रिय विद्यार्थीहरु’ र अर्कीले चाँहि ‘भविष्यका मेरा प्रिय सहकर्मीहरु’ भनेर सम्बोधन गरिन । पहिलो वाला सम्बोधन केन्याली युवतीको थियो भने दोश्रोवाला चाँहि फिनिस युवतीको । हुन त सर्सती हेर्दा यी सम्बोधनमा कतिपय हामीले केहि तात्विक भिन्नता नदेखउँला, किन्तु गहन तरिकाले यसको विश्लेषण गर्ने हो भने हामी के पाउँछौ भने पहिलो सम्बोधनले ‘अग्रज’ र ‘अनुज’ को मान्यतालाई बढावा दिन्छ, ‘ठूलो’ र ‘सानो’ को दृष्ट्रिकोण राख्दछ । तर दोश्रो सम्बोधनले चाँहि यी मान्यताहरुलाई अस्विकार गर्दछ । यी मान्यताबाट अलिकति माथि उठेर हरेक मानिसहरुलाई योग्य र सबल देख्दछ । यहि हो मानिसमा निहित मनोवृति ! यसैबाट पुष्टि हुन्छ – मानिसको सोच्ने शैली, विश्लेषणात्मक क्षमता, सकारात्मक उर्जा र सम्मानयोग्य विचारका हरेक पक्षहरुको !

उनीहरुको सम्बोधन जस्तै छलफलमा सरिक हुने शैलीमा पनि फरक थियो । हामीलाई विद्यार्थी भन्दै छलफल अगाडि बढाउने ‘पूर्व विद्यार्थी’ चाँहि अलि बढि जान्ने सुन्ने झैं गरि प्रस्तुत गरिहेथिन, बोल्दा पनि समय बढि लिने, प्रश्नको सटिक जवाफ नदिने बढि भूमिका बाँध्ने गर्ने गर्थिन भने फिनिस युवती चाँहि अत्यन्तै सटिक थिईन । कुनैपनि प्रश्नको भूमिका हुनेथिएन जवाफमा । एकदम सिधा र प्रष्ट बुझाई थियो उनको । अनावश्यक रुपमा धेरै बोल्ने र आफूसँग रहेकी अर्की पूर्व विद्यार्थी बोलिरहँदा बिचैमा रोकेर बोल्ने दुस्साहस नै गरिननँ । 

हुन त मनोबृति ब्यक्तिमा स्वतःस्फूर्त उत्पन्न हुने विषय होइन् । यो ब्यक्तिले उसको वरिपरीको वातावरणबाट सिक्ने विषय हो । ब्यक्तिको पृष्ठभूमि र उसको वातावरणले सिकाउने र निर्माण गर्ने विषय हो । यसमा उसको वरिपरीको वातावरणले ठूलो प्रभाव पार्दछ । परन्तु, ब्यक्तिले आफ्नो चरित्र निर्माणमा प्रवाभ पार्ने यस मनोवृतिलाई परिष्कृत र सकारात्मक बनाउन सक्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । 

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...